निषेधाज्ञा भए पनि किन बढिरहेको छ नेपालमा कोरोना संक्रमण

काठमाडौँ —नेपालमा दोस्रो कोरोना संक्रमित देखिएसँगै चैत ११ देखि सुरु भएको लकडाउन १२० दिनपछि साउन ६ गते हटाउने निर्णय भएको थियो । साउन ६ गते नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ रहेको थियो । सो अवधिमा जम्मा ४० जनाको मृत्यु भएकामा अहिले संक्रमित तथा मृत्यु हुनेको संख्या निकै नै बढेको छ । संक्रमणको जोखिम कम गर्न विभिन्न स्थानमा निषेधाज्ञा लागू गरिएको छ ।

 

बिहीबार हालसम्म कै सर्वाधिक संक्रमण १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप ९२७ जनालाई कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको छ ।

शुक्रबारसम्मको तथ्यांक हेर्ने हो कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९५ पुगिसकेको छ भने डिस्चार्ज हुनेको संख्या २० हजार २ सय ४२ को छ ।

काठमाडौं उपत्यकामा ४ हजार ८२० जनामा संक्रमण
देशभरी कोरोना संक्रमणको संख्या बढिरहँदा काठमाडौं उपत्यकामा पनि पछिल्लो समय संक्रमितको संख्या बढिरहेको छ । संक्रमितको संख्या बढेपछि उपत्यकामा भदौ ३ देखि १० गतेसम्म निषेधाज्ञा गरिएको थियो । भदौ ३ मा उपत्यकामा संक्रमितको संख्या जम्मा २ हजार ४९८ रहेको थियो । संक्रमितको संख्या थपिएपछि निषेधाज्ञा बढाएर भदौ १७ सम्म गरिएको छ ।

उपत्यकामा बिहीबार ३७७ जना संक्रमित भेटिएिकोमा शुक्रबार झन् बढीमा कोरोना संक्रमित पुष्टि भएको छ । शुक्रबार उपत्यकामा २४ घन्टामा थप ४ सय १५ संक्रमित पुष्टि भएको हो । वाग्मती प्रदेशको तथ्यांक अनुसार बिहीबारसम्म उपत्यकामा जम्मा संक्रमितको संख्या ४ हजार ४०५ रहेको थियो ।यो सँगै काठमाडौं उपत्यकामा हालसम्म जम्मा संक्रमितको संख्या ४ हजार ८२० पुगेको छ ।

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा। बाबुराम मरासिनी उपत्यकामा निशेषाज्ञा लागू गरे पनि संक्रमितको संख्या अझै थपिँदै जाने बताउँछन् । ‘निषेधाज्ञाले संक्रमितको संख्या घट्ने होइन, निषेधाज्ञाको प्रभाव देखिन अझै १४ दिन लाग्छ । यो भन्दा अगाडि शरीरमा भाइरस पसिसकेकालाई अहिले देखिन्छ । यो प्रभावकारी भयो कि भएन १७ गतेपछि थाह हुन्छ,’ उनले भने, ‘भाइरस पसेको त १० देखि १४ दिनभित्र देखिने हो । तीजका समयमा धेरै भिडभाड भयो । भिडभाड हुनेबित्तिकै त्यहाँ कोरोना संक्रमणको जोखिम भइहाल्छ । भिडभाड व्यवस्थापन गरिएको छैन । सेवाग्राहीको भीड व्यवस्थापन गर्ने योजना बनाउनुपर्छ । चैत १० गते सरकारी कार्यालयमा जस्तो भीड हुन्थ्यो अहिले पनि त्यस्तै छ ।’

संक्रामक रोग विशेषज्ञ डा। अनुप सुवेदीले निषेधाज्ञा आफैँमा कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय नभएको बताउँछन् । उनका अनुसार निषेधाज्ञाले महामारी नियन्त्रण गर्न थप तयारी वा मौकाको रुपमा लिन सकिन्छ । निषेधाज्ञाको समयले कमजोरीहरुको पहिचान गरेर बलियो बनाउन समय दिन्छ । ट्रेसिङ र आइसोलेट प्रभावकारी रुपमा भएन भने कोरोना नियन्त्रण हुनै नसक्ने उनको तर्क थियो । 

