बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ।

 

स्थानीय सरकार गठन भएपछि ग्रामीण क्षेत्रका सडकहरूको स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको भन्दै अध्यक्ष कुँवरले अब गाउँ–गाउँमा विकासको अनुभूति गराउने गरी काम भइरहेको उल्लेख गर्नुभयो।

 

पूर्व पश्चिम राजमार्ग महेन्द्र राजमार्ग दोदोधारा अस्पताल चोकदेखि सशस्त्र बेस क्याम्प झकडपुर सेती राजमार्ग हुँदै झकडपुरदेखि पूर्वपश्चिम महेन्द्र राजमार्ग कट्टीपुर चोकसम्म करिब ३ किलोमिटर सडक कालोपत्रे गरिने भएको हो। लामो समयदेखि धुलाम्मे तथा वर्षायाममा हिलाम्मे हुने समस्याबाट स्थानीयवासी पीडित हुँदै आएका थिए। सडक कालोपत्रे हुने भएपछि स्थानीयवासीमा खुशीको लहर छाएको छ।

 

उक्त सडक निर्माण कार्यको जिम्मा काली रक्षा बिल्डर्सले पाएको छ भने निर्माण कार्यको ठेकेदार यज्ञमान कुँवर रहेका छन्। बर्दगोरिया गाउँपालिकाका असिस्टेन्ट सब–इन्जिनियर झंकर बुढाका अनुसार प्रारम्भिक रूपमा १ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरी टेण्डर आह्वान गरिएको भए पनि प्रतिस्पर्धात्मक प्रक्रियामार्फत काली रक्षा बिल्डर्सले १ करोड २३ लाख ८४ हजार रुपैयाँमा ठेक्का प्राप्त गरेको हो।

 

उहाँका अनुसार योजना संघीय सरकार र गाउँपालिकाको संयुक्त लगानीमा सञ्चालन भइरहेको छ। संघीय सरकार र गाउँपालिकाको सहकार्यमा ग्रामीण पूर्वाधार विकासलाई गति दिने उद्देश्यले सडक निर्माण कार्य अगाडि बढाइएको जनाइएको छ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले आफ्नो नेतृत्वको जनप्रतिनिधि टोली निर्वाचित भएपछि पालिकाभरिका अधिकांश क्षेत्रमा पानी पिचको काम सम्पन्न गरिसकेको र अहिले क्रमशः कालोपत्रे सडक निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको बताउनुभयो।

 

“हामीले विकास निर्माणलाई केवल नारामा सीमित राखेका छैनौं। जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सडक, पुल–पुलेसा, खानेपानी, स्वास्थ्य र शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं,” अध्यक्ष कुँवरले भन्नुभयो।

 

उहाँले विकासका योजनाहरू जनताको आवश्यकता र सुझावअनुसार अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी र दीर्घकालीन योजनाहरू ल्याइने जानकारी दिनुभयो।

 

त्यस्तै वडा नं. १ का वडा अध्यक्ष मिथुन गौतमले स्थानीय सरकार जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभयो। उहाँले जनताको आवश्यकता र चाहनाअनुसार नै विकास निर्माणका योजनाहरू सञ्चालन गरिएको उल्लेख गर्दै गाउँपालिकाको विकासमा सबैको साथ र सहयोग आवश्यक रहेको धारणा राख्नुभयो।

 

कार्यक्रममा सहभागी स्थानीयवासीहरूले समेत सडक कालोपत्रे कार्य सुरु भएकोमा खुशी व्यक्त गरेका छन्। स्थानीय भीमबहादुर बिठारीले विगतमा धुलाम्मे तथा खाल्डाखुल्डीले भरिएको सडकका कारण स्थानीयवासीले निकै सास्ती भोग्नुपरेको स्मरण गर्दै अहिले सडक स्तरोन्नति हुन थालेपछि सहजता थपिएको बताउनुभयो।

 

“जनताको दुःख–पीडालाई बुझेर स्थानीय सरकारले पहिला पानी पिच गर्यो, जसले गर्दा यात्रा गर्न सहज भयो। अहिले त्यसै सडकलाई कालोपत्रे गर्न लागिएको छ। जहाँ जहाँ जनतालाई समस्या छ, त्यहाँ त्यहाँ सरकार पुगेको देखिन्छ,” उहाँले भन्नुभयो।

