आलेखः थातथलो सजाउँदै, पर्यटक लोभ्याउँदैै

गण्डकी,  बाबुबाजेकै पालाका घर तथा वस्तीहरू चिटिक्क सजाएझैँ देखिन्छन् । तनहुँको भानु नगरपालिका–९ चितीखोलामा पुराना शैलीका घरहरूसँगै चोक तथा बाटाहरू सफासुग्घर छन् । घर वरपर करेसाबारीमा लगाइएको तरकारीसँगै त्यहाँको हरियाली तथा फलफूलहरूका कारण सौन्दर्यता अझै थपिएको छ । प्राचीनकालमा बौद्धिक चेतना भएका व्यक्तिहरूको बसोबास भएकै कारण गाउँको नाम नै चिती खोला भएको बुढापाकाको तर्क छ ।

 

प्राकृतिक रुपमा सुन्दर यस गाउँमा पर्यटकलाई लक्षित गरी घरवास सञ्चालनमा ल्याइएको छ । ग्रिनहिल भिलेज सामुदायिक होमस्टे परिवारका रुपमा यहाँका २१ वटा घर समेटिएका छन् । स्थानीय संस्कार संस्कृतिको जगेर्नासँगै आफ्नो थातथलोको संरक्षणको उद्देश्यका साथ यहाँका स्थानीयले २०७६ सालदेखि घरवास सञ्चालनमा ल्याएको ग्रिनहिल भिलेज सामुदायिक होमस्टे परिवारका पूर्व अध्यक्ष कल्पना सारु मगरले जानकारी दिनुुभयो ।

 

यहाँको घरवासका लागि स्थानीयको जागरुकता त छँदैछ राज्यको पनि लगानी परेको छ । सुरुमा घरवासका लागि गण्डकी प्रदेश सरकारबाट रु १० लाख बजेट विनियोजन भएकामा त्यसपछि विभिन्न चरणमा गरी थप सहयोग पनि प्राप्त भएको उहाँले जानकारी दिनुुभयो । मगर जातिको बाहुल्यता रहेको यस ठाउँमा मगर, दूरा, तामाङ, बाहुनहरूको बाहुल्यता रहेको छ । यहाँका घरवासमा घरहरू अनुसार शुद्ध शाकाहारीदेखि मांसाहारी सबैका लागि बस्न पाउने व्यवस्था समेत रहेको छ ।

 

घरवासमा आउने पर्यटकका लागि एक हजार २५० रुपैयाँको प्याकेज निर्धारण गरिएको छ । उक्त प्याकेजमा बेलुका लोकल कुखुराको मासुसहितको खाना, बिहान कोदोको सेल, तरकारीसहितको खाजा रहेको उहाँले जानकारी दिनुुभयो । चिती खोलामा ठूलै लगानी खर्चिएर ग्रीन हिमालय फार्म स्टे पनि सञ्चालन गरिएको छ । आफ्नो थातथलोमा नै केही गर्नुुपर्छ भन्ने उद्देश्यका साथ यहाँको पाण्डे परिवारले विगत चार वर्षयता फार्म स्टे सञ्चालनमा ल्याएको हो । उहाँहरूले कुल ७० रोपनी क्षेत्रफल मध्ये १० रोपनी क्षेत्रमा फार्म स्टे तथा ६० रोपनी क्षेत्रमा फार्म क्षेत्र सञ्चालन गरिहनुभएको छ ।

 

यहाँ आउने पर्यटकलाई फार्ममा नै उत्पादन भएको तरकारी तथा यामअनुसारका फलफूल खुवाउने गरिएको फार्म स्टेका सञ्चालक गीता अधिकारी पाण्डेले जानकारी दिनुुभयो । “हामी सुरुमा बजारबाट गाउँमा फर्कदा भने व्यावसायिक सोचका साथ आएका थिएनौं”, उहाँले भन्नुुभयो, “उत्पादनको बजारीकरण र उपयोग पनि यहीँ नै होस् भन्ने उद्देश्यसँगै यो फार्म स्टे सञ्चालनमा ल्याएका हौँ ।”

 

फार्म स्टेमा हाल छ जनाले नियमित रोजगारी पाएका छन् भने आवश्यकता अनुुसार अन्य सात आठ जनासम्मले थप रोजगारी पाएको उहाँले जानकारी दिनुुभयो । फार्म स्टेमा पुरानो कलात्मक घरलाई साजसज्जा गरेर चिटिक्क सजाइएको छ । परम्परागत ग्रामीण परिवेशको झल्को दिने किसिमका संरचनाहरू निर्माण गरिएका छन् ।

 

