नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ,  मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो टुङ्गिएकोजस्तो लाग्छ । सपना अधुरै रोकिन्छन् । भविष्य अँध्यारो लाग्ला । तर, त्यही अँध्यारोभित्र उज्यालो पनि हुन्छ, जसलाई देख्ने आँट गर्नुपर्छ । शिशिर दाहालको कथा त्यही उज्यालो खोज्ने साहसको कथा हो ।

 

 

सिन्धुलीमा जन्मिनुभएका शिशिर अहिले भक्तपुरको दधिकोटमा आफ्नो जीवनका सपनालाई पछ्याइरहनुभएको छ । २५ वर्षको उमेरमै उहाँले जीवनका उकाली–ओराली नजिकबाट भोगिसक्नुभयो । विसं २०७८ शिशिरका लागि जीवनको एउटा कठोर मोड बन्यो । उहाँ दुर्घटनामा पर्नुभयो । मेरुदण्डमा चोट लागेपछि शारीरिक रूपमा अपाङ्गता बन्नुभयो । अहिले शिशिर हुइलचियरको साहाराले बाँचिरहनुभएको छ । शरीरले साथ दिन छोडेपछि मन पनि कहिलेकाहीँ थाक्थ्यो ।
“अब के गर्ने ?”
“कसरी बाँच्ने ?”

 

 

यी प्रश्नहरू उहाँको मनभित्र उभिरहन्थे घरिघरि । वरपरका मानिसहरूका शब्दहरू पनि कम पीडादायी थिएनन् । कसैले सहानुभूति देखाउँथे, कसैले निराशा । “अब त जीवन जिउन गाह्रो हुन्छ”, भन्ने आवाजहरू बारम्बार कानमा पर्थे शिशिरका । ती शब्दहरू कहिलेकाहीँ घाउभन्दा पनि गहिरो लाग्थे शिशिरलाई ।

 

 

दुर्घटनाले शरीर कमजोर बनायो शिशिरको तर सपनालाई भने बलियो बनायो । र त आज शिशिर दाहाल आफ्नै मेहनतले उभिनुभएको छ, अरूका लागि प्रेरणा बनेर । “के म यही अवस्थालाई नियति मानेर बस्ने कि फेरि केही गरेर उठ्ने ?” भन्ने लाग्यो शिशिरलाई । त्यही प्रश्नले उहाँको जीवनको दिशा बदल्यो । अनि बन्नुभयो, नर्सरी व्यवसायी । परिवारकै पहिलो नर्सरी व्यवसायी बन्ने उहाँको सपना सामान्य थिएन । तर त्यो सपना पछाडि उहाँको आत्मनिर्भर बन्ने चाहना थियो ।कृषि विषय अध्ययन गर्नुभएका उहाँले दुई वर्षसम्म किसानलाई तालिम दिनुभयो । अरूलाई उत्पादन सिकाउने, आत्मनिर्भर बन्न प्रेरित गर्ने उहाँको कामले उहाँलाई सन्तुष्टि दिन्थ्यो ।

 

 

दुर्घटनापछि अरूकोमा गएर काम गर्न गाह्रो थियो । ‘आफ्नै केही गरौँ’ भन्ने सोच उहाँको मनमा आयो । आफू आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने अठोटले विसं २०७९ देखि शिशिरले नर्सरी व्यवसाय सुरु गर्नुभयो । सुरुआत सजिलो थिएन । शरीरले सधैँ साथ दिँदैनथ्यो । स्रोतसाधन सीमित थिए, र नीतिगत झन्झटहरू आफ्नै ठाउँमा थिए । तर, उहाँले हार मान्नुभएन । माटोसँग खेल्दै, हरियाली बिरुवासँग रमाउँदै शिरिरले आफैंलाई पुनः उभ्याउनुभयो । उहाँको नर्सरीमा फुल्ने हरेक बिरुवाले व्यवसाय मात्रै नभएर शिरिरको सङ्घर्षको कथा बोकेको छ । अहिले उहाँले त्यसबाट राम्रो आम्दानी गरिरहनुभएको छ । शिशिर भन्नुहुन्छ, “मेहेनत गरे विदेश जानै पर्दैन । नेपालमै भविष्य छ । गाह्रो त छ, तर गर्न सकिन्छ । नीतिगत रूपमा केही चुनौती छन्, तर यदि दृढ भएर लागियो भने भोलिको दिन पक्कै राम्रो हुनेछ ।”

