सांसदको लोगोमा २० लाख खर्च, माननीय भन्छन्- म त लाउँदिनँ !

काठमाडौं । लिम्पियाधुरा क्षेत्र (चुच्चे नक्सा) समेटिएको संसदको लोगो भद्दा भएको भन्दै सामाजिक सञ्जालमा व्यापक चर्चा छ । आखिर कसले बनायो त यस्तो लोगो ? डिजाइनमा हेलचेक्र्याइँ कसले गर्यो ? खासमा यो लोगो डिजाइन गर्ने व्यक्ति हुन्- ८७ वर्षे टेकवीर मुखिया । तर, उनले डिजाइन गरेको लोगो र अहिले वितरीत लोगोमा केही भिन्नता देखिएको छ । संघीय संसद सचिवालयले आग्रह गरेपछि मुखियाले दुईखालका लोगो डिजाइन गरेर सिफारिस गरेका थिए । एउटामा जौको बालाले घेरिएको प्रतीक चिन्ह थियो, अर्कोमा महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा थियो । महिला-पुरुषको हातले समेटिएको नेपालको नयाँ नक्सा र राष्ट्रिय झन्डा भएको डिजाइनलाई संसद सचिवालयले स्वीकार गर्यो र सोहीअनुसार लोगो बनाउन बागमती प्रदेशअन्र्तगतको घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई निर्माणको अर्डर दियो । तर, अर्डर दिएको डिजाइनभन्दा लोगो केही भिन्न रुपमा तयार भयो । डिजाइन गरेको लोगोको नक्सामा लिम्पियाधुरासहितको वास्तविक नक्सालाई प्रष्ट देखाइएको छ । सांसदहरुलाई वितरीत लोगोमा भने लिम्पियाधुरा क्षेत्रलाई समेटिएको चुच्चो त छ, तर, डिजाइनमा भन्दा अलि फरक र भद्दा । वास्तविक नक्सा अनुसार नै डिजाइनवाला लोगोमा नेपालको पश्चिम भाग उठेको छ र पूर्वी भाग अलि तल झुकेको छ । तर, सांसदलाई वितरीत लागोमा नक्सा सिधा, चारपाटेजस्तो देखिएको छ । एकजना सामाजिक सञ्जाल प्रयोगकर्ताले ब्यङ्ग्य गरेका छन्,चुच्चो जोड्दा नेपालको अन्य भूभाग छोडेर सांसदले लोगो लगाएछन् ! हातले कुँदेका कारण भद्दा देखियो ! संसद सचिवालयको तर्क छ,लोगो नराम्रो त छैन, तर, हातले कुँदेका कारण हल्का टिप्पणी आएका छन् । बाहिर भनिएजस्तो लोगो भद्दा नरहेको तर्क गर्छन् संसद सचिवालयका सूचना अधिकारी दशरथ धमला । एकजनाले बनाएको होइन, फरक-फरक मान्छेले बनाएका कारण केही कमी कमजोरी भएको हुन सक्छ उनले भने । लोगो बनाउने घरेलु तथा साना उद्योग कार्यालय ललितपुरकी प्रमुख अम्बिका ज्ञवाली भने केही भद्दा भएको स्वीकार गर्छिन् ।मेसिनमा बनाएको जस्तो नहुने भयो । हातले बनाउँदा हल्का भद्दा भइहाल्छ ज्ञवालीले अनलाइनखबरसँग भनिन्न नमुनाहेरेरै बनाएको हो ।घरेलु तथा साना उद्योग कार्यालयका कलाकारले डेढ महिना लगाएर हातैले कुँदेर नयाँ लोगो बनाएका हुन् । संसद सचिवालयका अनुसार नयाँ लोगोमा २ लाल सुनको जलपमा १ तोला चाँदीको लेप लगाएको छ । नक्सा पित्तलबाट तयार भएको छ भने बेश चाँदीको हो । हातमा चाहिँ तामाको प्रयोग भएको छ । लोगोको ब्याच (एक छेउबाट अर्को छेउ) ३.५ सेन्टिमिटरको छ । लोगोका डिजाइनर मुखियालाई ५० हजार पारिश्रमिक दिइएको छ । लोगो कुद्नेलाई पर पिस २५ सय ज्याला दिइएको छ । यो उद्योग मन्त्रालयले नै निर्धारण गरेअनुसार भएको सचिवालयले जनाएको छ । ज्याला र सुन, चाँदी र धातुको मूल्यसमेत गरी प्रत्येक लोगोको मुल्य ५ हजार ५ सय २७ रुपैयाँ ८६ पैसा पर्न गएको छ । सचिवालयका अनुसार साढे तीन सय लोगो बनाएको छ । यसका लागि करिब २० लाख रुपैयाँ खर्च भएको छ । सांसद सुब्बा भन्छन्- छिछिछि म त लाउँदिनँ ! जसका लागि लोगो बनाएको हो उनीहरु नयाँ लोगोप्रति असन्तुष्ट छन् । अहिलेको नयाँ लोगो बनाउनेहरु दण्डित हुनुपर्ने माग गरेका छन् । सत्तारुढ नेकपाकै सांसद विजय सुब्बाले नयाँ लोगो नलगाउने घोषणा गरे ।छिछिछि यस्तो घिनलाग्दो लोगो, मचाहिँ लाउँदिनँ । प्रमाणपत्र बोकेर हिँड्छु, आइडी कार्ड बोकेर हिँड्छु सांसद सुब्बाले अनलाइनखबरसँग भने, यति सारो नमिलेको, अशुद्ध, भद्दा र हास्यास्पद लोगो कसरी लाउनू ? नेपालको नक्सा त्यस्तै हो ? यो कसरी स्वीकृत भयो होला ? यसको निर्माता कस्तो होला । यस्तो भद्दा लोगो बनाउनेहरु दण्डित हुनुपर्ने सांसद सुब्बाको माग छ,ल अब तयार भयो भनिदिने संस्थाले संघीय संसद, नेपाल र राष्ट्रिय झण्डाको यस्तो अपमान गरेकोमा दण्डित हुनुपर्छ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाम्फेले पनि नयाँ लोगो भद्दा देखिएको भनेर आफूले संसद सचिवालयको ध्यानाकर्षण गरेको बताएकी छन् । नेकपाका केन्द्रीय सदस्य विजय पौडेलले सांसदको लोगो देख्दा आफूलाई अचम्म लागेको उल्लेख गरे ।यो माननीय सांसदहरुले लगाउन नै बनाएको लोगो हो वा कसैले बेइज्जती गर्न पोस्ट गरेको हो ? संसद सचिवालयले आदेश दिएर बनाएकोमा यति सारो रद्दी सामाग्री त नहुनुपर्ने । के हो यो ? अचम्म लाग्यो पौडेलले सामाजिक सञ्जालमा लेखेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९