कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. ३ स्थित एनटीबिएस इङ्लिस बोर्डिङ स्कुलले वार्षिक परीक्षा नतिजा सार्वजनिक गरेको छ। शिक्षक अभिभावक संघका संयोजक गोपाल पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि जेष्ठ नागरिक अभिभावक गज बहादुर बम रहनु भएको कार्यक्रममा विशिष्ट अतिथिमा जेष्ठ नागरिक अभिभावक मैना देवी बम रहनुभएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्यहरू अर्जुन थापा, टेकबहादुर चौधरी, बबिता विश्वकर्मा, इशारा साउद, अमृता बिक, हरिकला रोकया, पूजा नेपाली, शिक्षक अभिभावक संघका सदस्यहरू भूमिका थापा, विष्णा खड्का, तेजराज न्यौपाने, नवीन टमट्टा, सल्लाहकार समिति संयोजक रवि जनाला, सदस्य लक्ष्मी कडेल, जगदम्बीके भगवती माध्यमिक विद्यालयका अभिभावक संघका अध्यक्ष गोविन्द बुढा क्षेत्री, समाजसेवीहरू उमेश थापा, भीमराज भण्डारी, लोकबहादुर ओली, यसन बिक, अशिराम चौधरी, जयराज जैसी, रामबहादुर धामी र देवसिंह बिक लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल तेजराज न्यौपानेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थापक नवराज टमट्टाले गर्नुभएको थियो।
वि.सं. २०७१ सालमा स्थापना भएको उक्त विद्यालयमा हाल सम्म ४ सय ५० जना विद्यार्थी अध्ययनरत छन् भने १९ जना शिक्षक–शिक्षिकाले अध्यापन गराइरहेका छन्। हाल कक्षा ७ सम्म सञ्चालनमा रहेको विद्यालयमा यस वर्ष विद्यालय प्रथम रिदम पौडेल भएका छन्। प्रथम स्थान हासिल गरेपछि स्कुलले उनलाई झोला पुरस्कार प्रदान गरिएको थियो।
त्यस्तै अनुशासित विद्यार्थीका रूपमा राजन बुढा र काव्या कुँवरलाई टिफिन बक्स प्रदान गरिएको थियो। सधैं सफा भएर विद्यालय आउने दर्शन बिक र मिनु थापालाई ब्रस, नेल कटर, साबुन र साबुन राख्ने भाँडो प्रदान गरिएको थियो। साथै, सधैं सफा पोशाकमा आउने लव कुश कुँवर र कृतिका चौधरीलाई विद्यालय पोशाक उपलब्ध गराई सम्मान गरिएको थियो।
विद्यालयमा नियमित उपस्थित हुने विद्यार्थीहरू समिर साउद, राजु नेपाली, निशा साउद, एकेन्द्र बिक, तपेन्द्र थापा, हेमन्ती साउद, हिमाल साउद, चिरञ्जवी कँडेल, आरती थापा, टिका पौडेल, योगेश पौडेल र राज चौधरीलाई कापी र पेन्सिल प्रदान गरिएको स्कुलले जनाएको छ।
यसैगरी, कक्षागत रूपमा प्रथम हुने विद्यार्थीलाई हाते घडी, द्वितीय हुनेलाई ज्यामेट्री बक्स र कापी, तृतीय हुने चौथो उनी विद्यार्थीलाई ज्यामेट्री बक्स पुरस्कारस्वरूप प्रदान गरिएको विद्यालयले जानकारी दिएको छ।


























































































































