 

 

भृकुटीमण्डवमा चलिरहेको तेस्रो हर्टिकल्चर मेलामा भेटिनुभएका शिशिरको आवाजमा आत्मविश्वास झल्किन्छ । विश्वास, धैर्य र मानिसको साहसले मान्छे पनि कठिनाइ चिरेर अघि बढ्न सक्छ भन्ने उदाहरण दिनुभएको शिशिरले ।कीर्तिपुरको शान्त वातावरणमा फैलिएको हरियालीबीच, बुढाथोकी नर्सरीमा बोटबिरुवाका दिनहुँ नयाँ जीवन अंकुराइरहेको छ । यही हरियालीसँगै आफ्नै पहिचान बनाउँदै हुनुहुन्छ, सुरसा ओझाले पनि । उहाँका लागि यो व्यवसाय रोजगारीको माध्यम मात्रै नभएर पुस्तान्तरण हुँदै आएको एउटा सपनासमेत हो ।

 

 

 

फूल र बिरुवाप्रतिको मोहले उहाँका हजुरबाले सुरु गरेको नर्सरी व्यवसाय अहिले परिवारको पहिचान बनेको छ । “सुरुमा त हजुरबाले गर्नुभएको हो, म त पछिल्ला चार वर्षदेखि यसमा लागेको हुँ,” उहाँ भन्नुहुन्छ ।सुरसाका लागि यो यात्रा त्यति सहज भने भएन । नेपाली समाजमा अझै पनि हर्टिकल्चर (उद्यान) व्यवसायलाई सम्मानित पेशाका रूपमा हेर्ने चलन बलियो नहुँदा पढेलेखेर अन्य जाागिर पो खानुपर्छ, यस्तो कृषिजन्य पेसामा लाग्ने हो र भन्ने समाजको प्रश्नलाई बेवस्ता गर्दै अगाडि बढिरहनुभएको छ, उहाँ ।

 

 

“यो क्षेत्रमा इज्जत कम हुन्छ, कहिलेकाहीँ हेपिएकोजस्तो पनि महसुस हुन्छ”, सुरसा खुलेर सुनाउनुहुन्छ । यद्यपि, उहाँको दृष्टिकोण फरक छ । चुनौतीलाई कमजोरी होइन, अवसरका रूपमा हेर्ने सुरसाको सोचले नै उहाँलाई अगाडि बढाएको छ । “मलाई लाग्छ, हामीले नै यस्तो सोच परिवर्तन गर्नुपर्छ”, उहाँ दृढताका साथ भन्नुहुन्छ ।

 

 

नर्सरीमा फूलका बिरुवा, फलफूलका स्याउला, सजावटी बोटबिरुवादेखि लिएर दुर्लभ प्रजातिसम्म पाइन्छन् । उहाँका अनुसार, अहिले विस्तारै युवाहरू पनि यस क्षेत्रमा आकर्षित हुन थालेका छन् । सहरको बढ्दो हरियालीप्रतिको चासो, घरमै बगैँचा बनाउने चलन र वातावरणीय सचेतनाले हर्टिकल्चर व्यवसायको सम्भावना बढाएको छ । सुरसाले नर्सरीलाई व्यापारका रूपमा मात्र लिनुभएको छैन । वातावरण संरक्षणसँग जोडिएको अभियानका रूपमा पनि लिनुभएको छ । “एउटा बिरुवा रोप्नु भनेको स्वच्छ वातावरणको भविष्य रोप्नुजस्तै हो”, सुरसाको विश्वास छ ।

 

 

सामाजिक दृष्टिकोण बदल्नुपर्ने चुनौती अझै बाँकी भए पनि सुरसाजस्ता युवाको पहलले विस्तारै परिवर्तनको सङ्केत देखिँदैछ । हजुरबाबाट सुरु भएको हरियालीको यात्रा अहिले नयाँ पुस्ताको आत्मविश्वाससँग जोडिएको छः जहाँ मेहनत छ, सपना छ र सोच बदल्ने दृढ अठोट पनि ।