‘मानिसहरु अहिले टाढा गएका छैनन् होला, घरभित्रै छन् वा घर वरिपरी टोलमा घुमिरहेका छन् । घर अनि टोल भित्रभित्रै सरिरहेको हुन सक्छ । लक्षण देखिए पनि यातायात तथा अरु कडाइले मानिसहरु परीक्षण गर्न जान पाएका छैनन् । झन् त्यो संक्रमण भित्रिभित्रै पाकेर बस्ने डर पनि छ,’ उनले भने ।

डा। सुवेदीले कन्ट्क्याट ट्रेसिङमा खासै प्रगति भएजस्तो नलागेको बताउँदै धेरै परीक्षण गर्ने र कन्ट्क्याट ट्रेसिङ गरेर संक्रमित पत्ता लगाउन सक्नुपर्ने बताए । उनले निषेधाज्ञा गरेर कन्ट्क्याट ट्रेसिङ बलियो बनाइएको छ कि छैन र सबैलाई परीक्षणको पहुँच छ वा छैन भन्ने कुरामा ध्यान दिनुपर्ने बताए । पीसीआर परीक्षण पनि महंगो भएको र परीक्षण सजिलो बनाउने उपाय अपनाउनुपर्ने सुझाए ।

त्यसैगरी जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डे निषेधाज्ञा लागू भए पनि काठमाडौं उपत्यका लगायतका क्षेत्रमा संक्रमितको संख्या नबढ्न दिन कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी बनाउनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘हामीकहाँ परीक्षणको दायरा निकै साँघुरो छ, जस्तै काठमाडौं उपत्यकामा ६० लाख जनसंख्या छ, यहाँ दिनको दुई तीन हजार व्यक्तिको पीसीआर टेस्ट गर्दा संक्रमणको अवस्था के छ भन्ने थाहा हुँदैन ।’

उनी पुलिंग मेथड अपनाएर दिनको ५०–६० हजार जनाको परीक्षण गर्ने, वडावडामा शंकास्पद ठाउँमा खोजीखोजी परीक्षण गर्ने तथा कन्ट्याक्ट ट्रेसिंगलाई प्रभावकारी बनाउने हो भने कोरोना संक्रमणको धरातलीय यथार्थता थाहा हुने बताउँछन् । उनले निषेधाज्ञाको प्रभाव अहिले हैन १० दिनपछि देखिने बताउँदै भदौ १७ गतेपछि निषेधाज्ञा खुकुलो गर्ने र जनस्वास्थ्य मापदण्ड कडाइका साथ अनुगमन र निगरानी गर्ने हो भने संक्रमण घट्दै जाने बताए । ‘१० दिनपछि संक्रमण घट्दै गएन भने कोरोना संक्रमण समुदायमा फैलिने जोखिम रहन्छ,’ उनले भने ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले संक्रमितको संख्या घट्न अझै समय लाग्ने बताए । ‘बन्दाबन्दी नभएको भए अझै संक्रमितको संख्या बढ्थ्यो, नबढोस् भनेरै नै निषेधाज्ञा गरिएको हो । यसको असर अबको हप्ता दश दिनमा देखिन्छ भन्ने हो,’ उनले भने ‘टेस्टिङ, ट्रेसिङ तथा आइसोलेट तथा अस्पताल व्यवस्थापनको कार्य पहिलेभन्दा बलियो बनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

मतदाता नामावली सङ्कलनमा जारी छ चाप

काठमाडौँ,आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यमा उत्साहजनक सहभागिता देखिएको छ ।आयोगका सातवटै प्रदेश र ७० वटै जिल्ला निर्वाचन कार्यालयबाट हरेक दिन बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म मतदाता नामावली...

