पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

पाँचथर,  हालै प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजामा पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य आएको छ । एक संस्थागत र पाँच वटा सामुदायिक विद्यालयबाट परीक्षामा सामेल कुनै पनि विद्यार्थी ‘ग्रेडेड’ (उत्तीर्ण) हुन सकेनन् ।फिदिमको कालिका मावि साम्दिनबाट आठ जना विद्यार्थी एसइई परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड नभएको फिदिम नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । गत वर्ष पनि यस विद्यालयले कुनै विद्यार्थीलाई उत्तीर्ण गराउन सकेको थिएन ।यस्तै, फाल्गुनन्द गाउँपालिका–३ स्थित सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् ।

 

 

मिक्लाजुङ गाउँपालिकाका दुई सामुदायिक र एउटा संस्थागत विद्यालयले कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन सकेनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड हुन नसकेको पाइएको छ ।

 

यस्तै, फालेलुङ गाउँपालिका–३ स्थित सरस्वती मावि ताङलेपा समेत कुनै पनि विद्यार्थीलाई उत्तीर्ण गराउन असफल भएको छ । यस विद्यालयबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए ।शिक्षा विकास तथा समन्वय इकाइ पाँचथरका अनुसार जिल्लामा नियमित साधारणतर्फ दुई हजार ९९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक हजार ३४ जना ग्रेडेड भएका छन । जुन कुल सङ्ख्याको ४९ प्रतिशत हो ।

 

यस्तै, प्राविधिक धारतर्फ एक सय २२ जना परीक्षामा सामेल भएकामा ६२ जना ग्रेडेड भएका छन । पाँचथरमा दुई जना विद्यार्थी चार जिपिएसहित ग्रेडेड भएका छन् । यहाँको हिलिहाङ गाउँपालिकाका ११ वटा माध्यमिक विद्यालयबाट दुई सय ४८ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ३४ जना ग्रेडेड भएका छन्, जुन ५४ प्रतिशत हो । यहाँको सिद्ध मावि पञ्चमीबाट सबैभन्दा बढी ३८ र सबैभन्दा कम सिद्धकाली मावि किवाबाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । हिलिहाङको नीलगिरि माविले सबैभन्दा बढी १७ जना विद्यार्थीमध्ये १६ जनालाई उत्तिर्ण गराउन सफल भएको हिलिहाङ गाउँपालिका शिक्षा शाखाका प्रमुख राजन आचार्यले जानकारी दिनुभयो ।

 

यस्तै, कुम्मायक गाउँपालिकाका पाँच वटा माध्यमिक विद्यालयबाट एक सय ६० जना परीक्षामा सामेल भएकामा ६३ जना ग्रेडेड भएका छन्, जुन ३९ प्रतिशत हो । यहाँको पृथ्वी मावि यासोकबाट सबैभन्दा बढी ६६ र खाल्डे मावि खाल्डेबाट सबैभन्दा कम नौ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । खाल्डे माविले नौमध्ये आठ जना विद्यार्थीलाई उत्तीर्ण गराएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख प्रदीपसिं तामाङले जानकारी दिनुभयो ।

 

जिल्लाको याङवरक गाउँपालिका नतिजामा निकै कमजोर देखिएको छ । यहाँका सात वटा विद्यालयबाट दुई सय ४३ जना विद्यार्थी परीक्षामा सामेल भएकामा केवल ६५ जना ग्रेडेड भएका छन्, जुन २६ प्रतिशत हो । यहाँको थर्पू माविबाट सबैभन्दा बढी ६८ र नारायणी माविबाट सबैभन्दा कम १४ जना विद्यार्थी परीक्षामा सामेल थिए ।

 

तुम्बेवा गाउँपालिकाले सन्तोषजनक नतिजा निकालेको छ । यहाँका छ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ८६ जना ग्रेडेड भएका छन्, जुन ६२ प्रतिशत हो । यहाँका इन्द्राणी माविबाट सबैभन्दा बढी ६३ जना र वुद्धेश्वरी माविबाट सबैभन्दा कम छ जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको इन्द्रावती माविले २८ मध्ये २६ जना विद्यार्थीलाई उत्तीर्ण गराउन सफल भएको छ ।

 

फिदिमको कालिका मावि फिदिम–२ साम्दिनबाट आठ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि ग्रेडेड भएनन् । यस्तै, ४१ जना विद्यार्थी परीक्षामा सामेल भएको सरस्वती मावि चोकमागूबाट जम्मा एक जना मात्र ग्रेडेड भएका छन् । फिदिमकै रानीटार माविबाट २८ जना परीक्षामा सामेल भएकामा २६ जना ग्रेडेड भएका छन् । फिदिममा सबैभन्दा बढी फिदिम माविबाट एक सय ९७ र सबैभन्दा कम सिंहसिद्ध मावि लुङरुपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । फिदिमका २० वटा सामुदायिक माध्यमिक विद्यालयबाट छ सय विद्यार्थी परीक्षामा सामेल भएकामा दुई सय ६९ जना ग्रेडेड भएका छन्, जुन करिब ४५ प्रतिशत हो ।

 