 

 

ललितपुरका दीपेन्द्र तुलाधार स्वदेशमै सम्भावना खोज्ने अर्का उदाहरणीय उद्यमी हुनुहुन्छ । पहिले विज्ञापन एजेन्सी सञ्चालन गर्दै आउनुभएका उहाँको व्यवसाय कोरोना महामारीसँगै प्रभावित भयो । लकडाउनले बजार ठप्प बनेपछि विज्ञापन क्षेत्र मात्र होइन, धेरै उद्योगहरू धराशायी बने, जसको प्रत्यक्ष असर उहाँको व्यवसायमा पनि प¥यो । परिस्थिति बिग्रँदै जाँदा परिवार र आफन्तले विदेश जाने सुझाव दिन थाले । भाइहरू विदेशमै रहे पनि उहाँलाई भने विदेशिनु मात्र विकल्प जस्तो लागेन । विदेशमा पनि सजिलो कहाँ छ र भन्ने सोचले तुलाधारलाई स्वदेशमै केही नयाँ गर्ने दिशातर्फ डो¥यायो ।

 

 

त्यही क्रममा उहाँले नर्सरी व्यवसाय रोज्नुभयो । आज उहाँ यही क्षेत्रमा स्थापित हुनुभएको छ । “अहिले माकिस ४५ लाखसम्म कमाइ भएको छ”, उहाँ भन्नुहुन्छ, “मेहेनत गरेमा हर्टिकल्चर व्यवसाय राम्रो छ ।” भृकुटीमण्डपमा जारी पुष्प प्रदर्शनीमा भेटिएका तुलाधार ग्राहकलाई फूल तथा नर्सरीका बिरुवा बिक्रीमै व्यस्त हुनुहुन्थ्यो । व्यापारसँगै उहाँले ग्राहकलाई बिरुवाको स्याहार–सम्भारसम्बन्धी सीप पनि सिकाइरहनुभएको थियो–कुन बिरुवालाई कति पानी चाहिन्छ, कुन भित्र वा बाहिर राख्नुपर्छ भन्ने जानकारी दिन उहाँ विशेष ध्यान दिनुहुन्छ ।

 

 

“हामीले बिक्री त गर्छौं, तर किनेको बिरुवा राम्रोसँग नहुर्किएर मर्छ कि भन्ने चिन्ता पनि हुन्छ”, उहाँ भन्नुहुन्छ, “त्यसैले ग्राहकलाई नै राम्रोसँग हेरचाह गर्न सिकाउँछौँ ।” ग्राहकलाई सहज बनाउन उहाँले नर्सरीसँग सम्बन्धित सबै सामग्री एकै ठाउँमा उपलब्ध गराउने अभ्यास पनि सुरु गर्नुभएको छ । पहिले बिरुवा, गमला र अन्य सामग्रीका लागि फरक–फरक ठाउँ धाउनुपर्ने बाध्यता थियो, तर अहिले एकै छानामुनि सबै पाइने व्यवस्था उहाँले मिलाउनुभएको छ ।

 

 

तुलाधारले होटल, रेष्टुराँ, अफिस, अपार्टमेन्टदेखि घरसम्म गमला र सजावटी बिरुवाको प्रयोग अनिवार्यजस्तै बनेको छ । मानिसको जीवनशैली बदलिँदै जाँदा हरियाली र सौन्दर्यप्रतिको आकर्षण पनि बढ्दो छ ।“पहिले बुकी दिने चलन थियो, अहिले गमलामा बिरुवा दिने प्रचलन बढेको छ”, उहाँ भन्नुहुन्छ । लामो समय टिक्ने भएकाले पनि मानिसहरू अब फूलको बुकीभन्दा हरियो बिरुवातर्फ आकर्षित हुँदै गएको तुलाधारको अनुभव छ ।

 

 

बिहानको पूजा, घर सजावटदेखि विवाह र व्रतबन्धसम्म फूल र बिरुवाको प्रयोग बढ्दै जाँदा नर्सरी व्यवसायको भविष्य अझ उज्यालो देखिएको उहाँको विश्वास छ । दीपेन्द्र तुलाधारको यो यात्रा सङ्कटबाट सुरु भएर सम्भावनासम्म पुगेको स्वदेशमै सफलताको प्रेरक कथा बनेको छ ।