 

उहाँले सामाजिक सञ्जाल तथा चिया चौतारोमा अनावश्यक आलोचना गर्नेभन्दा पनि सरकारले गरेका सकारात्मक र जनमुखी कामहरूको समर्थन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

 

त्यस्तै अर्का स्थानीय अर्जुनबहादुर ओडले पनि सडक स्तरोन्नतिको कार्यबाट आफूहरू निकै उत्साहित भएको बताउनुभयो। “पहिला पानी पिच गरियो, अहिले कालोपत्रे सुरु भएको छ। स्थानीय सरकारको कामप्रति हामी निकै खुशी छौं। सडक राम्रो भएपछि व्यापार, आवतजावत, विद्यार्थीको यात्रा तथा बिरामी ओसारपसारमा ठूलो सहजता हुनेछ,” उहाँले भन्नुभयो।

 

स्थानीयवासीका अनुसार सडक कालोपत्रे भएपछि वर्षौंदेखिको धुलो र हिलोको समस्या अन्त्य हुने अपेक्षा गरिएको छ। यसले स्थानीय व्यापार व्यवसाय, कृषि उत्पादन ढुवानी तथा शैक्षिक र स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

 

शिलान्यास कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती तिरुवा, विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, स्थानीय युवा तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले विकास निर्माणका कार्यलाई निरन्तरता दिन स्थानीय सरकारलाई आग्रह समेत गरेका थिए।

 

सडक निर्माण कार्य २०८३ साल वैशाख २७ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो भने आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ। निर्धारित समयभित्र निर्माण कार्य सम्पन्न भएमा स्थानीयवासीले वर्षौंदेखि भोग्दै आएको सडक समस्याबाट मुक्ति पाउने अपेक्षा गरिएको छ।

 

ग्रामीण क्षेत्रको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको यो योजना बर्दगोरिया गाउँपालिकाको विकास यात्रामा महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको स्थानीयवासीहरूको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ,   परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशनको तयारी थालेको छगत चैत १९ देखि २९ गतेसम्म सञ्चालन भएको उक्त परीक्षाका उत्तरपुस्तिका परीक्षा समाप्त हुनासाथ परीक्षण एवं सम्परीक्षणई थालेको उक्त कार्यालयले यही वैशाख २९ गतेभित्र परीक्षाफल सार्वजनिक गर्ने राष्ट्रिय परीक्षा बोर्डले...

तनहुँ जलविद्युत् आयोजना : रुख कटानको अनुमति प्राप्त

दमौली (तनहुँ),  तनहुँ जलविद्युत् आयोजनाअन्तर्गत दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणका लागि चितवन जिल्लास्थित राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रमा पर्ने रुख कटानको अनुमति प्राप्त भएको छ डिभिजन वन कार्यालय चितवनले शुक्रबारदेखि लागू हुनेगरी प्रसारण लाइन निर्माण क्षेत्रभित्र पर्ने रुखहरूको कटान, मुछान तथा सुरक्षित घाटगद्दी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

बर्दगोरियामा ३ किलोमिटर कालोपत्रे सडकको शिलान्यास, स्थानीयवासीमा खुशीको लहर

कैलाली — कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं. १ मा बहुप्रतीक्षित कालोपत्रे सडक निर्माण कार्यको आज एक भव्य कार्यक्रमका बीच औपचारिक रूपमा शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले सडक निर्माण कार्यको शिलान्यास गर्दै स्थानीय तहले विकास निर्माणका योजनाहरूलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

छात्रवृत्ति वितरणमा न्यु स्टारको नयाँ कदम, अभिभावक र विद्यार्थी उत्साहित

कैलाली । घोडाघोडी नगरपालिका–१, सुखडस्थित न्यु स्टार इङ्लिस बोर्डिङ्ग स्कुलले यस वर्ष छात्रवृत्ति वितरणमा पारदर्शिता देखाउँदै कोटा नै खुलाएर आवेदन आह्वान गरेको छ। शैक्षिक सत्र २०८३ का लागि विद्यालयले नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका लागि कुल १३१ सिट (१३.५%) र १.५ प्रतिसत नगरपालिकाले आग्रह...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९