‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुँदै

काठमाडौँ, नयाँवर्ष २०८३ साललाई लक्षित गर्दै दुई नेपाली चलचित्र ‘पहाड’ र ‘राम नाम सत्य’ प्रदर्शन हुने भएको छ । दुवै चलचित्रका निर्माताले नयाँ वर्षको अवसर पारेर नेपालसँगै विदेशमा चलचित्र प्रदर्शनको तयारी गरिरहेको जानकारी दिएका छन् ।

 

आगामी चैत २७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘राम नाम सत्य’ मा द्वन्द्वसँगै सामाजिक कथावस्तु रहेको अभिनेता विराज भट्टले बताउनुभयो । अभिनेता भट्टले चलचित्रको आकर्षणका रुपमा द्वन्द्व, गीतसङ्गीत भएता पनि पटकथाले नै दर्शकलाई खुसी बनाउन सक्नुपर्नेमा बताउनुभयो ।

 

 

उहाँले भन्नुभयो, “हामीले द्वन्द्वका दृश्य वा चल्ने गीत राखेर चलचित्रलाई दर्शकले रुचाउछन् भन्ने सोच्नु गलत हो । चलचित्र सफल हुनुमा यसको विषयवस्तु र त्यसका लागि तयार गरिएको पटकथा महत्वपूर्ण हुन्छ । हामीले हेर्ने द्वन्द्वका दृश्य कथासँग जोडिएका हुनुपर्छ, अनि दर्शकले ‘कनेक्ट’ भएको महसुस गर्छन ।”

 

 

चलचित्र ‘राम नाम सत्य’ मार्फत नयाँ अनुहार आयुष सिंह ठकुरी र खुसी कार्कीले अभिनय यात्रा सुरू गर्दै हुनहुन्छ । उक्त चलचित्रमा सुशील श्रेष्ठ, दिव्या रायमाझी, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, सुनिल थापा, सुधिर श्रेष्ठलगायतका कलाकारले अभिनय गर्नुभएको छ । नृत्य निर्देशकको रुपमा चिनिनुभएका माइकल चन्दको निर्देशनमा चलचित्र तयार भएको छ । सामाजिक संदेशसँगै पूर्ण मनोरञ्जक बनाउने कोसिसका साथ चलचित्रमा आफूले काम गरेको निर्देशक चन्दले जानकारी दिनुभयो ।

 

 

“म नेपाली चलचित्रको नियमित दर्शक हुँ, दर्शकको ताली र गालीलाई मैले चलचित्र भवनमा देखेको छु । त्यसकारण मैले सामाजिक सन्देशसँगै मनोरञ्जन दिने सम्पूर्ण तत्वलाई चलचित्रमा समावेश गरेको छु । यसले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्छ”, निर्देशक चन्दले भन्नुभयो ।

 

 

उक्त चलचित्रका लागि आफूले विगत पाँच वर्षदेखि कथा, पटकथामा काम गरेर तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो । उक्त चलचित्रमा मानकृष्ण महर्जनले छायाङ्कन, श्री श्रेष्ठले द्वन्द्व निर्देशन, बन्दे प्रसादले सम्पादन, सियोन श्रेष्ठले नृत्य निर्देशन गर्नुभएको छ ।

 

 

यसैगरी निर्देशक तुलसी घिमिरे निर्देशन गर्नुभएको आगामी वैशाख १ गते प्रदर्शन हुने चलचित्र ‘पहाड’ युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर तयार गरिएको छ । उहाँले चलचित्रको कथाले पहाड मात्र नभई समग्र देशकै अवस्थालाई दर्शाउने बताउनुभयो ।

 

 

निर्देशक घिमिरेले भन्नुभयो, “पहाड एकदमै सुन्दर ठाउँ हो । तर, पछिल्लो समय युवा पलयान भएका छन्, पहाडमा बसोबास गर्ने रोजगारीका लागि बसाइ सरेका छन् । हेर्दा हेर्दै पहाड उजाड झैँ देखिन थालेको छ, यही विषयलाई लिएर चलचित्र तयार गरेको छु ।”

 

 

निर्देशक घिमिरेले दर्शकसँगै यो चलचित्र घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्ने विश्वास व्यक्त गर्नुभयो । भाग्यरत्न फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएकोे ‘पहाड’ मा बिपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनु नाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ ।

 

 

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै चलचित्रमार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउनुभएको छ । अभिनेत्री घिमिरेले आफूभन्दा अग्रजसँग काम गर्न पाउँदा अनुभवसँगै चुनौती महसुस गरेको बताउनुभयो ।“मेरो लागि यो एउटा अवसर थियो र सँगै चुनौती पनि । मभन्दा सबै अग्रज र स्थापित कलाकार हुनहुन्छ, उहाँहरूबाट मैले धेरै कुरा सिक्ने मौका पाएकी छु । मैले आफ्नो भूमिकालाई जीवन्त बनाउन सक्दो मेहिनत गरेकी छु”, अभिनेत्री घिमिरेले भन्नुभयो । चलचित्रमा प्रमोद प्रधानले छायाङ्कन, रञ्जितसिंह गजमेरले सङ्गीत निर्देशन, कुमार महर्जनले द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेले दृश्य सम्पादन गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९