 

 

काठमाडौँको साँखुमा उत्पादन केन्द्र रहेको दिवा नर्सरीले पनि अहिले स्थानीय बजारमा राम्रो पहिचान बनाउँदै गएको छ । त्यही व्यवसायलाई अगाडि बढाइरहनुभएको छ आकाश सापकोटाले । बौद्ध र गोठाटार क्षेत्रलाई बिक्री केन्द्र बनाएर उहाँले नर्सरीका बिरुवा बजारसम्म पु¥याउँदै आउनुभएको छ ।

 

 

दाइको व्यवसाय हेर्दै हुर्किनुभएका आकाशले सुरुमा यही क्षेत्रलाई अवलोकन र सिकाइको रूपमा लिनुभयो । विस्तारै अनुभव बढ्दै जाँदा उहाँ आफैँ सक्रिय रूपमा यसै व्यवसायमा जोडिनुभयो । “दाइको व्यवसाय हेर्दै सिक्दै लागेँ”, उहाँ भन्नुहुन्छ । सापकोटाका अनुसार दिवा नर्सरीबाट मासिक करिब रु पाँच लाखसम्म आम्दानी हुने गरेको छ । जसले यो व्यवसायलाई अझ आकर्षक बनाएको छ । सहरको विस्तार, घर–अपार्टमेन्टको बढ्दो सङ्ख्या र हरियालीप्रतिको रुचिले नर्सरी व्यवसायलाई राम्रो बजार दिएको उहाँको अनुभव छ ।

 

 

मोरङका अरुण विष्ट उमेरले २२ वर्ष पुग्नुभयो । उहाँको सोच अरुहरू धेरै युवाको भन्दा फरक छ । उमेरसँगै विदेश जाने सपना बोकेर हिँड्ने धेरै युवाबीच अरुण भने स्वदेशमा नै पुष्प व्यवसायमा भविष्य खोजिरहनुभएको छ । दाइले सञ्चालन गर्दै आउनुभएको नर्सरी व्यवसाय, विशेषगरी आएको काम, उहाँका लागि प्रेरणा र अवसर दुवै बनेको छ ।

 

 

सानैदेखि बोटबिरुवा, फूल र हरियालीसँग नजिक रहेका अरुण अहिले पुष्पखेतीतर्फ गहिरो रुचि राख्नुहुन्छ । “विदेश जाने सोच छैन, यही व्यवसायमा लाग्छु”, अरुण भन्नुहुन्छ । नर्सरीको वातावरणमै हुर्किएको अनुभवले अरुणलाई यो क्षेत्र सम्भावनाको संसारजस्तो लाग्छ । बजारको माग, फूलको व्यापार र सजावटी बोटबिरुवाको बढ्दो आकर्षणले नेपालमै राम्रो भविष्य देखिने उहाँको बुझाइ छ ।

 

 

“गरे नेपालमै केही हुँदैन भन्ने होइन, यहाँ पनि धेरै सम्भावना छ”, अरुणको विश्वास छ । उहाँ अहिले क्रमशः पुष्पखेतीतर्फ आफूलाई तयार गर्दै हुनुहुन्छ । विदेशिने लहरबीच अरुणजस्ता युवाको सोचले हर्टिकल्चर क्षेत्रमा नयाँ आशा जगाइरहेको छ । आफ्नो माटोमै केही गर्न सकिन्छ भन्ने विश्वासले नै अरुणजस्ता युवाहरूलाई अगाडि बढ्ने हिम्मत जुटाएको छ ।

 

 

उहाँहरू त केही उदाहरणका पात्र मात्रै हुनुभयो । नर्सरी व्यवसायमा लाग्ने अन्य थुप्रै व्यक्तिहरू हुनुहुन्छ, जसले यही व्यवसायमा भविष्य देख्नुभएको छ । सुनौलो भविष्य देखेरै होला केहीले अन्य पेसा छोडेर पनि यही पेसामा आबद्ध भएका छन् । नर्सरीमा फूल तथा अन्य बिरुवाको मोह बढेसँगै यस व्यवसायमा लाग्नेहरू उत्साहित देखिन्छन् ।

