तथ्यहिन आरोपको संघिय सांसद रावलद्धारा घोर निन्दा सहित खण्डन /प्रमाणित गर्न चुनौती, भ्रममा नपर्न जनतालाई आग्रह

कैलाली निर्वाचन क्षेत्र नं. २ का संघिय सांसद झपट बहादुर रावलले आफु बिरुद्ध लगार्ईका सबै आरोप तथ्यहीन,भ्रामक रहेको दावि गर्दै खण्डन गर्नुभएको छ । केही दिन अघी मोडिभेट नामक अनलाईनले विना प्रमाण, दोहोरो सोधपुछ नगरिकनै एकहोरो चरित्रहत्या गर्ने कु मनसायका साथ रावल विरुद्ध समग्र पत्रकारीता पेशालाई नै दुःषित पार्ने उद्धेश्यले जनस्तरमा भ्रम सृजनाहुनेगरी समाचार नामक झुटको फेहरीस्त तयार पारी बदनाम गर्न खोजेपछी सांसद रावलले त्यसको घोर भर्तसना र निन्दा गर्दै खण्डन गर्नुभएको हो । रावलद्धारा जारी खण्डनको पुर्ण भाग यस प्रकार रहेकोछ । 

केही दिन अघि मेरा बारेमा एक वनलाईनले प्रकाशन गरेको एउटा सामाग्रिका बारेमा आफ्ना धारणा राख्न बाध्य भयको छुँ । म एक सामाजिक र राजनैतिक प्राणि हुँ यसका साथै जनताको प्रतिनिधि पनि । यश कारण आफुमाथि लागेका मिथ्या आरोपको खण्डन नगर्दा यसले आम जनतामा पर्न जाने सन्देहको निवारणका लागि भय आफै केही कुरा राख्ने प्रयास गरेको छुँ ।