लिचीको बोटले ढकमक्क ढाकिएको ट्रि हाउस, परम्परागत घुमाउने घर (ढिकी जाँतो, हलो जुवा जस्ता परम्परागत सामग्री राखिएको) आदिका कारण यहाँ आउने पर्यटकहरू रमाउने गरेका छन् । माटाको गारो, माटाले नै पोतेर सजाइएका घरका कारण पर्यटकले ग्रामीण संस्कृति तथा परिवेशको छुुट्टै अनुभूति गर्ने गरेका छन् ।

 

लगानी, पूर्वाधार, सेवा सुविधा समेतका कारण फार्म स्टेको बसाई होमस्टे भन्दा अलि खर्चिलो छ । फर्म स्टेमा आएका पर्यटकलाई त्यहाँ पुग्नासाथ मोही, मकै, चिया सहितको खाजा खुवाउने गरिएको छ भने बेलुका लोकल कुखुराको मासुसहित खाना खुवाइन्छ । भोलिपल्ट बिहान अण्डा, तरकारी, कोदो फापरको रोटी आदिको नास्ता खाने व्यवस्था मिलाइएको छ । फार्म स्टेमा बस्नका लागि प्रतिव्यक्ति दुई हजार पाँच सय रुपैयाँ र दुुई जना संयुक्त रुपमा आएमा चार हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । ठूलै समूहमा आएका अवस्थामा उक्त दररेटमा केही सहुलियतको व्यवस्था छ ।

 

फार्म स्टेमा दैनिक ३० जनालाई सहजै रुपमा बस्न सकिने व्यवस्था मिलाइएको पाण्डेले जानकारी दिनुुभयो । थातथलोको संरक्षणसँगै यसको पर्यटकीय उपयोगका साथै कृषि पर्यटनका कारण पनि यो ठाउँ राम्रै गन्तव्य बन्न सक्ने देखिएको छ । कृषिप्रतिको बढ्दो अनिच्छासँगै जग्गाहरू बाँझिदै गएका अवस्थामा यहाँका अगुुवा कृषक वासुराज कडरियाले गर्नुुभएको एकिकृत कृषि फार्मबाट पनि यहाँ आउने पर्यटकले धेरै जान्न, बुझ्न र अनुुभव गर्न पाउँछन् । कडरिया एकिकृत कृषि फार्मका रुपमा कुल २७ रोपनी क्षेत्रफलमा फैलिएको उहाँको फार्ममा एकै स्थानमा कृषिका विविधतासँगै सम्भावनालाई प्रत्यक्ष अवलोकन गर्न पाइन्छ ।

 

शिक्षण पेशामा लामो समय बिताउनुुभएका कडरियाले आफू पेशामा रहँदैदेखि सुरु गरेको कृषिकर्मलाई सेवानिवृत्त जीवनमा अझै सकृयताका साथ व्यवस्थित गराउँदै लैजानुुभएको हो । उहाँको फार्ममा पशुपालन, कुखुरापालन, तरकारी तथा फलफूल खेतीहरू एकै साथ गरिदै आइएको छ । सुरुमा चार सय बोट सुन्तला र एक हजार छ सय बोट कफीबाट सुरु गरिएको व्यावसायिक कृषिले उहाँलाई अन्ततः सफल कृषि व्यवसायी बनाएको हो ।

 

सुरुका वर्षहरुमा सुन्तला राम्रै उत्पादन भए पनि २०५२÷५३ सालदेखि सुन्तलामा रोग लाग्न थालेपछि त्यसको विकल्पमा केरा, अदुवा खेती आदि गर्न थाल्नुुभएको छ । उहाँको फार्ममा २५० बोट मेवा रहेका छन् भने ताइबान अम्बा एक सय बोट लगाइएको छ । फार्ममा परीक्षणका लागि ९० बोट बोधिचित्त पनि लगाइएको छ । फार्ममा नासपति, आरु, लिची, कटहर, भूइँकटहर, आरु, कागती, किबीलगायत विभिन्न ५० प्रजातिका फलफूल लगाइएको उहाँले जानकारी दिनुुभयो ।

 

त्यस्तै मौरीपालनदेखि पशुपालनसम्मका विविध कृषिका प्रयोग जान्न बुझ्न चाहनेका लागि यो राम्रै पाठशाला बनिरहेको छ । पछिल्लो समयमा एकिकृत कृषिका विविधताको अवलोकनका लागि ठाउँठाउँबाट हेर्न र बुझ्न आउने क्रम पनि बढिरहेको छ । चिती खोला आउने पर्यटकले उक्त फार्ममा उत्पादित ताजा फलफूल तथा तरकारी किनेर लैजान समेत सक्छन् ।

 

