सिमरा सेजका उद्योगद्वारा उत्पादन सुरु

वीरगन्ज (पर्सा),  सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणमा रहेका उद्योगले उत्पादन थालेका छन् । सरकारले सेजको अवधारणालाई कार्यान्वयनमा ल्याएपछि यहाँ उद्योग सञ्चालनमा आएका हुन् ।विशेष आर्थिक क्षेत्र प्राधिकरणमातहत ८३३ बिघा जग्गा भए तापनि अहिले ३४३ बिघा क्षेत्रफलअन्तर्गत विभिन्न ब्लकमा छवटा उद्योगले उत्पादन सुरु गरिसकेका छन् ।

 

सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रमुख पप्पु गिरीले सेजमा रहेका आधा दर्जनभन्दा धेरै उद्योगले उत्पादन थालिसकेको बताउनुभयो । “सेज परिसरमा रहेका आधा दर्जन उद्योगले अहिले उत्पादन गरिरहेका छन्”, उहाँले भन्नुभयो, “एक दर्जनभन्दा धेरै उद्योग अहिले निर्माणाधीन अवस्थामा रहेका छन् ।” सेजमा रहेको पशुपति सेरामिक्स प्रालिले सेरामिक्ससम्बन्धी वस्तु तथा सामान उत्पादन गर्दै आइरहेको छ । सो उद्योगले करिब ४५० जनालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा रोजगारी दिँदै आइरहेको छ ।

 

 

त्यस्तै ब्रिलियन सु प्रालिले पनि जुत्ता तथा चप्पल उत्पादन गर्दै आइरहेको छ । सो परिसरमा रहेको अर्काे उद्योग बालाजी म्यानुफ्याक्चिरिङले पनि उत्पादनको काम गर्दै आइरहेको छ । त्यसैगरी, नेपाल एग्रो टुल्स कम्पनीले पनि कृषि सम्बन्धित उत्पादन गर्दै आइरहेको छ । एसीएम भेहिकल्सले पनि यहाँ उद्योग स्थापना गरेर उत्पादन गर्दै आइरहेको छ । त्यस्तै, बायोकल्प नेपाल नामक कम्पनीले पनि उम्पादन गर्दै आइरहेको विशेष आर्थिक क्षेत्र प्राधिकरणले जनाएको छ । चालु रहेका उद्योगमा करिब सात सयभन्दा धेरैले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

 

 

सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरणका सबइन्जिनियर अजयकुमार चौधरीले सिमरा सेजमै अहिले करिब एक दर्जनभन्दा धेरै उद्योग निर्माणाधीन अवस्थामा रहेको जानकारी दिनुभयो । सेजमा औसत उद्योगले दुई करोडदेखि दुई सय करोडसम्मको लगानी गरेका छन् । सेजमा प्रतिवर्गमिटर रु पाँचका दरले लिजमा लिएर उद्योग सञ्चालन गर्ने प्रावधान छ । अहिले सेजमा नेपोभिट सेरामिक्स प्रालि, केभेक्स हिमालयन, रेम्बो एग्रो, ओमकार ग्रेनाइट प्रालि, बवाङ उइयाङ्ग बायो टेक्नोलोजी, लाडिकर प्रालि, ओममेघाश्री प्रालि, हुलास केबल प्रालि, मातारा मसला उद्योग, एभेरेष्ट मसला प्रालिलगायत उद्योग निर्माणाधीन अवस्थामा छन् ।

 

 

‘ए’ ब्लकमा ३४३ बिघा जग्गा रहेको छ । जहाँ अहिले आधा दर्जनभन्दा धेरै उद्योग चालु अवस्थामा रहेका छन् भने एक दर्जन उद्योग निर्माणाधीन अवस्थामा छन् । त्यस्तै ‘बी’ ब्लकमा १२८ बिघा क्षेत्रफल रहेको छ । जहाँ ७० प्रतिशतभन्दा धेरै जग्गा प्राधिकरणमातहत नै छ । त्यस्तै ‘सी’ ब्लकमा भने ४९.५ बिघा जग्गा रहेको छ । त्यस्तै ‘डी’ ब्लकमा १३३ बिघा र ‘इ’ ब्लकमा १७८.५ बिघा जग्गा रहेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९