यस्तै, फिदिमका पाँच वटा संस्थागत विद्यालयबाट एक सय २९ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय छ जना उत्तीर्ण भएका छन् । ब्लुमिङ फ्लावर्स इङ्ग्लिस स्कुल फिदिम–८ बाट परीक्षामा सामेल भएका सबै नौ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

फाल्गुनन्द गाउँपालिकाबाट दुई संस्थागतसहित १३ वटा विद्यालयबाट तीन सय चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक सय ७१ जना ग्रेडेड भएका छन् । यहाँको सारताप मनरत्न माविबाट २६ जना विद्यार्थी परीक्षामा सामेल भएकामा एक जना पनि उत्तीर्ण भएनन् । फाल्गुनन्दको सिद्धदेवी मावि नवमीडाँडाबाट ३२ जना विद्यार्थी परीक्षामा सामेल भएका २९ जना उत्तीर्ण भएका छन् भने सिद्धेश्वरी माविबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएकामा सबै जना उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख मेदनी प्रसाईंले जानकारी दिनुभयो । फाल्गुनन्दकै संस्थागत विद्यालय पाथीभरा इङ्ग्लिस बोर्डिङ स्कुलबाट सहभागी भएका सबै १६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

यस्तै, मिक्लाजुङ गाउँपालिकाका १० सामुदायिक र चार संस्थागत गरी १४ विद्यालयबाट एक सय ९९ जना परीक्षामा सामेल भएकामा एक सय २० जना ग्रेडेड भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश जेठाराले जानकारी दिनुभयो, जुन ६० प्रतिशत हो । मिक्लाजुङका दुई सामुदायिक र एक संस्थागत विद्यालयबाट सहभागी भएका कुनै विद्यार्थी उत्तीर्ण भएनन् । यहाँको खान्द्रोङ मावि मिक्लाजुङ–१ बाट छ जना, चन्द्रोदय मावि मिक्लाजुङ–७ बाट १० जना र माउण्ट कञ्चन बोर्डिङ स्कुल मिक्लाजुङ–४ बाट १० जना विद्यार्थी परीक्षामा सामेल भएका थिइ । यहाँको सिंहदेवी मावि मिक्लाजुङ–५ बाट परीक्षामा सामेल भएका पाँचै जना विद्यार्थी ग्रेडेड भएका छन् ।

 

यस्तै, फालेलुङ गाउँपालिकाका १३ वटा विद्यालयबाट एक सय ५४ जना परीक्षामा सामेल भएकामा ७८ जना ग्रेडेड भएका छन्, जुन ५० प्रतिशत हो । यहाँको सरस्वती मावि ताङलेपाबाट परीक्षामा सहभागी भएका  चार जना विद्यार्थी नै उत्तीर्ण भएनन् ।

 

फालेलुङका छ वटा विद्यालयबाट १० जनाभन्दा कम विद्यार्थी परीक्षामा सामेल भएका थिए । वडा नं २ को मोतिराम माविबाट तीन, पञ्चमुखी माविबाट चार, सिद्धेश्वरी माविबाट तीन र वडा नं ३ को सरस्वती मावि मच्छेबुङबाट छ, विद्याप्रचार माविबाट सात र सरस्वती मावि ताङलेपाबाट चार जना विद्यार्थी परीक्षामा सामेल भएका थिए । यहाँको कालिका माविबाट सबैभन्दा बढी ३६ जना विद्यार्थी परीक्षामा सामेल थिए । यस्तै, यहाँको सरस्वती मावि खुङ्गाबाट परीक्षामा सामेल १५ मध्ये १४ जना विद्यार्थी ग्रेडेड भएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख कृष्ण रिमालले जानकारी दिनुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

नेपाल–भारत व्यापार विस्तारबारे कोलकातामा छलफल

काठमाडौँ,   भारतको कोलकातास्थित नेपाली महावाणिज्यदूतावासले नेपाल–भारतबीच व्यापार, पारवहन, लगानी तथा आर्थिक सहकार्य प्रवर्द्धन गर्ने उद्देश्यले ‘नेपालको व्यापार, पारवहन तथा लगानी सहजीकरणसम्बन्धी छलफल कार्यक्रम आयोजना गरेको छ ।     गत मङ्गलबार आयोजित उक्त कार्यक्रममा व्यापार, पारवहन, ढुवानी, सम्पर्क सञ्जाल तथा लगानीका क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप प्रभावकारी बनाउने...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बाबु–छोरा नै जटिल रोगबाट थला परेपछि गाउँलेले थाले सहयोग

महेन्द्रनगर,  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा बुबा–छोरा नै जटिल रोगबाट थला परेपछि स्थानीयले उपचारका लागि चन्दा सङ्कलन गर्न थालेका छन् । शुक्लाफाँटा नगरपालिका–१ बन्साहका ४२ वर्षीय महेन्द्र राना दुवै मिर्गाैला खराब गएर उपचारत रहेकै बेला उहाँका १९ वर्षीय छोरा रोहित रानालाई ‘ब्लड क्यान्सर’ देखिएपछि स्थानीयले सहयोगको याचना...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९