पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ,  समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हँुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् । मुस्ताङ भित्रिएका अधिकांश विदेशी पर्यटक मनाङबाट थोरङलापास पदमार्ग हुँदै मुस्ताङ आइपुग्छन् ।

 

 

 

गण्डकी प्रदेशको कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्लालाई राउन्ड अन्नपूर्ण चक्रीय पदमार्ग भनिन्छ । हप्तौँहप्ता लाग्ने यही पदमार्ग अहिले सडक सञ्जालका कारण छोट्टिदै जान थालेको छ । सडक कनेक्टिभिटीले राउन्ड अन्नपूर्ण सर्किटका धेरै ठाउँको पदयात्रा खुम्चिँदै गरे पनि (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग जीवन्त छ । थोरङपास पदमार्ग साहसिक पदयात्रा गर्ने पर्यटकका लागि उपयुक्त पर्यटकीय गन्तव्यका रूपमा स्थापित भइसकेको छ ।

 

 

बर्सेनि ६ महिना निकै चहलपहल हुने थोरङलापास पदमार्ग ६ महिना अवधि भने सुनसान हुन्छ । वर्षको याम चल्ने थोरङलापास पदमार्गमा फ्रेब्रअरीदेखि अप्रिलसम्म र सेप्टेम्बरदेखि अक्टुबरसम्म विदेशी पर्यटकको पदयात्रा चलायमान हुने गर्छ । साहसिक पदयात्राका लागि महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बनेको थोरङलपास पदमार्ग रोमाञ्चक, चुनौतीपूर्ण र कष्टकर पदयात्राका रूपमा लिने गरिएको छ ।

 

 

 

बर्सेनि हिउँदयामको पूर्वसन्ध्या तीन महिना र बर्खायामको पूर्वसन्ध्या तीन महिनामात्रै थोरङलापासमा विदेशी पर्यटकले पदयात्रा गर्ने गर्छन् । यही पदयात्राको सिजनलाई पछ्याउँदै मनाङ–मुस्ताङ थोरङ फेदीमा पछिल्लो समय आठवटा पर्यटक लक्षित होटल तथा रेष्टुरेन्ट सञ्चालनमा छन् । सिजनका बेला होटल चलाउने र अफसिजनको बेला होटल बन्द गरी त्यहाँका पर्यटन व्यवसायी आफ्नो गन्तव्यतर्फ लाग्छन् ।

 

 

टङ्की मनाङबाट थोरङ फेदीमा तीन वर्षदेखि होटल चलाउँदै आउनुभएकी नामगाम गुरुङले थोरङफेदीको अल्पकालीन व्यापार सन्तोषजनक रूपमा चलेको बताउनुभयो । बर्खायाममा गाउँ फर्किने र हिउँदयाममा काठमाडौँ झर्ने गर्नुभएकी व्यवसायी गुरुङले सिजनको समय थोरङफेदीमा बसेर व्यापार गर्ने गरेको बताउनुभयो ।

 

 

थोरङ फेदीमा होेटल चलाएर बसेका डोल्पाका अर्का पर्यटन व्यवसायी छेवाङ गुरुङले थोरङलापास पदयात्राको सिजनमा व्यापार गरी बस्ने र अन्य समयमा गाउँमै गएर खेतीपातीको काम गर्ने गरेको बताउनुभयो । समुद्री सतहको चार हजार २०० मिटरको उचाइमा अवस्थित थोरङफेदीको प्रतिकूल मौसमलाई सहँदै व्यापार व्यवसाय चलाएर बसेको गुरुङको भनाइ छ । “घर अर्काको हो, हामीले यहाँ भाडा तिरेर होटल चलाएका हौँ, सिजन चलेका बेला कहिले राम्रै व्यापार हुन्छ, कहिले हुँदै हुँदैन”, भन्नुभयो ।

 

 

केही वर्षअघि मनाङ–मुस्ताङ पदमार्ग थोरङलापासको थोरङ फेदीसम्म सडकको पहुँच पुगेको थिएन । पछिल्लो समय वारागुङ मुक्तिक्षेत्र–२ छेङ्गुर हुँदै थोरङ फेदीसम्म कच्ची सडक विस्तार भइसकेको छ । सडकको पहुँच पुगेकाले खाद्यान्न तथा होटल रेष्टुरेन्टलाई चाहिने मालसामान ढुवानी गर्न सहज भएको छ । दुई ठूला विशाल अग्ला पहाडको खोंचमा अवस्थित थोरङ फेदीमा पर्यटक पर्खिएर बसेका व्यवसायी अफसिजन हुँदा होटल बन्द गरी त्यहाँबाट अन्यत्र जाने चलन छ ।

 

 

थोरङपासमा एउटा कफीसप सञ्चालनमा छ भने त्यहाँबाट चार घण्टा पैदल हिँडेपछि थोरङफेदीमा आठ दशवटा होटल छन् । थोरङफेदीमा सबै होटल बन्द हुने भए पनि एउटा होटल भने बाह्रै महिना सञ्चालनमा रहन्छ । मनाङ–मुस्ताङ थोरङपास गर्दै मुस्ताङ प्रवेश गर्नुभएका सोलुखुम्बकी १९ वर्षीया पर्यटक पथप्रर्दशक बिबिसा रावतले १० दिनको पदयात्रा गर्दै थोरङफेदी आइपुगेको बताउनुभयो । थोरङपास पदमार्ग जोखिम र साहसिक पदयात्रा भएको उहाँले बताउनुभयोे ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९