सडक यातायातको सुविधासँगै गुर्जावासीको दैनिकी सहज

म्याग्दी,  प्रशासनिक कामले यसै हप्ता जिल्ला सदरमुकाम बेनी आएकी धौलागिरि गाउँपालिका–१ गुर्जाकी डेकमाया छन्त्याल पाँच घण्टामै घर पुग्नुभयो ।“यसअघि गाउँपालिकाको केन्द्र मुना आउन करिब नौ घण्टा पैदल र त्यहाँदेखि बेनी पुग्न थप तीन घण्टा गाडीमा यात्रा गर्नुपर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “सडक यातायातको सुविधा भएपछि बेनीबाट बिहान ५ः०० बजे गाडी चढेर १०ः०० बजे खाना खान घरमै पुगियो ।”

 

 

यसअघि गुर्जादेखि लुलाङ हँुदै मुना पुग्न करिब नौ घण्टा भिर, जङ्गल र खोल्साको उकालो, ओरालो पैदलयात्रा गर्नुपर्ने अवस्था थियो । सडक सञ्जालमा जोडिएपछि गुर्जावासीको दैनिकी सहज भएको छ । अल्पसङ्ख्यक छन्त्याल र दलित समुदायका २६५ घरपरिवारको बसोबास रहेको गुर्जाको एउटै बस्ती एकै वडामा समेटिएको छ ।

 

 

यहाँको जनसङ्ख्या एक हजार ५०५ जना छ । गुर्जावासीलाई दैनिक उपभोग्य, निर्माण सामग्री ढुवानी, बिरामीलाई समयमै अस्पताल पु¥याउन सहज भएको वडासदस्य गुनराम छन्त्यालले बताउनुभयो । “पहिले बिरामीलाई अस्पताल लैजान हेलिकप्टर बोलाउनुपर्ने अथवा बोकेर लुलाङ पु¥याउन पर्ने अवस्था थियो”, उहाँले भन्नुभयो, “गाडीको सुविधा भएपछि बिरामीलाई सहज रुपमा समयमै अस्पताल पु¥याउन र खाद्यान्नलगायत दैनिक उपभोग्य सामग्रीको ढुवानी सहज र सस्तिएको छ ।”

 

 

पर्यटकको चहलपहल बढ्यो

लुलाङ–गुर्जा सडक योजनामार्फत गुर्जासम्म मार्ग खुलेपछि पछिल्लो एक महिनायता जिप, ट्याक्टर र मोटरसाइकल सञ्चालन हुन थालेका छन् । ८८ वर्षीया चनमती छन्त्यालले गाडीसँगै आफन्तहरु भेट्न र घुम्न आउन थालेका बताउनुभयो । अर्का स्थानीय गुनप्रसाद विश्वकर्माले गाउँमा गाडी आउँदा खुसी लागेको बताउनुभयो । “गाडी चल्न थालेपछि कृषि, पशुजन्य र जडीबुटी बजारीकरणमा सहज भएको छ”, उहाँले भन्नुभयो, “गुर्जामा पर्यटकको चहलपहल बढ्न थालेको छ ।”

 

 

म्याग्दी जिल्लाका विभिन्न ठाउँका साथै पोखरा, काठमाडौँलगायत सहरबाट गुर्जा घुम्न जानेहरु बढेका छन् । लुकेको बस्तीको रुपमा चिनिएको गुर्जामा छन्त्याल संस्कृति, जीवनशैली, खानी, हिमाल, वनस्पती, जडीबुटी, पशुगोठ, वन्यजन्तुको अवलोकन गर्न सकिन्छ ।

 

 

 

म्याग्दीका सबै वडा सडक सञ्जालमा जोडिए

धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले गाउँपालिका, प्रदेश र सङ्घीय सरकारको साझेदारी रहेको लुलाङ–गुर्जा सडक जिल्लाकै प्राथमिकताप्राप्त योजना भएको बताउनुभयो । “चार वर्षअघि वडा नम्बर २ को महतला भिरमा अड्किएको सडकको मार्ग खोलेर खोरिया, लमसुङ, लुलाङ हुँदै गुर्जासम्म यातायातको सुविधा विस्तार गर्न सफल भएका छौँ”, उहाँले भन्नुभयो, “गुर्जासँगै धौलागिरिका सातवटै वडा मात्र नभएर म्याग्दीका छ वटा स्थानीय तहका ४५ वटै वडाहरु यातायात सञ्जालमा जोडिएका छन् ।”

 

 

