तथ्यहिन आरोपको संघिय सांसद रावलद्धारा घोर निन्दा सहित खण्डन /प्रमाणित गर्न चुनौती, भ्रममा नपर्न जनतालाई आग्रह

कैलाली निर्वाचन क्षेत्र नं. २ का संघिय सांसद झपट बहादुर रावलले आफु बिरुद्ध लगार्ईका सबै आरोप तथ्यहीन,भ्रामक रहेको दावि गर्दै खण्डन गर्नुभएको छ । केही दिन अघी मोडिभेट नामक अनलाईनले विना प्रमाण, दोहोरो सोधपुछ नगरिकनै एकहोरो चरित्रहत्या गर्ने कु मनसायका साथ रावल विरुद्ध समग्र पत्रकारीता पेशालाई नै दुःषित पार्ने उद्धेश्यले जनस्तरमा भ्रम सृजनाहुनेगरी समाचार नामक झुटको फेहरीस्त तयार पारी बदनाम गर्न खोजेपछी सांसद रावलले त्यसको घोर भर्तसना र निन्दा गर्दै खण्डन गर्नुभएको हो । रावलद्धारा जारी खण्डनको पुर्ण भाग यस प्रकार रहेकोछ । 

केही दिन अघि मेरा बारेमा एक वनलाईनले प्रकाशन गरेको एउटा सामाग्रिका बारेमा आफ्ना धारणा राख्न बाध्य भयको छुँ । म एक सामाजिक र राजनैतिक प्राणि हुँ यसका साथै जनताको प्रतिनिधि पनि । यश कारण आफुमाथि लागेका मिथ्या आरोपको खण्डन नगर्दा यसले आम जनतामा पर्न जाने सन्देहको निवारणका लागि भय आफै केही कुरा राख्ने प्रयास गरेको छुँ ।