 

 

कृषि क्षेत्रबाट मुलुकको आर्थिक अवस्था सुदृढ गर्न नर्सरी तथा पुष्पखेतीको प्रवद्र्धनमा जोड दिन आवश्यक रहेको पुष्प विकास केन्द्र गोदावरीका प्रमुख रवीन्द्र थापाले बताउनुभयो । उहाँका अनुसार नेपालमा वार्षिक रूपमा करिब साढे तीन अर्ब रूपैयाँ बराबरको पुष्प तथा आलङ्कारिक वस्तु आयात हुने गरेको छ, जसलाई घटाउँदै स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्न सकिने सम्भावना प्रशस्त रहेको छ । “हामी वार्षिक रूपमा करिब रु साढे तीन अर्बको पुष्प र आलङ्कारिक वस्तु आयात गरिरहेका छौँ । त्यसलाई प्रतिस्थापन गर्न स्वदेशमै उत्पादन बढाउने गरी हामी लागिरहेका छौँ”, उहाँले भन्नुभयो ।

 

 

थापाका अनुसार पुष्प क्षेत्र केवल सौन्दर्यसँग मात्र सीमित छैन, यसले रोजगारी, उद्यमशीलता र ग्रामीण अर्थतन्त्रलाई समेत बलियो बनाउन सक्छ । नर्सरी र फूल उत्पादन विस्तार भएमा युवाका लागि स्वदेशमै राम्रो आयआर्जनको अवसर सिर्जना हुने उहाँको विश्वास छ ।

 

 

नर्सरी क्षेत्रमा ११ अर्बभन्दा बढीको लगानी

नर्सरी व्यवसायी सङ्घ नेपालका अनुसारका अनुसार नर्सरी क्षेत्रमा ११ दशमलव ८३ अर्बको लगानी रहेको छ । तीन हजार ९०० भन्दा बढी नर्सरी व्यवसयीहरू रहेको सङ्घको तथ्याङ्कमा उल्लेख छ । पुष्प, फलफूल, कृषि वन तथा जडीबुटी गरी विभिन्न उपक्षेत्रमा फैलिएको नर्सरी व्यवसायले वार्षिक करिब ६.४३ अर्ब रूपैयाँ बराबरको कारोबार गरिरहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । विवरणअनुसार पुष्प नर्सरीतर्फ ७५१ वटा व्यवसायी रहेका छन् । करिब ११.२७ करोड उत्पादन हुने गरेको छ । वार्षिक २.३० अर्ब रूपैयाँ पुष्प व्यवसायबाट उत्पादन हुने गरेको छ ।

 

 

करिब ५५० फलफूलको व्यवसायबाट वार्षिक एक दशमलव ६५ अर्ब रूपैयाँ आम्दानी हुने गरेको छ । त्यस्तै कृषि वन नर्सरीतर्फ सबैभन्दा धेरै दुई हजार २०० व्यवसायी सक्रिय रहेका छन् । यस क्षेत्रबाट शून्य दशमलव ८८ अर्बको कारोबार हुँदै आएको छ । जडीबुटी नर्सरीतर्फ ४०० व्यवसायी संलग्न रहेको र वार्षिक एक दशमलव ६० अर्ब रूपैयाँ आम्दानी हुने गरेको छ ।

 

 

नर्सरी व्यवसायमार्फत एक लाख २० हजार नागरिकले रोजगारी तथा आयआर्जनको अवसर पाइरहेका छन् । सङ्घका अध्यक्ष रामजी प्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवद्र्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गर्नुभयो ।

 

 

सरकारी नीति, प्रविधि हस्तान्तरण, गुणस्तरीय बीउ–बिजनको उपलब्धता र बजार विस्तारलाई प्राथमिकतामा राखेर दीर्घकालीन विकास रणनीति आवश्यक रहेकामा उहाँको जोड रहेको छ ।नर्सरी व्यवसायको प्रवद्र्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जनालाई लक्षित गर्दै भृकुटीमण्डपमा बिहीबारदेखि सञ्चालन भइरहेको तेस्रो नेशनल हर्टिकल्चर एक्स्पो सोमबारसम्म चल्ने छ ।प्रगति ढकाल/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

