तेह्रथुम, तेह्रथुमको लालीगुराँस नगरपालिकाको वसन्तपुरमा पत्रकार महिलाका लागि पाँच दिने तथ्य जाँच तालिम सुरु भएको छ । कोशी प्रदेश, सामाजिक विकास मन्त्रालयको सहकार्य तथा नेपाल पत्रकार महासङ्घ, कोशी प्रदेश महिला विभागको आयोजनामा तालिम सञ्चालन गरिएको हो ।
तालिम उद्घाटनका अवसरमा सामाजिक विकासमन्त्री रामप्रसाद महतोले बढ्दो सामाजिक सञ्जालको प्रयोगसँगै गलत र भ्रामक सूचना बढ्दै गएकाले पत्रकारहरुलाई प्रदान गरिएको यो तालिमले यस्ता भ्रमलाई चिर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।
यही शुक्रबारदेखि सुरु तालिम यही वैशाख २९ गतेसम्म सञ्चालन हुनेछ । तालिममा कोशी प्रदेशका १४ जिल्लामा कार्यरत २० जना पत्रकार महिलाको सहभागिता रहेको नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका उपाध्यक्ष अम्बिका भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)






















































































































































