अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा (रुपन्देही),  नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप प्रभावकारी बन्ने भएको छ । अभिलेख व्यवस्थापन र अनलाइन प्रणालीको अभावका कारण प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको भारतीय सवारी व्यवस्थापन प्रणाली अहिले डिजिटल माध्यमबाट कडाइका साथ लागू गर्न थालिएको हो ।

 

 

भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार नेपाल सरकारले भारतीय नम्बर प्लेटका सवारीसाधनका लागि तोकेको समयसीमा र शुल्कसम्बन्धी व्यवस्था नयाँ नभई विगतदेखि नै लागू रहेको कानुनी प्रावधान हो । तर, अनलाइन प्रणाली नहुँदा कुन सवारी कतिपटक नेपाल प्रवेश ग¥यो, कति दिन बस्यो र समयसीमा नाघ्यो वा नाघेन भन्ने तथ्याङ्क व्यवस्थित रुपमा राख्न कठिन हुँदा नियम पूर्ण रुपमा कार्यान्वयन हुन सकेको थिएन ।

 

 

भारतीय नागरिक नेपालभर भ्रमण गर्न पाउने भए पनि पर्यटकीय प्रयोजनका लागि नेपाल भित्रिने भारतीय सवारीसाधनलाई भने निश्चित समयसीमा तोकिएको उहाँको भनाइ छ । उहाँका अनुसार कार, जिप, मोटरसाइकललगायत पर्यटकीय सवारीसाधनले एक वर्षभित्र एकैपटक वा पटकपटक गरी जम्मा ३० दिनसम्म मात्रै नेपालमा बस्न पाउने कानुनी व्यवस्था छ ।

 

 

“तीस दिनभन्दा बढी बस्न हालतमा पाइँदैन । अतिरिक्त महसुल तिरेर पनि बस्न अनुमति छैन”, प्रमुख भन्सार अधिकृत पौडेलले भन्नुभयो, “तोकिएको समयसीमा नाघेर सवारी नेपालमै राखेमा कानुनअनुसार कारबाही हुन्छ र सवारीसाधनसमेत जफत हुनसक्छ ।”

 

भन्सार अधिकृत पौडेलका अनुसार सीमानाकामा यो व्यवस्था विगतदेखि नै लागू गरिँदै आए पनि अभिलेखीकरण म्यानुअल प्रणालीमा आधारित हुँदा निगरानी प्रभावकारी हुन सकेको थिएन । अहिले अनलाइन प्रणालीमार्फत सवारीको प्रवेश, बसाइ अवधि र आवतजावतको विवरण डिजिटल रुपमा राख्न थालिएपछि कार्यान्वयनमा सहजता आएको उहाँले बताउनुभयो ।

 

मालवाहक सवारीमा फरक व्यवस्था

प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार पर्यटकीय सवारी र मालवाहक ढुवानीका साधनका लागि भने फरक कानुनी व्यवस्था लागू गरिएको छ । ‘सवारी साधन’ र ‘ढुवानीका साधन’ अलगअलग रुपमा परिभाषित गरिएको उल्लेख गर्दै पौडेलले मालवाहक ट्रक तथा ढुवानीका साधनमा ३० दिने सीमा लागू नहुने स्पष्ट पार्नुभयो ।

 

 

नेपालमा माल लिन आउने भारतीय ढुवानीका साधनले नेपाल प्रवेश गर्दा रु एक हजार ७०० शुल्क तिर्नुपर्ने व्यवस्था छ । यस्ता सवारीले दुई दिनभित्र माल लोड गरी नेपालबाट फर्किनुपर्ने हुन्छ ।त्यस्तै, भारतबाट माल बोकेर नेपाल आउने ढुवानीका साधनले रु एक हजार ५०० तिरेर प्रवेश अनुमति पाउने गरेका छन् । यस्ता गाडीले ७२ घण्टाभित्र नेपाल छाडे थप कुनै शुल्क लाग्दैन । तर ७२ घण्टाभन्दा बढी नेपालमा बसेमा प्रतिदिन रु दुई हजार ५०० का दरले महसुल लाग्ने व्यवस्था रहेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार मालवाहक ढुवानीका साधन व्यापारिक प्रयोजनसँग प्रत्यक्ष सम्बन्धित भएकाले तिनमा पर्यटकीय सवारीसरह ३० दिने सीमा लागू गरिएको छैन ।