प्रचार ठूलो, प्रमाण कमजोर? दीपक भट्ट प्रकरणमा सम्पत्ति शुद्धीकरण विभागमै अन्योल

काठमाडौं — उच्च राजनीतिक पहुँच, शेयर बजारमा प्रभाव तथा बैंकिङ–बीमा क्षेत्रसँगको सम्बन्धका कारण चर्चामा रहेका व्यवसायी दीपक भट्टविरुद्ध अघि बढाइएको सम्पत्ति शुद्धीकरण अनुसन्धान अहिले नै प्रश्नको घेरामा पर्न थालेको छ। प्रारम्भिक चरणमा व्यापक प्रचारसहित अघि बढाइएको अनुसन्धान प्रमाण संकलनकै चरणमा कमजोर देखिन थालेपछि विभागभित्रै...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ), घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताउनुभयो ।   उहाँका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा...

बाँकेमा विद्युत् आपूर्ति सुधार गर्न नयाँ फिडर थप

राँझा (बाँके),  नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण केन्द्रले विद्युत् आपूर्ति सुधार गर्न पाँचवटा नयाँ फिडर थप गरेको छ ।सोह्र वटा फिडरबाट आपूर्ति हुँदै आएकामा नेपालगञ्जमा हुने गर्मीलाई मध्यनजर गर्दै पाँचवटा नयाँ फिडर थप गरेर विद्युत् आपूर्ति सुधारलाई निरन्तरता दिएको नेपाल विद्युत् प्राधिकरण नेपालगञ्ज वितरण...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

पहिरोका कारण मध्यपहाडी लोकमार्गमा अवरुद्ध

काठमाडौँ,  बेमौसमी वर्षाका कारण पहिरो खस्दा मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान करिब ७ः२५ बजे लमजुङको मध्यनेपाल ननगरपालिका–१० विमिरेभञ्ज्याङस्थित मध्यपहाडी लोकमार्गमा वर्षातको कारण माथिबाट पहिरो खस्दा सडकमा यातायात पूर्ण रुपमा अवरुद्ध भएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब...

किरणराज ढुङ्गाना र मिना जैशीद्वारा विवाहको अवसरमा १० लाखको बीमा योजना खरिद

कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।     यसैक्रममा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

युवा समाजसेवी खेम जोशी लागू औषध दुर्व्यसन रोक्न मैदानमा, युवालाई ४३ हजार बराबरको खेल सामग्री वितरण

कैलाली — पछिल्लो समय ग्रामीण क्षेत्रमा युवा तथा बालबालिका लागू औषध दुर्व्यसन, कुलत तथा मोबाइलको अत्यधिक प्रयोगतर्फ आकर्षित भइरहेका बेला कैलालीका युवा समाजसेवी खेम जोशीले खेलकुदमार्फत समाज परिवर्तनको अभियान सुरु गरेका छन्।   बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ तथा जोशीपुर गाउँपालिका वडा नम्बर ६ र ७...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन

कैलाली। कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको शान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रविन्द्र बस्नेत चयन भएका छन्। समितिका सदस्यहरूमा योगेश बगालेमगर, दिलमाया थापामगर र कल्पना भण्डारी रहेका छन्।   त्यसैगरी, पदेन सदस्यमा नानी दमाई, शिक्षक प्रतिनिधिमा रमेशकुमार कठरिया तथा सदस्य सचिवमा मान...

किसानको घरदैलोमै पुगेर पशुपन्छीको औषधोपचार

बेनी (म्याग्दी),  यहाँको बेनी नगरपालिका–३ भकिम्लीमा पशुपालन गर्ने किसानका घरदैलोमा पुगेर पशुपन्छीको उपचार गरिएको छ । सदरमुकाम बेनीबाट भौगोलिक रूपमा टाढाको दूरीमा पर्ने भकिम्लीमा निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर सञ्चालन गरेर नगरपालिकाले घरदैलोमै पशुपन्छीको उपचार गरेको हो ।     आइतबार आयोजित शिविरमा ७७ जना...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९