घरवासको आनन्द लिन रामकोट जाने कि !

रामकोट (बन्दीपुर),  तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ ।
पुरानो ढुङ्गाले छाएका घर तथा आँगन, गाउँका गल्ली तथा चोकका बाटाहरू । स्थानीयवासीले सरसफाइमा देखाएको अग्रसरताले यहाँको सौन्दर्यता अझै चुलिएको छ । जीवन्त ग्रामीण परिवेश, मौलिक रहनसन, कला सस्कृति अनुभव बटुल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।

 

 

मनोरम शान्त वातावरण र मौलिकता युक्त गाउँले जीवनको प्रत्यक्ष अनुुभव लिन आउन चाहने जो कोहीलाई यो गाउँ पुग्नैपर्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कूल ९५ घरधुरी रहेकोमा ४५ घरधुरीले अहिले सामूहिक रुपमा घरवास (होमस्टे) सञ्चालन गरिरहेका छन् ।
गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीले दिने गरेको आतिथ्यताले यस ठाउँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले बताउनुुभयो । सुरुमा २०७६ सालमा १४ घरधुरीबाट घरवास कार्यक्रम सुरु गरिएकामा उक्त सङ्ख्या बढेर ४५ घरमा पुगेको उहाँले बताउनुुभयो ।

 

 

 

प्रकृति र संस्कृतिको अनुपम सङ्गमजस्तै रहेको रामकोटमा मगर संस्कृतिका विविधता एक साथ अवलोकन गर्न पाइन्छ । गाउँमा आउाने पर्यटकहरूलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा, चुड्काजस्ता विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गदैै मनोरञ्जन गराउने गरिएको छ ।
मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले गाउँमा घरवास सुरु गरिएको बताउँदै उहाँले यसलाई समयसापेक्ष रुपमा थप परिमार्जन र विकास गर्दै लैजाने सोच राखिएको जानकारी दिनुुभयो ।
गाउँमा आएका पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यतासँगै खानपानलाई रुचाउने गरेको घरवास सञ्चालक मनमाया थापा बताउनुहुन्छ । “गाउँमा आएका पर्यटकले यहाँको प्रकृति, संस्कृतिसँगै न्यानो आतिथ्यताको प्रशंसा गरेर फर्कने गरेका छन्”, उहाँले भन्नुुभयो, “हामीले पर्यटकलाई यामअनुसार गाउँममा नै उत्पादन हुने तरकारी तथा स्थानीय चामल, रैथाने अन्य वस्तुहरूसँगै  खसी तथा कुखुराको मासु खुवाउने गरेका छौँ ।”
घरवास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा समेत परिवर्तन आएको अर्का होमस्टे सञ्चालक बिहीसरा आलेले बताउनुुभयो । घरवासले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको बताउँदै उहाँले यसमा स्थानीयवासीको जागरुतासमेत बढिरहेको  बताउनुुभयो । आफूहरूको प्रयासमा राज्यका तर्फबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उहाँको भनाइ छ ।
गाउँपालिकाले यस वर्ष सुरुमा घरवास सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिच्छ्याउनका लागि रु आठ लाख विनियोजन भई काम अघि बढ्न लागेको उहाँले बताउनुुभयो । उहाँका अनुुसार पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटककको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

 

जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै सवारीसाधन प्रयोग गरेर बन्दीपुर र आसपासका गाउँमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिनुुभयो । पर्यटककको इच्छाअनुुसार उनीहरूलाई ग्रामीण परिवेशको अवलोकन गराउन गाउँगाउँमा पु¥याउने गरिएको उहाँको भनाइ छ ।
विगतमा परम्परागत कृषिमा मात्रै रुमल्लिएको स्थानीयवासीको जीवन घरवास सञ्चालनसँगै परिवर्तन भएको घरवास सञ्चालहकहरू बताउँछन् । यहाँबाट बन्दीपुुरसँगै केशवटार, छाब्दी बराहीजस्ता गन्तव्यहरूमा जान सकिन्छ ।
गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा हालै बन्दीपुरमा गाउँ पर्यटन मार्ट २०८३ सम्पन्न गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिनुुभयो ।
मार्टका अवसरमा बन्दीपुर आसपासमा रहेका रामकोट, रुम्सीजस्ता गाउँमा सञ्चारकर्मी तथा पर्यटन व्यवसायीलाई सहभागी गराएर परिचयात्मक भ्रमणसमेत गराइएको उहाँले बताउनुुभयो । मार्टमार्फत गाउँहरूको परिचयात्मक भ्रमणसँगै घरवासहरूहरूबीच व्यावसायिक साझेदारी बढ्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।
मार्टका अवसरमा ‘समृद्ध गाउँ, सशक्त पर्यटन’को लक्ष्य हासिल गर्ने प्रतिबद्धतासहित जारी गरिएको १० बुँदे घोषणापत्रमा गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ । उक्त मार्टमा रामकोट होमस्टेसहित गण्डकी प्रदेशका ३० वटा होमस्टेहरू सहभागी भएका थिए ।
घोषणपत्रमा होमस्टेहरूमा स्वच्छता, आतिथ्य र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने उल्लेख गर्दै स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसरहरू सिर्जना गर्ने रणनीति अपनाइने भनिएको छ ।
गाउँ पर्यटनमा युवाहरूको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसरहरू सिर्जना गरिने प्रतिबद्धता व्यक्त गर्दै गाउँ पर्यटन गन्तव्यहरूबीच आन्तरिक पर्यटन प्रवद्र्धन र सहकार्य विस्तार गर्दै संयुक्त ‘प्याकेज’ तथा कार्यक्रमहरू विकास गरिने जनाइएको छ ।
सम्भावना युक्त गाउँलाई गाउँ पर्यटनका माध्यमबाट जोड्दै अघि बढ्नुु आवश्यक भएको गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष शोभा सापकोटा बताउनुहुन्छ । गण्डकी प्रदेशभित्र धेरै गाउँहरूले पर्यटकीय सम्भावना बोकेको उल्लेख गर्दै उहाँले सबैको संयुुक्त प्रयासमा तिनीहरूको प्रवद्र्धन र विकास गर्नुुपर्ने बताउनुुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध

दमौली (तनहुँ),  आँबुखैरेनी गाउँपालिका–४ ‘पावर हाउस’ नजिक सुक्खा पहिरा खस्दा आँबुखैरेनी–मुग्लिन सडक अवरुद्ध भएको छ ।सडकमाथिबाट पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो । पहिरो पन्छाएर राजमार्ग सञ्चालन गराउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले राससलाई जानकारी दिनुभयो ।राष्ट्रिय...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

धारापानीवासी कुटानीपिसानी गर्न पानीघट्टकै भर

कञ्चनपुर,  शुक्लाफाँटा नगरपालिकाअन्तर्गत चुरे क्षेत्रको धारापानी गाउँका बासिन्दा अझै पनि परम्परागत पानी घट्टमा निर्भर छन् । यहाँ अन्न पिस्ने एकमात्र माध्यम यही घट्ट हो ।यस वर्ष गाउँमा विद्युत्का तार टाँगिए पनि सेवा सञ्चालनमा आएको छैन । दैनिक आवश्यक पिठो जुटाउन स्थानीयहरू घट्टमै भर पर्न...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै विश्व बौद्धिक सम्पदा दिवस मनाइँदै

काठमाडौँ, आज विश्व बौद्धिक सम्पदा दिवस हो । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिँदै मनाइँदैछ ।प्रत्येक वर्ष अप्रिल २६ मा मनाइने यो दिवसको उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता र बौद्धिक सम्पदाको संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु हो ।     विश्व बौद्धिक सम्पदा सङ्गठनको पहलमा...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९