बाँझो जग्गाको उपयोगका साथै त्यसलाई पर्यटकीय रुपमा उपयोग गर्न यहाँका स्थानीयले गाउँमा नक्षत्र बाटिकाका नाममा रमणीय पार्क पनि बनाएका छन् । यहाँको करिब पाँच रोपनी क्षेत्रफलमा चियाका बोटसँगै २७ वटै नक्षत्रका बोटहरू लगाइएको छ । प्रत्येक नक्षत्र बृक्षकोे फेदमा नक्षत्रमा पर्ने नामहरू समेत उल्लेख गरेर सानो परिचयात्मक बोर्ड राखिएको छ । आफ्नो नक्षत्र पर्नेहरू उक्त बोर्ड देखिने गरी तस्वीर खिच्ने गरेका छन् ।

 

बागेश्वरी सामुदायिक बन उपभोक्ता समिति अन्तर्गत रहेको बाटिकामा रहेको चिया बगानले इलामकै झल्को दिने गरेको छ । यहाँ लगाइका चियाका बोटले यस क्षेत्रमा चिया खेतीको समेत सम्भावना छ भन्ने कुरालाई उजागर गरेको स्थानीयवासी एवम् पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले बताउनुुभयो ।

 

बाटिका परिसरमा पाचीन शिव मन्दिर, पुराना बन काफलका बोटलाई पनि संरक्षण गरेर राखिएको छ । पर्यटकलाई लक्षित गरी स्थानीयले गाउँ माथिको जङ्गलमा पदमार्ग पनि बनाएका छन् । जङ्गलमा पदयात्रा गर्दा सफारीकै झल्को आउने स्थानीयले बताए । करिब डेढ घण्टा जङ्गल सफारी हुँदै चन्दनी डाँडासम्म पुग्न सकिन्छ । त्यहाँस्थित चन्दनी डाँडा हुँदै कोट पुगिन्छ । नेपालका बाइसे चौबिसे राजाको पालाको कोटका रुपमा रहेको यो स्थानसँगै यसैको तल रहेको ठूलो पहरोलाई ‘रक क्लाइम्बिङ’को गन्तव्यका रुपमा विकास गर्न सक्ने देखिएको छ ।

 

गाउँको सिरानमा रहेको कोटका साथै धार्मिक रुपले प्रसिद्ध थानीमाई मन्दिर पनि यही बाटो भएर जाने भएकोले यस ठाउँलाई धार्मिक पर्यटनसँग पनि जोड्न सकिने देखिएको छ । यहाँबाट सवारी साधन हुँदै एक घण्टामा थानी माई मन्दिर पुग्न सकिन्छ । गाउँ नजिकै रहेको चन्द्रेखोला झरनालाई पनि स्थानीयले पर्यटकीय रुपमा उपयोग गर्ने योजना बनाएका छन् । पृथ्वी राजमार्गको डुम्रेबाट अर्चलधारा हुँदै कुल २१ किलोमिटर दूरीमा रहेको यो ठाउँ मध्यपहाडी लोकमार्गअन्तर्गत पाउँदीबाट तीन किलोमिटर दूरीमा रहेको छ ।

 

पछिल्ला समयमा विभिन्न स्थानबाट समूहगत रुपमा पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । हालै इम्ब्रोइडरी एण्ड गार्मेन्ट्स एशोसिएसन (एगा) पोखरामा आवद्ध पर्यटन व्यवसायीहरूले उक्त क्षेत्रको प्रवद्र्धनात्मक भ्रमण गरेका छन् । भ्रमणका क्रममा पर्यटकीय रुपमा चितीखोला धेरै सम्भावनायुक्त स्थल भएको आफूहरूले पाएको एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले बताउनुुभयो । “परम्परागत थातथलोलाई संरक्षण गर्दै त्यसको पर्यटकीय उपयोग गर्ने विषय धेरै राम्रो लाग्यो”, उहाँले भन्नुुभयो, “हामीले हाम्रा प्रकृति र संस्कृतिसँगै त्यहाँका हरेक सम्भावनालाई पर्यटकीय रुपमा उपयोग गर्न सकिन्छ ।”

 

कृषिजन्य उत्पादनलाई पनि पर्यटनसँग जोड्न सकिने विषय यहाँस्थित फार्म स्टे, एकिकृत कृषिफर्म, नक्षत्रबाटिका आदिबाट पनि सिक्न सकिने बताउँदै उहाँले यो सिकाई अन्य स्थानका लागि पनि प्रेरणाको स्रोत बन्ने बताउनुुभयो । प्रकृति र संस्कृतिको अधिकतम् उपयोग गर्दै गाउँ पर्यटनलाई अघि बढाउन सकिने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने बताउनुुहुन्छ । गाउँ पर्यटनको विकाससँगै त्यहाँका कृषिजन्य उत्पादन पनि प्रत्यक्ष रुपमा पर्यटनसँग जोडिने उहाँको भनाइ छ ।वासुदेव पौडेल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

श्रष्टा सुवेदीलाई ‘चुडामणि साहित्य पुरस्कार’

झापा,  लेखनाथ पुस्तकालयले नेपाली भाषा र साहित्यमा झर्रो शैलीको प्रयोगमा योगदान पुर्याए वापत साहित्यकार जीवनाथ सुवेदीलाई यस वर्षको ‘चुडामणि रेग्मी भाषा साहित्य पुरस्कार’ प्रदान गर्ने भएको छ ।भाषाविद् चुडामणि रेग्मीको सम्मानमा स्थापना भएको उक्त पुरस्कार राशि नगद रु २५ हजार पुस्तकालयका अध्यक्ष नवराज घिमिरेले...

