कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।
विद्यालयका अनुसार पर्बिन रोकाया (३.७२ GPA), सुरेश बहादुर बम (३.६३ GPA) र बबिता देवकोटा (३.६२ GPA) ले ए प्लस ल्याउँदै विद्यालयको गौरव बढाएका छन्।
त्यसैगरी १२ जना विद्यार्थीले ए (A) ग्रेड प्राप्त गरेका छन्। ए ग्रेड ल्याउने विद्यार्थीहरूमा भुवन कार्की (३.३३ GPA), बिकाश थापा (३.३२ GPA), अभिषेक साउद (३.३० GPA), रोहित बिष्ट (३.२२ GPA), अलिसा विश्वकर्मा (३.२१ GPA), पुष्पकमल चौधरी (३.२० GPA), लक्ष्मण बि.के. (३.१९ GPA), ऋतु साउद (३.१८ GPA), जेनिन बिष्ट (३.१७ GPA), नबिन बहादुर रावल (३.१६ GPA), श्रेया जोशी (३.१६ GPA) तथा कमल भण्डारी (३.१५ GPA) रहेका छन्।
यस्तै १४ जना विद्यार्थीले बि प्लस (B+) ग्रेड प्राप्त गरेका छन्। बि प्लस ल्याउने विद्यार्थीहरूमा ममता बम (३.०९ GPA), कमल रासाइली (३.०४ GPA), राकेश खड्का (३.०२ GPA), आशिष भण्डारी (३.०० GPA), सन्देश मिजार (३.०० GPA), निराजन शाही (२.९९ GPA), रोशन बोहरा (२.९९ GPA), सरिता भुल (२.९९ GPA), अनुश बोहरा (२.९५ GPA), महेश विश्वकर्मा (२.९५ GPA), सन्तोष भुल (२.९३ GPA), टेक रावल (२.९० GPA), रुद्र कठरिया (२.८६ GPA) तथा अर्जुन सुनार (२.७९ GPA) रहेका छन्।
विद्यालयका प्रिन्सिपल अजय मल्लले विद्यार्थीहरूको मेहनत, शिक्षकहरूको समर्पण तथा अभिभावकको सहयोगका कारण विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको बताउनुभयो। उहाँले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धिका लागि विद्यालय निरन्तर लागिरहने उल्लेख गर्नुभयो।


















































































































