प्रसारित सामाग्री असत्य यसकारण छ :
मैले अकुत सम्पति आर्जन गरेको भन्ने समाचार असत्य छ । मैले राजनीतिक जिवनमा प्रवेश गरेदेखि नै आर्थिक पारदर्शितालाई कायम गरेको छृु । मेरो बृुवा र आमा म सानो छँदा स्वर्गवास भएता पनि मेरा दाजृुहरुले मेरो शिक्षामा कुनै अपुग हुन दिनु भएन । खाली खृुट्टा काठमाण्डौ आएका जस्ता स्तरहिन टिप्पणी आफैमा हास्यास्पद छ । मैले अनियमितता गरि कुनै सम्पती भोग चलन अथवा आर्जन गरेको भएमा राज्यका सम्बन्धित निकायमा उजुर गर्न पाउनु नागरिकको कर्तव्य पनि हो । यो सम्बन्धमा पत्रकार अनभिज्ञ हुने कुरै हुदैन । नियतवस तथ्यलाई तोडमोड गरि सत्य देखाउन खोजिएको कार्य खेदजनक छ । मैले किनेको भनेको जग्गा नेपालको प्रचलित कानुनको अधिनमा रहि रजिष्ट्रेशन पास गरि लिएको जग्गा हो । यस सम्बन्धमा कृुनै गैरकानुनी कार्य गरेको भएमा सो सम्बन्धमा सम्बन्धित निकायमा उजृुरी गर्न चुनौती दिन चाहन्छृु ।
प्रसारित सामाग्री तथ्यहिन यसकारण छ : मैले कैलाली जिल्लाको लम्कीचुहा न. पा. वडा नम्बर ४ मा चुनावताका बयाना गरि पछि पास गरिएको ३ कठ्ठा जग्गा बाहेक म निर्वाचित भएदेखि अहिलेसम्म अरु कुनै पनि घर जग्गा खरिद गरेको छैन । कानुन बमोजिम राजश्व तिरि किनेको सो जग्गालाई राजश्व छलि ग¥यो भनि समाचार लेख्नु तथ्यहिन विषय हो । सोहि स्थानमा अन्य व्यक्तिहरुले पनि जग्गा खरिद गरेका र निजहरुले के कति राजश्व तिरेका रहेछन् भनि हेर्न सकिने विषय हो । अन्य व्यक्तिहरुले तिरेको राजश्व र मैले तिरेको राजश्वमा फरक देखाउन र प्रमाणित गर्न समेत चुनौती दिन चाहन्छृु । नेपाल सरकारलाई तिर्ने कर जनप्रतिनिधिलाई फरक भन्ने पनि हुन्छ र ? प्रस्तुत समाचारमा उल्लेख गरिएअनुसार मैले लम्कीचुहा न. पा. ५ भल्कामा जग्गा लिएको भनिएको समाचार आफैमा गलत रहेको समेत दावी गर्दछु । सामान्य ठेगाना समेत गलत दिने र लेख्ने पत्रकारले समाचार लेख्दा कति सम्म झृुटो लेख्यो होला सहजै अनुमान गर्न सकिने विषय हो । समाचार लेख्दा कति सम्मको अध्ययन कसरी गरिएको रहेछ यसैबाट समेत पुष्टि हृुन्छ । यसबाट पत्रकारिताको नाममा आर्थिक प्रलोभनमा परि हुंदै नभएको झृुटो समाचार लेखिएको भन्ने सहजै अनुमान गर्न सकिन्छ । व्यक्तिको चरित्र हत्या गर्नको लागि जग्गाको आफुखुसि स्थान, आफुखुसि मुल्य तोक्ने अधिकार पत्रकारलाई पनि हुदैन । नेपालको प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले जग्गाको मुल्याङ्कन गरि बेचबिखन गर्दा राजश्व तिर्नुपर्ने व्यवस्था गरेको हुन्छ । नेपालको प्रचलित कानुन भन्दा माथि रहि पत्रकारिताको नाममा तथ्यहिन समाचार लेख्ने कार्य खेदजनक छ । शैलेश्वरी नर्सिङ्ग कलेजमा मैले आफृुले लगानी गरेको छृु । कलेज संचालकहरुलाई बाध्य गरि शेयर लिएको भन्ने विषय झृुट्ठा र भ्रामक रहेको छ । सो सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट जारी भएको शेयर लागत हेर्दा नै लगानीको स्रोत स्पष्ट हुन्छ । मैले आफ्नो पदको दुरुपयोग गरि शैलेश्वरी नर्सिङ्ग कलेजलाई सम्बन्धन दिलाउने कृुनै पनि काम गरेको छैन । प्रचलित कानुनको अधिनमा रहि सम्बन्धन लिने तथा उद्देश्य अनुरुप कार्य संचालन गर्न कलेजले नै पाउने विषय हो । म स्वकीय सचिव हुँदा कलेजले कृुनै पनि प्रकारको सम्बन्धन लिएको छैन । तथ्यहिन, भ्रामक समाचारको जति नै खण्डन गरेपनि कमै हुन्छ । म निर्वाचित भएको क्षेत्रमा मुक्त कमैया, वादी समृुदाय, सुकुम्बासी लगायत धेरै समस्या रहेका छन् । मैले मेरो तर्फबाट संसदमा समस्या समाधानका लागि निरन्तर आवाज उठाउदै आइरहेको छु । पत्रकारिता गर्ने जो कोहिले पनि मैले समस्या समाधानका लागि खेलेका भृ्मिका खोजि गर्न सक्ने विषय नै हो । मेरो क्षेत्रका नागरिकलाई भ्रम सिर्जना गरि म प्रतिको विश्वास कमजोर बनाउन जति नै कोशिश गरे पनि त्यो प्रयास निरर्थक हुनेछ । मैले कुनै प्रकारको महल ठड्याएको पनि छैन । पत्रकारिताको सामान्य समझ भएको व्यक्तिले पनि पत्रकारिताका आधारभुत सिद्धान्त पालना गरेको हुन्छ । तथ्य नै नहँुदा पनि जवरजस्ती तथ्य बनाउने प्रयास प्राथमिक दृष्टिमै खोटी छ ।

सार्वजनिक सम्पत्तिको रक्षाको लागि मैले निरन्तर आवाज उठाउदै आएको छृु । सांसद रावलले काठका ठेकेदार मार्फत् ४ करोड लगानी गरेको भन्ने आरोप निराधार, कपोकल्पित, र भ्रामक रहेको छ । मैले कल्पना पनि गर्न नसक्ने विषयलाई राजनीतिक रुपमा म सँग रिसिवी साँध्नेहरुको स्वार्थमा समाचार लेखिनु निन्दनीय छ । म चुनौती दिन चाहन्छृु, यस खालको आरोपको कुनै पनि तवरबाट पुष्टि गर्नृुहोस् मैले राजनीतिक जीवनबाट सन्यास लिनेछु । तथ्यहिन समाचार केहि समय सामाजिक सञ्जालमा चर्चामा रहला तर यस्तो स्तरहिन समाचारले पत्रकारिताको नाममा धन्दा चलाउनेहरुको पर्दाफास गर्दछ । कैलाली जिल्लाको रानी जमरा कृुलरीया सिंचाईमा मेरो कुनै पनि प्रकारको गलत संलग्नता रहेको छैन । संलग्नता पुष्टि गर्न समेत चुनौती दिन चाहन्छु । सरकारी जग्गा कब्जा गर्ने विषय मैले कल्पना गर्न पनि नसक्ने विषय हो । मैले सरकारी जग्गा कब्जा गरेको हो वा होइन भन्ने कृुरा सामान्य कानृुनको जानकार भएको व्यक्तिले छुट्याउन सक्ने विषय हो । वास्तविक पत्रकारले नेपाल सरकारका सम्बन्धित निकायमा सोधपुछ गरि प्रमाणिकताको आधारमा समाचार लेख्ने गर्दछन् । पत्रकारको आवरणमा व्यक्तिको चरित्र हत्या गर्ने सुनियोजित रुपमा परिचालित व्यक्तिले सरकारी जग्गा कब्जा भएको हो वा होइन भन्ने कुरा सम्बन्धित निकायमा बुझ्ने समेत कार्य गर्दैनन् । पित पत्रकारिताको यो हद सम्मको कार्य निन्दनिय छ ।