आलेखः थातथलो सजाउँदै, पर्यटक लोभ्याउँदैै

गण्डकी,  बाबुबाजेकै पालाका घर तथा वस्तीहरू चिटिक्क सजाएझैँ देखिन्छन् । तनहुँको भानु नगरपालिका–९ चितीखोलामा पुराना शैलीका घरहरूसँगै चोक तथा बाटाहरू सफासुग्घर छन् । घर वरपर करेसाबारीमा लगाइएको तरकारीसँगै त्यहाँको हरियाली तथा फलफूलहरूका कारण सौन्दर्यता अझै थपिएको छ । प्राचीनकालमा बौद्धिक चेतना भएका व्यक्तिहरूको बसोबास...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन प्रतितोला रु चार हजार ३०० र चाँदी तोलामा रु १५० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको...

अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं,  बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति चेतना अभिवृद्धि गर्नुका साथै प्रभावित देशहरूमा राष्ट्रियस्तरमा सुरुङ निवारण क्षमताको विकास गर्न दिगो अन्तरराष्ट्रिय सहयोग आह्वान गर्दै आज विश्वका विभिन्न मुलुकमा अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदैछ ।       सन् २००५ डिसेम्बर ८ मा...

छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु

काठमाडौँ, बुधबार अपराह्न पाटनको दरबार क्षेत्रमा छुरा प्रहारबाट गम्भीर घाइते भएका झापाका दुई युवकको मृत्यु भएको छ । स्थानीय बिएण्डबी अस्पतालमा उनीहरूको आज बिहान मृत्यु भएको हो ।ललितपुर जिल्ला प्रहरी परिसरका अनुसार झापाको कमल गाउँपालिका–६ का सुमित र सृजन नेम्बाङको मृत्यु भएको हो ।नेम्बाङ...

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन,  यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म रु १२ करोड ३० लाख ७४ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु १० करोड ६४ लाख ४३३ अर्थात् ८६ प्रतिशत मात्र राजस्व असुली...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली,  कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यज्ञराज जोशीले आइतबार राति १२ः०० बजेबाट अधिवेशन अन्त्य गर्नुभएको जानकारी सभामुख नन्दा गुरुङले दिनुभयो । सभामुख गुरुङले सातौँ अधिवेशनमा सम्पादन गरेका प्रमुख कार्यहरु मध्ये कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना...

शिवशक्ति ग्रामीण विद्युत सहकारीको अध्यक्षमा दल बहादुर तिरुवा चयन

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डा, खैरेनीस्थित शिवशक्ति ग्रामीण विद्युत सहकारी संस्था लिमिटेडको नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरिएको छ। संस्थाको अध्यक्षमा दल बहादुर तिरुवा चयन भएका छन्।   उपाध्यक्षमा शिवचरण डंगौरा थारु, सचिवमा गोविन्द बहादुर बुडाक्षेत्री र कोषाध्यक्षमा अमृता देवी खत्री चयन भएका छन्।   सदस्यहरूमा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

आज दशौँ स्वास्थ्य बीमा दिवस

काठमाडौँ,  दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । यस वर्षको दिवसको नारा ‘राज्यको लगानी, नागरिकको योगदान, स्वास्थ्य बीमा साझा अभियान नाराका साथ’ भन्ने रहेको छ ।स्वास्थ्य बीमा कार्यक्रम स्वास्थ्य सेवा उपयोगको क्रममा हुने अनियोजित खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै...

गोलबजार मेयर गोल्डकप: उद्घाटन खेलमा इटहरी विजयी

सिरहा,  सिरहाको गोलबजार नगरपालिकामा सोमबारदेखि सुरु भएको नवौँ संस्करणको ‘गोलबजार मेयर गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा राष्ट्रिय जागृति क्लब, इटहरी विजयी भएको छ । गोलबजार नगरपालिका-२ गुरुधामस्थित खेलग्राममा भएको प्रतिस्पर्धात्मक उद्घाटन खेलमा हेटौँडा फुटबल एकेडेमीलाई पेनाल्टी सुटआउटमा ३-१ गोल अन्तरले पराजित गर्दै इटहरीले सुखद...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९