प्रसारित सामाग्री असत्य यसकारण छ :
मैले अकुत सम्पति आर्जन गरेको भन्ने समाचार असत्य छ । मैले राजनीतिक जिवनमा प्रवेश गरेदेखि नै आर्थिक पारदर्शितालाई कायम गरेको छृु । मेरो बृुवा र आमा म सानो छँदा स्वर्गवास भएता पनि मेरा दाजृुहरुले मेरो शिक्षामा कुनै अपुग हुन दिनु भएन । खाली खृुट्टा काठमाण्डौ आएका जस्ता स्तरहिन टिप्पणी आफैमा हास्यास्पद छ । मैले अनियमितता गरि कुनै सम्पती भोग चलन अथवा आर्जन गरेको भएमा राज्यका सम्बन्धित निकायमा उजुर गर्न पाउनु नागरिकको कर्तव्य पनि हो । यो सम्बन्धमा पत्रकार अनभिज्ञ हुने कुरै हुदैन । नियतवस तथ्यलाई तोडमोड गरि सत्य देखाउन खोजिएको कार्य खेदजनक छ । मैले किनेको भनेको जग्गा नेपालको प्रचलित कानुनको अधिनमा रहि रजिष्ट्रेशन पास गरि लिएको जग्गा हो । यस सम्बन्धमा कृुनै गैरकानुनी कार्य गरेको भएमा सो सम्बन्धमा सम्बन्धित निकायमा उजृुरी गर्न चुनौती दिन चाहन्छृु ।
प्रसारित सामाग्री तथ्यहिन यसकारण छ : मैले कैलाली जिल्लाको लम्कीचुहा न. पा. वडा नम्बर ४ मा चुनावताका बयाना गरि पछि पास गरिएको ३ कठ्ठा जग्गा बाहेक म निर्वाचित भएदेखि अहिलेसम्म अरु कुनै पनि घर जग्गा खरिद गरेको छैन । कानुन बमोजिम राजश्व तिरि किनेको सो जग्गालाई राजश्व छलि ग¥यो भनि समाचार लेख्नु तथ्यहिन विषय हो । सोहि स्थानमा अन्य व्यक्तिहरुले पनि जग्गा खरिद गरेका र निजहरुले के कति राजश्व तिरेका रहेछन् भनि हेर्न सकिने विषय हो । अन्य व्यक्तिहरुले तिरेको राजश्व र मैले तिरेको राजश्वमा फरक देखाउन र प्रमाणित गर्न समेत चुनौती दिन चाहन्छृु । नेपाल सरकारलाई तिर्ने कर जनप्रतिनिधिलाई फरक भन्ने पनि हुन्छ र ? प्रस्तुत समाचारमा उल्लेख गरिएअनुसार मैले लम्कीचुहा न. पा. ५ भल्कामा जग्गा लिएको भनिएको समाचार आफैमा गलत रहेको समेत दावी गर्दछु । सामान्य ठेगाना समेत गलत दिने र लेख्ने पत्रकारले समाचार लेख्दा कति सम्म झृुटो लेख्यो होला सहजै अनुमान गर्न सकिने विषय हो । समाचार लेख्दा कति सम्मको अध्ययन कसरी गरिएको रहेछ यसैबाट समेत पुष्टि हृुन्छ । यसबाट पत्रकारिताको नाममा आर्थिक प्रलोभनमा परि हुंदै नभएको झृुटो समाचार लेखिएको भन्ने सहजै अनुमान गर्न सकिन्छ । व्यक्तिको चरित्र हत्या गर्नको लागि जग्गाको आफुखुसि स्थान, आफुखुसि मुल्य तोक्ने अधिकार पत्रकारलाई पनि हुदैन । नेपालको प्रचलित कानुन बमोजिम अधिकार प्राप्त निकायले जग्गाको मुल्याङ्कन गरि बेचबिखन गर्दा राजश्व तिर्नुपर्ने व्यवस्था गरेको हुन्छ । नेपालको प्रचलित कानुन भन्दा माथि रहि पत्रकारिताको नाममा तथ्यहिन समाचार लेख्ने कार्य खेदजनक छ । शैलेश्वरी नर्सिङ्ग कलेजमा मैले आफृुले लगानी गरेको छृु । कलेज संचालकहरुलाई बाध्य गरि शेयर लिएको भन्ने विषय झृुट्ठा र भ्रामक रहेको छ । सो सम्बन्धमा कम्पनी रजिष्ट्रारको कार्यालयबाट जारी भएको शेयर लागत हेर्दा नै लगानीको स्रोत स्पष्ट हुन्छ । मैले आफ्नो पदको दुरुपयोग गरि शैलेश्वरी नर्सिङ्ग कलेजलाई सम्बन्धन दिलाउने कृुनै पनि काम गरेको छैन । प्रचलित कानुनको अधिनमा रहि सम्बन्धन लिने तथा उद्देश्य अनुरुप कार्य संचालन गर्न कलेजले नै पाउने विषय हो । म स्वकीय सचिव हुँदा कलेजले कृुनै पनि प्रकारको सम्बन्धन लिएको छैन । तथ्यहिन, भ्रामक समाचारको जति नै खण्डन गरेपनि कमै हुन्छ । म निर्वाचित भएको क्षेत्रमा मुक्त कमैया, वादी समृुदाय, सुकुम्बासी लगायत धेरै समस्या रहेका छन् । मैले मेरो तर्फबाट संसदमा समस्या समाधानका लागि निरन्तर आवाज उठाउदै आइरहेको छु । पत्रकारिता गर्ने जो कोहिले पनि मैले समस्या समाधानका लागि खेलेका भृ्मिका खोजि गर्न सक्ने विषय नै हो । मेरो क्षेत्रका नागरिकलाई भ्रम सिर्जना गरि म प्रतिको विश्वास कमजोर बनाउन जति नै कोशिश गरे पनि त्यो प्रयास निरर्थक हुनेछ । मैले कुनै प्रकारको महल ठड्याएको पनि छैन । पत्रकारिताको सामान्य समझ भएको व्यक्तिले पनि पत्रकारिताका आधारभुत सिद्धान्त पालना गरेको हुन्छ । तथ्य नै नहँुदा पनि जवरजस्ती तथ्य बनाउने प्रयास प्राथमिक दृष्टिमै खोटी छ ।

