विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ ।

 

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाम र वर्षायाममा सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक स्रोत यकिन गर्ने तथा अपुग स्रोत तीन दिनभित्र माग गर्ने निर्णयसमेत गरेको छ ।

 

 

 

बैठकले सुक्खायाममा खडेरी र वन डढेलो तथा वर्षायाममा बाढी, पहिरो, डुबान र नदी कटानजस्ता मनसुनजन्य विपद्को रोकथाम र प्रतिकार्यका लागि आवश्यक स्रोत सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट व्यवस्थापन गर्ने तथा अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

 

 

बैठकले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विभिन्न निकायमा उपलब्ध विपद् व्यवस्थापनसम्बन्धी उपकरण तथा सामग्रीको मौज्दात पाँच दिनभित्र एकीकृत विवरण तयार गर्ने निर्णय गरेको छ । आवश्यक थप उपकरणको विवरण सम्बन्धित निकायसँगको समन्वयमा तयार गरी प्राथमिकताका आधारमा खरिद गरेर उपलब्ध गराइनेछ, जसका लागि अर्थ मन्त्रालयले बजेट व्यवस्था गर्नेछ ।

 

 

 

विपद् व्यवस्थापनका सबै चरणमा सङ्घीय, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय गर्ने निर्णयसमेत बैठकले गरेको छ । साथै, मौसम तथा विपद्सम्बन्धी अन्तरदेशीय सूचना आदानप्रदानका लागि परराष्ट्र मन्त्रालयमार्फत छिमेकी मुलुकसँग सहकार्य अघि बढाइनेछ ।

 

 

समग्र विपद् व्यवस्थापनकार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायहरूले तत्काल सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी समन्वयलाई सुदृढ गर्ने निर्णय गरिएको बैठकमा सहभागी वन तथा वातावरण मन्त्रालयका सचिव डा गोविन्दप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा विपद् पूर्वतयारी, मनसुन आपत्कालीन कार्ययोजना र चुरे संरक्षण आयोजनाबारे समेत छलफल भएको थियो । साथै, प्रधानमन्त्री र प्रतिनिधिसभा सदस्यहरूबीचको छलफलका क्रममा उठेका तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू प्रस्तुत गरिएको थियो ।

 

 

 

बैठकमा प्रधानमन्त्रीका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव किरणराज शर्मा, अर्थसचिव घनश्याम उपाध्याय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडी, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मालगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । साथै, विपद् व्यवस्थापन निर्देशनालय, जल तथा मौसम विज्ञान विभाग तथा जलस्रोत तथा सिँचाइ विभागका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो ।

 

 

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी सम्बन्धित निकायका अधिकारीहरूको बैठकले आगामी सुक्खायाममा खडेरी, वन डढेलोलगायत विपद् तथा वर्षायाममा बाढीपहिरो, डुबान, नदी कटान जस्ता मनसुनजन्य विपद्को रोकथाम, जोखिम न्यूनीकरण, विपद् प्रतिकार्यका लागि आवश्यकपर्ने स्रोत यकिन गरी सम्बन्धित मन्त्रालयको विनियोजित बजेटबाट खर्च व्यवस्था गर्ने, अपुग हुने स्रोत अर्थ मन्त्रालयसँग तीन दिनभित्र माग गर्ने निर्णय गरेको सचिव डा शर्माले बताउनुभयो ।

 

 

 

बैठकले, प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री वालेन्द्र शाहसँगको बैठकमा उठाउनुभएका देशका विभिन्न भूभागका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गरेर चालु आर्थिक वर्षमा सम्पन्न गर्न सकिने कार्यहरू यस वर्षको असार १५ गतेभित्र सम्पन्न गरिसक्ने निर्णय गरेको छ । चालु आवको बाँकी अवधिमा सम्पन्न हुन नसक्ने तथा मध्यमकालीन र दीर्घकालीन प्रकृतिका कार्यहरू आगामी आवको बजेटमा प्राथमिकताका साथ समावेश गर्ने निर्णयसमेत भएको छ ।

