घोडाघोडी सिमसार जोगाउन ‘बेसरम’ झार हटाउन सुरु

घोडाघोडी (कैलाली),  घोडाघोडी ताल क्षेत्रमा मिचाहा प्रजाति ‘बेसरम’ झार हटाउन सुरु गरिएको छ । विश्व रामसार सूचीमा सूचीकृत ‘वर्ड सेन्चुरी’ का रूपमा अन्तरराष्ट्रिय पहिचान बनाएको कैलालीको यो महत्त्वपूर्ण सिमसार क्षेत्र पछिल्ला वर्षमा बेसरमको तीव्र विस्तारका कारण दबाबमा पर्दै आएको छ ।

 

विशेषगरी तालको उत्तर र पूर्वी भू–भागमा यो मिचाहा वनस्पति तीव्र रूपमा फैलिँदै गएकाले जलचर, चराचुरुङ्गी र समग्र सिमसार प्रणालीमै नकारात्मक असर पर्दै गएको छ । डिभिजन वन कार्यालय पहलमानपुरका वरिष्ठ वन अधिकृत दीपेन्द्र केसीका अनुसार हाल घोडाघोडी ताल क्षेत्रको करिब पाँच हेक्टर क्षेत्रफल बेसरमले ढाकिसकेको छ, जसमा करिब दुई हेक्टर क्षेत्र अत्यन्त बाक्लो रूपमा प्रभावित रहेको छ ।

 

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअन्तर्गत बेसरम हटाउने कार्य अघि बढाइएको हो । यसका लागि करिब रु एक लाख बजेट विनियोजन गरिएको छ । सीमित बजेट र जनशक्तिका कारण यस वर्ष करिब शून्य दशमलव पाँच हेक्टर क्षेत्रबाट मात्र बेसरम हटाउने लक्ष्य राखिएको वरिष्ठ वन अधिकृत केसीले जानकारी दिनुभयो ।

 

घोडाघोडी क्षेत्र संरक्षण तथा जनजागरण मञ्चसँगको समन्वयमा आजदेखि बेसरम हटाउन सुरु गरिएको छ । मञ्चका व्यवस्थापक दिल धाँमीका अनुसार बेसरमको विस्तार प्रत्येक वर्ष बढ्दै गइरहेको छ र यसले सिमसारको प्राकृतिक संरचना तथा जैविक विविधतामा गम्भीर असर पारिरहेको छ । “अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि नियन्त्रणको प्रयास सुरु गरिएको हो, तर यसको फैलावट रोक्न दीर्घकालीन रणनीति आवश्यक देखिन्छ”, उहाँले बताउनुभयो ।

 

विगतका प्रयासहरू हेर्दा आर्थिक वर्ष २०८०÷८१ मा रु तीन लाख बजेटमार्फत करिब २ दशमलव ५ हेक्टर क्षेत्र सफा गरिएको थियो भने त्यस अघिल्लो वर्ष रु पाँच लाख विनियोजन गरी तीन हेक्टर क्षेत्रबाट बेसरम हटाइएको थियो । हरेक वर्ष झारेक्रम जारी रहेकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन ।

 

चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीका अनुसार बेसरम जस्ता मिचाहा प्रजातिले स्थानीय वनस्पति तथा जलचर प्रणालीलाई विस्थापित गर्दै जाने भएकाले यसको नियन्त्रणका लागि नियमित व्यवस्थापन, पर्याप्त बजेट र समुदायको सक्रिय सहभागिता अपरिहार्य छ । घोडाघोडी जस्तो अन्तरराष्ट्रिय महत्त्वको सिमसार क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना र निरन्तर निगरानी आवश्यक देखिएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९