सार्वजनिक सम्पत्तिको रक्षाको लागि मैले निरन्तर आवाज उठाउदै आएको छृु । सांसद रावलले काठका ठेकेदार मार्फत् ४ करोड लगानी गरेको भन्ने आरोप निराधार, कपोकल्पित, र भ्रामक रहेको छ । मैले कल्पना पनि गर्न नसक्ने विषयलाई राजनीतिक रुपमा म सँग रिसिवी साँध्नेहरुको स्वार्थमा समाचार लेखिनु निन्दनीय छ । म चुनौती दिन चाहन्छृु, यस खालको आरोपको कुनै पनि तवरबाट पुष्टि गर्नृुहोस् मैले राजनीतिक जीवनबाट सन्यास लिनेछु । तथ्यहिन समाचार केहि समय सामाजिक सञ्जालमा चर्चामा रहला तर यस्तो स्तरहिन समाचारले पत्रकारिताको नाममा धन्दा चलाउनेहरुको पर्दाफास गर्दछ । कैलाली जिल्लाको रानी जमरा कृुलरीया सिंचाईमा मेरो कुनै पनि प्रकारको गलत संलग्नता रहेको छैन । संलग्नता पुष्टि गर्न समेत चुनौती दिन चाहन्छु । सरकारी जग्गा कब्जा गर्ने विषय मैले कल्पना गर्न पनि नसक्ने विषय हो । मैले सरकारी जग्गा कब्जा गरेको हो वा होइन भन्ने कृुरा सामान्य कानृुनको जानकार भएको व्यक्तिले छुट्याउन सक्ने विषय हो । वास्तविक पत्रकारले नेपाल सरकारका सम्बन्धित निकायमा सोधपुछ गरि प्रमाणिकताको आधारमा समाचार लेख्ने गर्दछन् । पत्रकारको आवरणमा व्यक्तिको चरित्र हत्या गर्ने सुनियोजित रुपमा परिचालित व्यक्तिले सरकारी जग्गा कब्जा भएको हो वा होइन भन्ने कुरा सम्बन्धित निकायमा बुझ्ने समेत कार्य गर्दैनन् । पित पत्रकारिताको यो हद सम्मको कार्य निन्दनिय छ ।

प्रसारित सामाग्री भ्रामक यसप्रकार छ :
तथ्यको जगमा सत्यको अन्वेषण पत्रकारिताको मुल मर्म हो । यस विपरित हुंदै नभएको तथ्यलाई आकर्षित गरि समाचारको नाममा चरित्र हत्या गर्ने कार्यले पत्रकारिताको नाममा निहित स्वार्थ पुरा गर्ने कार्य खेदजनक छ ।

प्रसारित सामाग्री असन्तृुलित यसकारण छ : 
समाचारका पक्षहरुसँग तथ्यको बारेमा सोधपुछ गर्नु पत्रकारिताको आधारभुत अनुशासन हो । तथ्यले पुष्टी हुने गरि समाचार सम्प्रेषण गर्नु पर्दछ । राजश्व छलि भएको हो वा होइन, रानी जमरा कुलरीया सिंचाई आयोजनामा मेरो संलग्नता हो वा होइन, सामुदायिक वनको सम्बन्धमा मेरो संलग्नता हो वा होइन, सरकारी जग्गा कब्जा भएको हो वा होइन भन्ने जस्ता विषय तथ्यगत विषय हुन् । यस्ता तथ्य उपलब्ध हुने अवस्था विद्यमान भएको अवस्थामा सम्बन्धित निकाय तथा जिम्मेवार व्यक्तिहरुसँग कुनै पनि प्रकारको सुचना माग नगरि आर्थिक प्रलोभनमा व्यक्तिको चरित्र हत्या गर्ने जस्तोसुकैे कार्य नाजायज छ । पत्रकारिताको नाममा गरिएको व्यक्तिको चरित्र हत्या जुनसुकै अर्थमा खेदजनक छ ।

पत्रकारिताको आवरणमा दुषित मनसाय पुर्वक समाचार लेखिएको प्रमाण छ :
म कैलाली जिल्लाको क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको सदस्य पदमा निर्वाचित भए देखि नै मेरा विरुद्धमा तथ्यहिन समाचार लेखिदै आएको छ । यसको उदाहरणको रुपमा रानी जमरा कृुलरिया सिंचाई आयोजना (कृषि तर्फको) विषयमा तथ्यहिन समाचार लेखि चरित्र हत्या गर्ने प्रयास गरिएको तथ्यबाटै पुष्टि हुन्छ । तथ्यहिन समाचार लेख्ने र दुषित नियत पुरा गरि आम मानिसमा भ्रम सिर्जना गरिसके पछि त्यस्ता विषयवस्तृु हटाउने गरिएको छ । यस्तो कार्य कुनै पनि दृष्टीबाट जायज हुन सक्दैन । तसर्थ मेरा विरुद्ध आएका भ्रमपुर्ण तथा तथ्यहिन समाचारको खण्डन गर्दछु । पत्रकारिताको आवरणमा गरिएका यस्ता कार्यहरुको प्रतिवाद गर्दछृु । यस्ता खालका तथ्यहिन, दुषित नियतबाट प्रेरित समाचारको घोर निन्दा गर्दछु । नेपालको प्रचलित कानृुन बमोजिम अन्य आवश्यक उपचार खोज्ने मेरो अधिकार सृुरक्षित रहेको समेत अवगत गराउन चाहन्छृु ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९