 

 

 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विभिन्न निकायमा रहेका विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन कार्यका लागि आवश्यक पर्ने यन्त्र उपकरण र अन्य सामग्रीहरूको मौज्दातको एकीकृत विवरण पाँच दिनभित्र तयार गर्ने निर्णय गरेको छ । आवश्यक पर्ने थप उपकरणको विवरण सम्बन्धित निकायहरूसँगको समन्वयमा तयार गरी प्राथमिकताका आधारमा खरिद गरेर सम्बन्धित निकायलाई उपलब्ध गराउने निर्णय भएको छ । यसका लागि अर्थ मन्त्रालयले आवश्यक बजेट व्यवस्था गर्ने निर्णय भएको हो ।

 

 

 

विपद् व्यवस्थापनका सबै चरणहरूमा नेपाल सरकारका सम्बन्धित मन्त्रालय र निकायहरूले प्रदेश सरकार र स्थानीय तहहरूसँग प्रभावकारी समन्वय गर्ने निर्णय भएको छ । मौसम र विपद्सँग सम्बन्धित अन्तरदेशीय सूचना एवं तथ्याङ्कहरू छिमेकी मुलुकका सम्बन्धित निकायहरूबाट प्राप्त गर्न नेपाल सरकारका निकायहरूले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा प्रक्रिया अघि बढाउने निर्णय भएको छ ।

 

 

विपद् व्यवस्थापनसम्बन्धी निकायहरूले समग्र विपद् व्यवस्थापन कार्यका लागि तत्काल सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकी आपसमा समन्वय गरी कार्यसम्पादनलाई चुस्त बनाउने निर्णय भएको छ । आजको बैठकमा विपद् पूर्वतयारीको अवस्था तथा विपद् व्यवस्थापनका लागि आवश्यक पर्ने स्रोत साधनका विषयमा छलफल गरिएको थियो ।

 

 

 

यस्तै, मनसुन आपत्कालीन कार्ययोजना र चुरे संरक्षण आयोजनाबारे समेत छलफल भएको थियो । प्रधानमन्त्री शाह र प्रतिनिधिसभा सदस्यहरूबीचको छलफलका क्रममा उठेका तत्काल सम्बोधन गर्नुपर्ने विषयहरू बैठकमा पेस गरिएको थियो । सांसदहरूले बाढी, पहिरो, नदी कटानसँग सम्बन्धित उठेका विषयहरूमा तत्काल सम्बोधन गर्न सकिने विषयमा कारबाही थाल्न आग्रहसमेत गरिएको छ ।

 

 

बैठकमा विपद् व्यवस्थापन निर्देशनालय, जल तथा मौसम विज्ञान विभाग र जलस्रोत तथा सिँचाइ विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्रीले केही समयअघि सांसदहरूसँग छलफल गर्दा प्रकोपबारे पनि ध्यानार्कषण गराउनुभएको थियो ।

 

 

सांसदहरूले इलाम, सुनसरी, झापा, सोलुखुम्बु, रौतहट, महोत्तरी, सप्तरी, सर्लाही, कास्की, नवलपरासी सुस्तापूर्व, पाल्पा, बझाङ, कञ्चनपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, काठमाडौँ, रसुवा, धादिङ, दोलखा, भक्तपुर, रामेछाप, लमजुङ, बाँके, पर्वत, म्याग्दी, बाग्लुङ र कैलाली जिल्लाहरूका तत्काल सम्बोधन गर्नुपर्ने विषयहरूमा यसअघि नै प्रधानमन्त्री शाहको ध्यानार्कषण गराएको थियो ।

 

 

