किसानको समस्या पहिचान गर्दै अलैँची महासङ्घ

भोजपुर,  जिल्लाका अलैँची किसानको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल अलैँची व्यवसायी महासङ्घले किसानलक्षित कार्यक्रम सञ्चालन गरेको छ । अलैँचीखेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक जोसखमको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन हो ।

 

 

महासङ्घको आयोजनामा यहाँको रामप्रसादराई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक तथा किसानको सहभागिता थियो । सहभागी किसानले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुका कारण, माटो तथा हावापानीअनुसार उपयुक्त जात छनोटजस्ता विषयमा जिज्ञासा तथा अनुभव प्रस्तुत गरेका थिए ।

 

 

कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार अलैँचीखेतीमा देखिएका समस्या पहिचान गर्दै किसानलाई आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका उपायबारे जानकारी प्रदान गरिँदै आएको छ ।

 

 

उहाँले किसानले उत्पादन गरेको अलैँची सिधै व्यवसायीसँग जोड्ने वातावरण तयार गर्न महासङ्घले सहजीकरण गरिरहेको बताउनुभयो । “हामीले किसानलाई बिचौलियाबिना नै बजारसम्म पहुँच पुर्याउने प्रयास गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “यसले किसानको आम्दानी वृद्धि हुनुका साथै उनीहरूको उत्पादनले उचित मूल्य पाउने अपेक्षा गरेका छौँ ।”

 

 

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकामा अलैँची किसानको राम्रो आम्दानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको बताउनुभयो । उहाँका अनुसार व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोलअनुसार उपयुक्त खेती प्रणालीमा जोड दिइएको छ ।

 

 

त्यसैगरी, अलैँची किसान केन्द्र इलामका प्रमुख राजु ढकालले अलैँची नेपालको प्रमुख नगदेबालीमध्ये एक भएको उल्लेख गर्दै किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालबाट करिब रु १० अर्ब ७० करोडबराबरको अलैँची विदेश निर्यात भएको छ ।

 

अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताउनुभयो । अलैँची किसानको राम्रो आम्दानीको स्रोत रहेको बताउँदै उहाँले खेती विस्तारका लागि गाउँ कार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उहाँले जानकारी दिनुभयो ।

 

 

नेपाल अलैँची व्यवसायी सङ्घ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजेश विष्टले जिल्लामा अलैँचीखेतीबाट धेरै किसान लाभान्वित भए पनि प्राविधिक ज्ञान अभावका कारण अझै विभिन्न समस्या झेल्नुपरेको बताउनुभयो । उहाँले किसानको समस्या पहिचानसँगै समाधानमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याउनुभयो ।

 

 

“जिल्लाका धेरै किसान व्यावसायिक रूपमा अलैँचीखेतीमा संलग्न छन्”, अध्यक्ष विष्टले भन्नुभयो, “तर पर्याप्त प्राविधिक ज्ञान नहुँदा उत्पादनमा गिरावट, रोगको समस्या तथा बजार व्यवस्थापनमा कठिनाइ देखिएको छ । त्यसैले यस्ता कार्यक्रममार्फत किसानलाई ज्ञान र सीप हस्तान्तरण गर्न हामीले प्राथमिकता दिएका छौँ ।”

 

 

महासङ्घले सञ्चालन गरेको यस कार्यक्रमले किसानका समस्या नजिकबाट बुझ्न, समाधानका उपाय पहिचान गर्न तथा उत्पादनलाई गुणस्तरीय बनाउँदै बजारसँग प्रत्यक्ष जोड्ने सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष बद्री श्रेष्ठले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९