बाउन्न जना गर्भवतीलाई पोषण भत्ता

तनहुँ,  जिल्लाको व्यास नगरपालिकाले नवजात शिशु र आमाको स्वास्थ्य स्याहार र सुरक्षाका लागि ५२ जना गर्भवती महिलालाई पोषण भत्ता प्रदान गरेको छ ।चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म जनही रु पाँच हजारका दरले रु दुई लाख ६० हजार रकम प्रदान गरेको हो । कार्यालयले अघिल्लो...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी

आणविक–सशस्त्र प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच मे महिनाको द्वन्द्वपछि पहिलोपटक भारतीय सिख तीर्थयात्रीहरूलाई पाकिस्तान प्रवेशका लागि भिसा प्रदान गरिएको छ । यो निर्णयले दुवै देशबीच स्थगित धार्मिक यात्रामा पुनः आशाको किरण ल्याएको छ । भारतीय सरकारको औपचारिक प्रतिक्रिया अहिलेसम्म सार्वजनिक नभए पनि भारतीय पत्रपत्रिकाहरूले शनिबार सरकारका...

आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान

काठमाडौँ,  बङ्गालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ तथा न्यूनचापीय प्रणालीको प्रभावका कारण देशका अधिकांश भागमा वर्षा र बदली भएकामा आज साँझदेखि क्रमिक रूपमा मौसममा सुधार हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । हाल देशका अधिकांश प्रदेशहरूमा वर्षा र हिमपातको सम्भावना रहेको कोशी, मधेस, वाग्मती, गण्डकी...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

बुकेनी र धापुङ्ग गाउँ जोड्न झोलुङ्गे पुल निर्माण : दुई सय घरपरिवार लाभान्वित

म्याग्दी, ११ कात्तिक : मङ्गला गाउँपालिका–४ को न्यूखोलामा निर्माण भएको झोलुङ्गे पुलबाट करिब दुई सय परिवार लाभान्वित भएका छन् । पुलले एक घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको छ । मङ्गला गाउँपालिकाले वडा कार्यालय रहेको बुकेनी र धापुङ्ग गाउँ जोड्ने बाटोमा पर्ने खोलामा ९२ दशमलव...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

महाकाली सिँचाइ आयोजना मुआब्जा वितरणमा सकस

महेन्द्रनगर,  कञ्चनपुर र कैलालीको ३३ हजार ५२० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित १८ वर्षअघि सुरु गरिएको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको प्रगति २७ प्रतिशतमा सीमित छ । बजेट अभाव, जग्गा मुआब्जा वितरणमा सकस र रुख कटानलगायत विविध कारणले सिँचाइ आयोजनाको प्रगति सोचेअनुरूप हुन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस

काठमाडौँ, नेपाल चिकित्सक सङ्घले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमलाई देशको स्वास्थ्य प्रणाली सुधारका लागि सुझाव दिएको छ ।सङ्घका अध्यक्ष डा अनिल विक्रम कार्कीसहितका पदाधिकारीले आज मन्त्री गौतमलाई भेट गरी कार्यकालको शुभकामनाका साथै विभिन्न सुझाव दिएको हो ।   प्राथमिक स्वास्थ्य संरचनालाई मजबुत, राष्ट्रिय स्वास्थ्य...

बर्दगोरियामा मैत्रीपूर्ण फुटबल खेल सुरु, पत्रकार व्यापारी र शिक्षकको विजयी सुरुवात

कैलाली । बर्दगोरिया पत्रकार मञ्चले आयोजना गरेको मैत्रीपूर्ण फुटबल खेल शुक्रवारबाट सुरु भएको छ । पारस्परिक सद्भाव, एकता र मेलमिलापका लागी खेल भन्ने मूल नाराका साथ आयोजना गरिएको फुटबल खेलको पालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरे ।   कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यो खेलले आपसी सद्भाव...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९