लुलाङदेखि गुर्जासम्म सडकको दूरी करिब २२ किलोमिटर छ । आर्थिक वर्ष २०७९÷०८० मा लुलाङदेखि सडकको मार्ग खोल्न थालिएको थियो । चालु आवमा रु एक करोड ७० लाख बजेट विनियोजन गरेको योजनामार्फत छनोट भएको ठेकेदार कम्पनी लुलु कन्ट्रक्सनले गत पुष महिनामा रु ८८ लाख ८५ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

 

 

सडक स्तरोन्नतिको माग

यातायात व्यवसायी लुकेश रसाइलीले लुलाङ र गुर्जाको सिमाना देउराली र लत्रवाङ खण्डको सडक स्तरोन्नति गर्नुपर्ने बताउनुभयो । तीन हजार मिटर उचाइमा रहेको देउराली र लत्रवाङ क्षेत्रको सडकलाई फराकिलो बनाउनुपर्ने घुम्ती, ग्रेड मिलाउन तथा ढलान र सोलिङ गर्नुपर्ने उहाँले बताउनुभयो ।

 

 

“चिसोमा हिउँ नपग्लिदै र बर्खामा आकाशबाट पानी नपर्दै लत्रवाङ–देउराली खण्ड पार गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “हिलो र चिप्लोमा सवारीसाधन उक्लन नसक्ने, फस्ने समस्याका साथै साघुरा घुम्तीमा गाडी गुडाउन जोखिम पनि उत्तिकै छ ।” गुर्जा नजिकैको कम्जाखोलामा मोटरेबल पुल बनाउन आवश्यक छ ।

 

 

 

हाल खोलाबाटै सवारी साधन आवतजावत गर्छन् । काठमाडाँैमा बसोबास गर्ने गुर्जावासीहरुले कम्जाखोलामा अस्थायी पुल बनाउन आर्थिक सङ्कलन अभियान चलाएका छन् । धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले चालु आवकै ठेक्काकाको बाँकी काम र प्रदेश सरकारले हस्तान्तरण गरेको रु ५० बजेटबाट अप्ठ्यारो ठाउँमा सुधार, मर्मत र स्तरोन्नति गरिने बताउनुभयो ।प्रदेश सरकारले पालिकामा पठाएको रु ५० लाख बजेटको योजना कार्यान्वयनका लागि ठेक्का सम्झौताको क्रममा रहेको छ । गुर्जा जोड्ने सडकमा पर्ने लमसुङस्थित दरखोलामा प्रदेश सरकारले २५ मिटर लामो मोटरेबल पुल निर्माण थालेको छ ।

 

 

गुर्जा हुँदै डोल्पा जोड्ने उच्च पहाडी राजमार्गको परिकल्पना

धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झक छन्त्यालले गुर्जा हँुदै कर्णाली प्रदेशको डोल्पा जोड्ने उच्च पहाडी राजमार्ग बनाउन सकेमा डोल्पा, मुगु र जुम्लाका बासिन्दालाई राजधानी काठमाडौँ पुग्न छोटो बाटो बन्ने बताउनुभयो ।“गुर्जाका बासिन्दाहरु पहिला भोटमा नुन लिन र गोठ लिएर डोल्पा जान आउन प्रयोग गर्ने मार्गलाई सडक बनाउन सकेमा डोल्पाबाट ५०० किलोमिटर दूरीमै काठमाडौँ पुग्न सकिन्छ”, उहाँले भन्नुभयो, “हिमाली र उच्च पहाडी भूगोलमा पर्ने भएकाले म्याग्दीको गुर्जा हँुदै डोल्पा जोड्ने सडकलाई उच्च पहाडी मार्गको रुपमा विकास गर्न सकिन्छ ।”वडाध्यक्ष छन्त्यालले प्रतिनिधिसभा सदस्य महाविर पुन र म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीमार्फत गुर्जा डोल्पा जोड्ने उच्च पहाडी लोकमार्गको प्रस्ताव सङ्घीय र प्रदेश सरकारसँग गरिएको बताउनुभयो ।सन्तोष गौतम /रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

तीन दिनपछि खुल्यो बिपी राजमार्ग

काभ्रेपलाञ्चोक,  बाढीले अवरुद्ध बिपी राजमार्ग तीन दिनपछि खुलेको छ । अस्थायी ‘डाइभर्सन’ बनाएर यो मार्गमा आज बिहानदेखि सवारी आवागमन खुलेको हो ।जिल्ला प्रहरी कार्यालयले वर्षा जारी रहेकाले अत्यावश्यक बाहेक यो मार्गबाट यात्रा नगर्न सम्बद्ध सबैमा अनुरोध गरेको छ । गत सोमबारको वर्षासँगै रोशी खोलामा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो ।यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९