तत्काल सम्बोधन गर्नुपर्ने मुख्य विषयहरूका रूपमा बाढी, कटान र डुबान नियन्त्रण, पानी निकास र सहरी ड्रेनेज प्रणाली सुधार , एकीकृत बाढी व्यवस्थापन गुरुयोजना कार्यान्वयन, पहिरो जोखिम न्यूनीकरण र बस्ती संरक्षण, उच्च जोखिममा रहेका बस्तीहरूमा तत्काल पहिरो रोकथाम, भूसंरक्षण, प्रभावित घरधुरीहरूको स्थानान्तरण, पुर्नवास, उच्च जोखिम जिल्लाका लागि विशेष विपद् वर्गीकरण र पूर्वसूचना र पूर्वतयारी प्रणाली, जलस्रोत तथा सिँचाइ व्यवस्थापन, सहरी बाढी व्यवस्थापन, ऊर्जा र जलविद्युत् पूर्वाधार, दीर्घकालीन पुनर्निर्माण र सुशासनका विषयहरू छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कीर्तिमानी आरोही श्रेष्ठको सगरमाथा मोह

गोरखा,  तेह्र दिनमा तीनपटक सगरमाथा आरोहण गरेर ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा नाम लेखाउनुभएकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ छैटौँ पटक सगरमाथा आरोहण गर्न आधार शिविर पुग्नुभएको छ । हाल आफू आधार शिविरमा रहेको र केही दिनमा पहिलो शिविरतर्फ जाने तयारीमा रहेको उहाँले जानकारी दिनुभयो...

विपद् जोखिम न्यूनीकरण : तीन दिनभित्र स्रोत यकिन गरिने

काठमाडौँ,  प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभा सदस्यहरूले छलफलमा उठाएका विपद्सम्बन्धी विषयहरूको वर्गीकरण गरी तीन दिनभित्र जोखिमका आधारमा प्राथमिकीकरण गर्ने र चालु आर्थिक वर्षभित्र सम्पन्न गर्न सकिने कामहरू असार १५ गतेभित्र सक्ने निर्णय भएको छ ।       प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी निकायका...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४४, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४८, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘जेनजी’ आन्दोलनमा रौतहट कारागारबाट भागेका कैदी पोखरामा पक्राउ

गण्डकी,  गत भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ । हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी कास्की कारागार कार्यालयमा बुझाइएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

महाकाली नदीमा नुहाउने क्रममा एक जना बेपत्ता

कञ्चनपुर, जिल्लाको शुक्लाफाँटा नगरपालिका-७ जुडाका अन्दाजी ४५ वर्षीय प्रकाशबहादुर सिंह महाकाली नदीमा नुहाउने क्रममा आज बेपत्ता भएका छन् । छिमेकीको मलामी गएका सिंह नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । घटनापछि स्थानीय र सुरक्षाकर्मीले तत्काल खोजी कार्य सुरु गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्यको समझदारी

दोधारा चाँदनी (कञ्चनपुर),  तीन विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ ।महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयमा त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि बुधबार त्रिपक्षीय समझदारी भएको विश्वविद्यालयका सूचना अधिकारी नवीनबहादुर बमले जानकारी दिनुभयो ।       उहाँका अनुसार विश्वविद्यालय अनुदान आयोगका...

स्वास्थ्य चौकी निर्माण हुँदै

गलकोट (बागलुङ), भारत सरकारको सहयोगमा बागलुङको बडिगाड गाउँपालिकास्थित भीमगिठे स्वास्थ्य चौकी भवन निर्माण गरिँदै छ ।बडिगाड गाउँपालिका–७ स्थित चौकीको भवन बिहीबार शिलान्यास गरिएको छ । बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी र काठमाडौँस्थित भारतीय राजदूतावासका द्वितीय सचिव अजय कुमारसिंहले संयुक्त रूपमा शिलान्यास गर्नुभएको हो...

एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु

राँझा (बाँके),  जिल्लाको खजुरामा रु सात लाख राशिको एमटी एरिना प्रथम खजुरा गोल्डकप प्रतियोगिता सुरु भएको छ । न्यू डाँफे स्पोट्र्स क्लबको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिताका विजेताले नगद रु सात लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले नगद रु चार लाखसहित...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९