पाल्पामा विपद् व्यवस्थापनको पूर्वतयारी सुरु

तानसेन (पाल्पा),  प्राकृतिक विपद् कति बेला, कहाँ र कसरी आउन भन्ने कसैलाई थाहा हुँदैन । यो आकस्मिक आउने भए पनि थोरै सावधानी र पूर्वतयारी गरिँदा ठूलो जनधनको क्षति हुनबाट जोगाउन सकिन्छ । तर पर्याप्त सावधानी नअपनाउँदा अकालमा जीवन जाने गरेको छ भने करोडौँको भौतिक क्षति हुने गरेको छ ।

 

 

नेपालमा बाढीपहिरो, आगलागी, हुरीबतास, महामारी, शीतलहरलगायत विपद् प्रत्येक वर्ष आउँछन् र ठूलो परिमाणको मानवीय, भौतिक एवं अन्य क्षति पुर्याएर जान्छन् । अहिले गर्मीयाम सुरु भइसकेको छ । चैत र वैशाखमा वन क्षेत्रमा डढेलो लाग्दा वन, वन्यजन्तु, तिनका बासस्थान र जैविक विविधतालाई असर गर्दछ । यस्ता विपद्बाट बच्न पर्याप्त सावधानी अपनाउने र पूर्वतयारी गर्ने उत्तम विकल्पका रूपमा रहेका विज्ञहरू बताउँछन् ।

 

 

बर्सेनि हुने यस्ता विपत्तिबाट पाठ सिक्दै पाल्पामा यसको पूर्व तयारी थालिएको छ । मनसुनजन्य विपद्बाट हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्न, राहत तथा उद्धारका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सञ्चालन गर्न यहाँका सरोकार भएका निकायले पूर्व तयारीका साथ ऐक्यबद्धता जाहेर गरेका छन् ।

 

 

प्रमुख जिल्ला अधिकारी बिनु बज्राचार्य कुँवरको अध्यक्षतामा शनिबार बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले विपद्को पूर्वतयारी, राहत, प्रतिकार्य र समन्वयबारे विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै ऐक्यबद्धता जनाएका हुन् ।

 

 

डढेलो, बाढीपहिरो, डुबान, सडक अवरोधजस्ता सम्भावित घटनाका लागि दमकल, एम्बुलेन्स, स्काभेटर, डोजरलगायत साधनको मर्मत गरी तयारी अवस्थामा राख्न सम्बन्धित कार्यालयलाई निर्देशन गरिएको प्रमुख जिल्ला अधिकारी कुँवरले बताउनुभयो । सरकारी तथा गैरसरकारी सङ्घसंस्था, राजनीतिक दल, पत्रकारलगायत सबैसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन, पूर्वतयारी तथा प्रतिकार्यमा जुट्न अनुरोध गरिएको उहाँको भनाइ छ ।

 

 

बैठकले जिल्लामा विपद् व्यवस्थापनका लागि पूर्वतयारी गर्ने, चैत, वैशाख र जेठ बढी डढेलोको जोखिम हुने महिना भएकाले जिल्लामा डढेलो तथा आगलागी हुने सम्भाव्य क्षेत्रको नक्साङ्कन गर्ने, सचेतनामूलक कार्यक्रमलाई अभियानका रूपमा अगाडि बढाउने, आगलागी भएको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी, स्थानीय वन उपभोक्ता समूह, डिभिजन वन कार्यालयको टोली तत्काल परिचालन गर्ने निर्णय गरिएको प्रजिअ कुँवरले जानकारी दिनुभयो ।

 

त्यसैगरी, आगलागी नियन्त्रण गर्न दमकल नभएका स्थानीय तहले आगामी दुई महिनाका लागि चारपाङ्ग्रे सवारीसाधन (पहाडी कच्ची बाटोमा समेत गुड्न सक्ने खालका) भाडामा लिने, पानी ट्याङ्कर वा हिल ट्याङ्कीमा पानी सङ्कलन गरी राख्ने, चार-पाँच जना वन हेरालु ‘फायर फाइटर’ टोली परिचालन गर्ने, डिभिजन वन कार्यालयले स्थानीय तहहरूसँग समन्वय गर्ने, सामुदयिक वन उपभोक्ता समूहलाई डढेलो नियन्त्रणसम्बन्धी तालिम दिई जिम्मेवार बनाउने, अग्नि नियन्त्रण औजारहरू वितरणको व्यवस्था मिलाउने, आगलागी÷डढेलो नियन्त्रण गर्न सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय बनाई परिचालन गर्ने, वन उपभोक्ता समूहहरूले सामुदायिक वनमा रहेको झारपात हटाउने, अग्नि रेखा बनाउने, वनमा ढली सडेका रुख हटाउने वा हिलट्याङ्कीमा पानी सङ्कलन गरी तयारी अवस्थामा राख्नेलगायत निर्णय बैठकले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ऋषिराम सुवेदीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार हेलचक्रयाई वा लापरवाही गरी आगलागी वा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याउन सूचना संयन्त्रलाई बलियो बनाई सूचना सम्प्रेषण गर्ने र गैरकानुनी रूपमा डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्ने, निजी आवास पुनर्निर्माणका लागि नियमानुसार निकासा हुनुपर्ने रकम उपलब्ध गराउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र आन्तरिक मामिला तथा कानुन मन्त्रालय लुम्बिनी प्रदेशमा अनुरोध गर्ने, आगामी आव २०८३/८४ का लागि स्थानीय तहको बजेटमा विपद् व्यवस्थापनका लागि पर्याप्त बजेट विनियोजन गर्ने साथै स्थानीय तहले एक्लै वा दुई वा दुईभन्दा बढी स्थानीय तहको लागत साझेदारीमा बारुणयन्त्र खरिद गरी सो सञ्चालनको मोडालिटी निर्माण गर्ने पनि निर्णय भएको छ ।

 

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख टङ्कनाथ खनाल, नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी तानसेन नगरका सभापति जीवन पाण्डेय, नेकपा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्ती, नेकपाका जिल्ला संयोजक अशोककुमार शाही, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापालगायतले आ-आफ्नो ठाउँबाट विपद् जोखिम र डढेलो नियन्त्रणमा भूमिका खेल्ने बताएका छन् ।

 

बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी सुवेदीले निजी आवास÷प्रबलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना र डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत खिलबहादुर तामाङले कार्यालयले डढेलोको जोखिम न्यूनीकरणका लागि गरेको पूर्वतयारी र जिल्लामा डढेलोको अवस्थाका बारेमा प्रस्तुतिकरण राख्नुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९