प्रसारित सामाग्री भ्रामक यसप्रकार छ :
तथ्यको जगमा सत्यको अन्वेषण पत्रकारिताको मुल मर्म हो । यस विपरित हुंदै नभएको तथ्यलाई आकर्षित गरि समाचारको नाममा चरित्र हत्या गर्ने कार्यले पत्रकारिताको नाममा निहित स्वार्थ पुरा गर्ने कार्य खेदजनक छ ।

प्रसारित सामाग्री असन्तृुलित यसकारण छ : 
समाचारका पक्षहरुसँग तथ्यको बारेमा सोधपुछ गर्नु पत्रकारिताको आधारभुत अनुशासन हो । तथ्यले पुष्टी हुने गरि समाचार सम्प्रेषण गर्नु पर्दछ । राजश्व छलि भएको हो वा होइन, रानी जमरा कुलरीया सिंचाई आयोजनामा मेरो संलग्नता हो वा होइन, सामुदायिक वनको सम्बन्धमा मेरो संलग्नता हो वा होइन, सरकारी जग्गा कब्जा भएको हो वा होइन भन्ने जस्ता विषय तथ्यगत विषय हुन् । यस्ता तथ्य उपलब्ध हुने अवस्था विद्यमान भएको अवस्थामा सम्बन्धित निकाय तथा जिम्मेवार व्यक्तिहरुसँग कुनै पनि प्रकारको सुचना माग नगरि आर्थिक प्रलोभनमा व्यक्तिको चरित्र हत्या गर्ने जस्तोसुकैे कार्य नाजायज छ । पत्रकारिताको नाममा गरिएको व्यक्तिको चरित्र हत्या जुनसुकै अर्थमा खेदजनक छ ।

पत्रकारिताको आवरणमा दुषित मनसाय पुर्वक समाचार लेखिएको प्रमाण छ :
म कैलाली जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित भए देखि नै मेरा विरुद्धमा तथ्यहिन समाचार लेखिदै आएको छ । यसको उदाहरणको रुपमा रानी जमरा कृुलरिया सिंचाई आयोजना (कृषि तर्फको) विषयमा तथ्यहिन समाचार लेखि चरित्र हत्या गर्ने प्रयास गरिएको तथ्यबाटै पुष्टि हुन्छ । तथ्यहिन समाचार लेख्ने र दुषित नियत पुरा गरि आम मानिसमा भ्रम सिर्जना गरिसके पछि त्यस्ता विषयवस्तृु हटाउने गरिएको छ । यस्तो कार्य कुनै पनि दृष्टीबाट जायज हुन सक्दैन । तसर्थ मेरा विरुद्ध आएका भ्रमपुर्ण तथा तथ्यहिन समाचारको खण्डन गर्दछु । पत्रकारिताको आवरणमा गरिएका यस्ता कार्यहरुको प्रतिवाद गर्दछृु । यस्ता खालका तथ्यहिन, दुषित नियतबाट प्रेरित समाचारको घोर निन्दा गर्दछु । नेपालको प्रचलित कानृुन बमोजिम अन्य आवश्यक उपचार खोज्ने मेरो अधिकार सृुरक्षित रहेको समेत अवगत गराउन चाहन्छृु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा तीन दिने खोज पत्रकारिता तालिम सुरु, पत्रकारको क्षमता अभिवृद्धिमा जोड

कैलाली । पत्रकारहरूको सीप विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कैलालीको बर्दगोरिया गाउँपालिकाले तीन दिने खोज पत्रकारिता तालिम सुरु गरेको छ। असार ११ गतेदेखि बौनियामा सुरु भएको तालिम असार १३ गतेसम्म सञ्चालन हुनेछ।   गाउँपालिकाका सामाजिक विकास समिति संयोजक तथा प्रवक्ता एवं वडा नम्बर १ का...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९