छिमेकी मुलुकसँगको नक्सा विवादमा घेरिंदै भारत

काठमाडौं ।आफ्ना छिमेकी मुलुकहरुबाट सीमा र नक्सा विवादमा घेरिंदै गएको छ । नेपालपछि अब भारतको चीरप्रतिद्वन्द्वी मुलुक पाकिस्तानले आफ्नो नयाँ नक्सा जारी गर्दै दिल्लीलाई चिढ्याएको छ । पाकिस्तानले जम्मु कश्मिर, लद्दाक र जूनागढलाई समेटेर आफ्नो नयाँ राजनैतिक नक्सा जारी गरेको हो । राजधानी इस्लामावादमा पाकिस्तानको मन्त्रिपरिषद्ले जारी गरेको नयाँ राजनैतिक नक्सालाई प्रधानमन्त्री इमरान खानले स्वीकृती प्रदान गरेका थिए । नेपालमा जस्तै पाकिस्तानमा पनि मुलुकको नयाँ नक्सा जारी गर्ने क्रममा सत्तारुढ, विपक्षी सबैले ऐक्यबद्धता देखाएका थिए । इस्लामावादबाट जारी भएको नयाँ नक्सालाई पाकिस्तान प्रशासित कश्मिरका नेताहरुले समेत त्यसलाई स्वागत गरेका थिए । नयाँ नक्सा जारी भएपछि नेपालका नागरिकले देखाएको खुशी जस्तै पाकिस्तानका नागरिकले पनि खुशियाली मनाएका थिए । तर दिल्लीले पाकिस्तानले जारी गरेको नयाँ राजनैतिक नक्साको कुनै बैद्यता नभएको प्रतिक्रिया दिएको छ । दुई महिना अघि नेपालको प्रतिनिधि सभाको शतप्रतिशत बुहमतले नयाँ नक्सा पारित गर्दा पनि साउथ ब्लकले यस्तै किसिमको प्रतिक्रिया जनाएको थियो । चीनसँगको सधैंको सीमा विवादपछि भारत यतिवेला पाकिस्तान र नेपालले जारी गरेका आफ्ना नयाँ राजनैतिक नक्साले घेरिएको छ । भारतले दुबै मुलुकले जारी गरेको नयाँ नक्साको कुनै कानूनी वैधता र अन्तर्राष्ट्रिय विश्वसनियता नभएको प्रतिक्रिया दिएको छ । दिल्लीस्थित साउथ ब्लकले यी दुबै नक्सालाई आधारहीन भनेको छ भने दुबै मुलुकले मूर्खतापूर्ण कदम उठाएको दाबी गरेको छ । यो साता दिल्लीको उच्च राजनैतिक नेतृत्व अयोध्याको विवादास्पद भूमिमा राम मन्दिरको शिलन्यासमा जुटेकाले यो समारोहपछि पाकिस्तान र नेपालले जारी गरेका नक्सामाथि केही कदम चाल्ने अनुमान लगाइएको छ । दक्षिण एशियाली क्षेत्रमा नक्सा विवादको बिउ भारत आफैंले रोपेको थियो । दिल्लीले अघिल्लो वर्ष जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपाली भूमी कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई समेटेपछि परम्परागत मित्र राष्ट्र नेपाल चिढिन पुगेको थियो । त्यसको बदलामा नेपालले पनि तीन महिना अघि आफ्नो नयाँ राजनैतिक नक्सा जारी गर्दै यी क्षेत्रलाई आफ्नोमा समेटेर नयाँ निशान छाप तयार मात्र गरेन, संविधान संशोधन गर्न तयार नै भयो । नेपालसँग जस्तै विवाद भारतको पाकिस्तानसँग पनि छ, जसको बिउ पनि भारत स्वयंले रोपेको थियो । अघिल्लो वर्षको अगष्ट ५ मा नरेन्द्र मोदी सरकारले भारतको संविधानको धारा ३७० ले दिएको जम्मु कश्मिरको विशेष राज्यको दर्जा खारेज गरेसँगै दुई चीर प्रतिद्वन्द्वी मुलुकको विवाद पुनः सतहमा आएको थियो । यी राज्यको विशेष दर्जा खारेजीसँगै जम्मु कश्मिरलाई विभाजन गर्दै केन्द्र शासित प्रदेश र लद्दाखलाई छुट्टै प्रदेश बनाइएको थियो । पाकिस्तानले मोदी सरकारले चालेको यस्तो कदमको विरोध अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत गरेको थियो । पाकिस्तानका प्रधानमन्त्री खानले कश्मिर विवादको एउटै समाधान भनेको संयुक्त राष्ट्र संघको प्रस्ताव मान्नु भएको बताउँदै आएका छन् । गत मंगलबार नयाँ नक्सा जारी गर्दा पनि खानले यो कुरा दोहोर्याएका छन् । कश्मिर विवादलाई पाकिस्तानले अन्तर्राष्ट्रियकरण गर्नुका पछाडि आफ्नै कारणहरु छन् । कश्मिरमा भारत र पाकिस्तानको आ आफ्नो दाबीसँगै चीनले पनि केही भूभाग आफ्नो भएको बताइरहेको छ । कश्मिरको ४५ प्रतिशत भूभागमा भारतको, ३५ प्रतिशत भूभागमा पाकिस्तानको र बांकी २० प्रतिशत भूभागमा चीनको दाबी रहेको छ । यता, भारतले नेपाल र पाकिस्तान दुबै मुलुकको नयाँ नक्सा विवादमा पेलेरै अघि बढ्ने रबैया अपनाइरहेको छ । नेपालले पटक;पटक विवादलाई कूटनीतिकस्तरबाटै समाधान खोज्ने बताइरहँदा भारतले त्यतातर्फ ध्यान नै दिएको छैन । भारतले कोरोना महामारीका कारण वार्तामा बस्ने अवस्था नभएको कारण देखाइरहे पनि दिल्ली आफैंले चीन, अष्ट्रेलिया जस्ता शक्ति मुलुकसँग महामारीकै बीचमा वार्तामा बसिसकेको छ । यसबाट पनि भारतको पेलेरै अघि बढ्ने नियती प्रष्ट हुन्छ । तर सीमा जस्तो संवेदनशील मुद्धामा जतिनै बिलम्ब भयो, घाटा भारतलाई नै छ । विश्व महाशक्ति राष्ट्र बन्न अघि लम्किरहेको भारत साना छिमेकी मुलुकसँग सीमा विवादमै अल्झिरह्यो भने अन्तर्राष्ट्रिय मञ्चमा उसको विश्वसनियता घट्छ । अन्य महाशक्ति मुलुकले भारतलाई विश्वास गर्ने आधार बन्दैन् । छिमेकी मुलुकसँग चर्किरहेको सीमा विवादलाई जति छिटो मत्थर गर्न सक्यो, भारतलाई त्यति नै हितकर छ । त्यसैले पनि जानकारहरु भनिरहेका छन्, सीमा विवाद मिलाउन नेपाल अथवा पाकिस्तानलाई हतारो छैन, हतार छ त केवल भारतलाई नै छ । किनभने, दक्षिण एशियाकै शक्ति मुलुक भारत आफ्नै कारणले यो क्षेत्रमा राजनैतिक संकट उत्पन्न होस् भन्ने पक्कै चाहँदैन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९