 

 

सीमावर्ती बजारका लागि १२ घण्टे सुविधा

सीमावर्ती क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा छोटो अवधिको आवतजावत सुविधा पनि दिइँदै आएको छ । कार, जिप र मोटरसाइकललगायत भारतीय सवारी साधनले नजिकको नेपाली बजारसम्म आवतजावत गर्न १२ घण्टे सुविधा पाउने गरेका छन् । यस्तो सुविधाका लागि कुनै शुल्क लाग्दैन ।

 

 

प्रमुख भन्सार अधिकृत पौडेलका अनुसार यो सुविधा मुख्यतः सीमावर्ती बजारमा दैनिक किनमेल, सामान्य व्यापार तथा आवतजावत गर्ने स्थानीय नागरिकलाई लक्षित गरेर दिइएको हो । “सुविधा लिने भनेका सीमावर्ती बजारका स्थानीय हुन् । उनीहरुलाई सहज ओहोरदोहोरका लागि यस्तो व्यवस्था गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले नेपाली सवारीसाधनले पनि भारततर्फ नजिकका रेलवे स्टेशनसम्म जान यही प्रकारको सुविधा उपयोग गर्दै आएको बताउनुभयो ।

 

 

डिजिटल निगरानीपछि कार्यान्वयन प्रभावकारी हुने अपेक्षा

भन्सार प्रशासनले अनलाइन प्रणाली कार्यान्वयनसँगै अब भारतीय सवारीसाधनको नेपाल बसाइ अवधि, प्रवेश सङ्ख्या र समयसीमा उल्लङ्घनको विवरण सहजै ‘ट्रयाक’ गर्न सकिने जनाएको छ ।यसले राजस्व चुहावट नियन्त्रण, अवैध रुपमा लामो समयसम्म विदेशी सवारी सञ्चालन रोक्न तथा कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै सीमावर्ती क्षेत्रमा हुने अनियमित आवतजावत नियन्त्रणमा पनि यसले भूमिका खेल्ने प्रमुख भन्सार अधिकृत पौडेलको भनाइ छ ।

 

 

नेपाल सरकारले सडकमार्ग हुँदै नेपाल आउने विदेशी पर्यटकका सवारीसाधनका लागि अनलाइन दर्ता तथा राजस्व भुक्तानी प्रणाली सुरु भइसकेको छ । नयाँ व्यवस्थाअनुसार भारतसहित अन्य देशबाट निजी सवारीसाधन लिएर नेपाल भ्रमणमा आउने पर्यटकले यात्रा सुरु गर्नुअघि नै अनलाइनमार्फत आफ्नो सवारीको विवरण दर्ता गर्न सक्नेछन् । साथै आवश्यक राजस्व शुल्क पनि डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

 

 

भुक्तानी प्रक्रिया पूरा भएपछि पर्यटकलाई इमेलमार्फत क्युआर कोड उपलब्ध गराइनेछ । सीमा नाकामा यही क्युआर कोड देखाएर सवारीसाधनलाई नेपाल प्रवेश अनुमति दिइने व्यवस्था गरिएको छ ।यो प्रणालीको अर्को विशेषता भनेको सवारी अनुमति अवधिको नवीकरण प्रक्रिया पनि अनलाइनमार्फत गर्न सकिने व्यवस्था हो ।यात्राका क्रममा अनुमति अवधि सकिएमा पर्यटकले नेपालभित्रैबाट अनलाइन माध्यमबाट अनुमति नवीकरण गर्न सक्नेछन् । यसका लागि पुनःसीमा नाकासम्म जानुपर्ने आवश्यकता नपर्ने जनाइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९