साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन माग

काठमाडौँ,  एक सय १३ वर्ष पुरानो संस्था साझा प्रकाशनलाई पूर्ववत् अवस्थामा ल्याउन सरोकारवालाले माग गरेका छन् । साझा प्रकाशनले आज यहाँ ‘साझा प्रकाशनको आगामी गन्तव्य : चुनौती र अवसर’ विषयक आयोजना गरेको थियो । सो कार्यक्रममा साझा प्रकाशनले विगतमा विद्यालय र क्याम्पस तहका पाठ्यपुस्तक प्रकाशन र वितरणको भूमिका पाएकामा विसं २०७० मा उक्त अधिकार खोसिँदा संस्था धराशायी बनेको जानकारी गराइएको थियो । पुनः उक्त जिम्मेवारी प्राप्त गर्नुपर्नेमा सो संस्थामा कार्यरत अधिकारीले जोड दिएका थिए ।

 

 

कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले साझा प्रकाशनलाई चलायमान बनाउन सरकारले काम गरिरहेको बताउनुभयो । संस्थाका शेयर सदस्यहरु विद्वान् भएपनि व्यवस्थापनमा कमजोरी भएर यस्तो अवस्था आएकाले यसलाई सुधार गर्नुपर्ने उहाँको धारणा थियो । सञ्चालक समितिलाई प्रभावकारी बनाएर सरकारले आवश्यक सहयोग गर्ने सचिव भुजेलले प्रतिबद्धता जनाउनुभयो ।
पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले साझा संस्था कसैको पनि होइन भन्ने जस्तो नियति साझा प्रकाशनले भोगेको बताउनुभयो । साझामा भएका शेयर सदस्यको सूची हेर्दा व्यक्ति गतिला तर संस्था कमजोरको अवस्था देखिएको उहाँले बताउनुभयो । पहिले पाठक साझा खोज्दै आउने गरे पनि अब साझाले नै पाठक खोज्दै जानुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो ।

 

 

मन्त्रालयले साझा प्रकाशनको विषयमा अध्ययन गरी नवप्रवर्तनात्मक कार्ययोजना बनाउन गठन गरेको कार्यदलका संयोजक एवं मन्त्रालयका सहसचिव गोविन्दप्रसाद रिजालले अध्ययनका क्रममा आय, व्ययमा असन्तुलन देखिएको जानकारी दिनुभयो । प्रकाशनका नाममा १० ठाउँमा जग्गा भएपनि व्यवस्थापन हुन नसकेको उहाँले बताउनुभयो । यन्त्रहरु आधुनिक युग सुहाउँदा नभएको, आवश्यकता अनुसारका जनशक्ति पनि नभएको र ५५ करोड रुपैयाँ ऋण सरकारलाई तिर्नुपर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।
सरकारलाई तिर्नुपर्ने ऋण शेयरमा परिणत गरी रोक्का जग्गा फुक्का गरिदिएर विभिन्न १० स्थानमा रहेका जग्गामा व्यावसायिक भवन बनाएर साझा प्रकाशनका लागि आयको स्रोत जुटाउन सकिने सहसचिव रिजालको भनाइ छ । साझा प्रकाशनको ऐतिहासिकताको सम्मान गरेर पनि यी काम गर्नुपर्ने सुझाव कार्यदलको प्रतिवेदनमार्फत् दिइएको उहाँले बताउनुभयो ।
प्रा डा दयाराम श्रेष्ठले साझालाई यस्तो अवस्थामा कसले पु¥यायो भन्ने विषयमा छानविन गर्नुपर्ने उल्लेख गर्दै पठन संस्कृतिको विकास गरेर पनि साझालाई प्रवर्द्धन गर्न सकिने भनाइ राख्नुभयो ।
साझा प्रकाशनका अध्यक्ष शेखर गिरीले साझा प्रकाशनलाई ऊर्जावान् बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्न चाहेको उल्लेख गर्दै सातै प्रदेशमा संरचना बनाएर त्यहाँका साहित्यिक र सांस्कृतिक विषय प्रकाशनमा ल्याउनुपर्नेमा जोड दिनुभयो ।

 

 

प्रकाशनका पूर्वमहाप्रबन्धक डा विष्णुविभु घिमिरेले विसं २०२८ मा नयाँ शिक्षा लागू भएपछि पाठ्यपुस्तकको काम जनक शिक्षा सामग्री केन्द्रलाई दिएपछि साझामा समस्या आउन थालेको बताउनुभयो । पहिले दार्जिलिङ र सिक्किममा पनि बिक्री वितरण केन्द्र रहेकामा अहिले हटाउन बाध्य हुनुपरेको उहाँले सुनाउनुभयो ।  कार्यक्रममा सञ्चालकहरु वशिष्ठ अधिकारी, प्रा डा रमेशप्रसाद भट्टराई, जयन्ता पोखरल र साहित्यकार श्रीओम श्रेष्ठ रोदनलगायतले साझा प्रकाशनलाई यसको ऐतिहासिकताको पनि न्याय हुने गरी अघि बढाउनुपर्नेमा जोड दिनुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९