ढोरपाटनमा फस्टाउँदै पर्यटन व्यवसाय, ३९ होटल तथा होमस्टे सञ्चालनमा

गलकोट (बागलुङ),  कुनै समय एक सामुदायिक होटलका भरमा चलेको ढोरपाटनको पर्यटन व्यवसाय अहिले उल्लेखनीय रूपमा फस्टाउँदै गएको छ । बर्सेनि पर्यटकको आगमन बढ्दै जाँदा यहाँ होटल, गेष्टहाउस तथा सामुदायिक घरबास (होमस्टे) सञ्चालन गर्नेक्रम तीव्र बनेको छ ।

 

नेपालको एकमात्र सिकार आरक्ष क्षेत्रका रूपमा परिचित ढोरपाटन उपत्यकामा पछिल्लो समय निजी क्षेत्रको लगानीसमेत बढ्दै गएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कअनुसार हाल ढोरपाटन क्षेत्रमा ३९ वटा निजी होटल, होमस्टे तथा गेष्टहाउस सञ्चालनमा रहेका छन् । ती होटल तथा घरबासमा साधारण र विशिष्ट गरी कुल २४० कोठा क्षमता रहेको छ । पर्यटक आगमन बढेसँगै स्थानीयवासीले घरबास सञ्चालनलाई आयआर्जनको माध्यम बनाएका छन् ।

 

पाखाथर सामुदायिक घरबासका अध्यक्ष पुनम बुढामगरले पाखाथर क्षेत्रमा मात्रै १० वटा घरबास सञ्चालनमा रहेको जानकारी दिनुभयो । उहाँका अनुसार पाखाथर घरबासमा एकैरातमा २०० पाहुनालाई राख्न सकिने क्षमता रहेको छ । “पहिले घरायसी काममै सीमित महिला अहिले घरबासमार्फत आत्मनिर्भर बन्न थालेका छन्”, बुढामगरले भन्नुभयो, “घरबासले गाउँमा आर्थिक गतिविधि बढाएको छ ।”
ढोरपाटन नगरपालिका क्षेत्रका तल्लोचौर, पाखाथर, तिब्बतीयन क्याम्प, स्यालपाखे, एयरपोर्ट, बिजोरीखोला, माझचौर, उत्तरगङ्गा तथा नवी क्षेत्रमा होटल तथा होमस्टे सञ्चालनमा छन् । पर्यटकको चाप बढ्ने मौसममा यी होटल तथा घरबास (होमस्टे) भरिभराउ हुने गरेको व्यवसायी बताउँछन् । गत वर्षमात्रै ढोरपाटन क्षेत्रमा २३ हजार ६९२ पर्यटक भित्रिएको तथ्याङ्क छ ।

 

ढोरपाटन क्षेत्रमा विकास भण्डारीद्वारा सञ्चालित उषा होमस्टे, चन्द्रकला अदैको पाखाथर होमस्टे, मिना पुनको पाखाथर होमस्टे, कोपिला अदैको पाखाथर होमस्टे, सुनिता अदेभण्डारीको होमस्टेलगायत साना तथा पारिवारिक घरबास सञ्चालनमा छन् ।

 

यस्तै, गङ्गा भण्डारीद्वारा सञ्चालित ढोरपाटन भ्याली होटल, राजेन्द्र विकको न्यू ढोरपाटन होटल, पुष्पा विकको धौलागिरि होटल, लालबहादुर पुनको वन्सुकी होटल, तेजेन्द्र तिब्बतीयन होटल, सोनाम गेष्टहाउस, मिलन होटल एण्ड रेष्टुरेन्ट, हिमालयन ढोरपाटन होमस्टे तथा उत्तरगङ्गा राम होटलजस्ता ठूला आवास व्यवसायले सेवा दिइरहेका छन् ।

 

तिब्बतीयन क्याम्प आसपासका क्षेत्रमा होमस्टे तथा गेष्टहाउस विस्तार भएका छन् । स्थानीय संस्कृति, वेषभूषा र परिकारलाई प्राथमिकता दिँदै पर्यटक आकर्षित गर्ने प्रयास भइरहेको घरबास सञ्चालक चन्दा अदैले बताउनुभयो । “घाँस, दाउरा गर्ने र खेतबारीमै सीमित महिला घरबास सञ्चालनमा सक्रिय भएका छन्”, उहाँले भन्नुभयो, “दीगो पर्यटन परियोजनाअन्तर्गत १० वटा घरबासले रु दुई लाख रूपैयाँका दरले अनुदानसमेत पाएका छन् ।”

 

विशेषगरी ढोरपाटन सिकार आरक्ष, बुर्तिवाङ–ढोरपाटन सडक, ढोरबराह मन्दिर, उत्तरगङ्गा क्षेत्र तथा अन्य धार्मिक र प्राकृतिक गन्तव्य अवलोकनका लागि आउने पर्यटकलाई लक्षित गर्दै होटल तथा पर्यटन व्यवसाय विस्तार भएको हो । ढोरपाटन पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या पछिल्ला वर्षमा उल्लेख्य रूपमा बढेको स्थानीय व्यवसायी बताउँछन् ।

 

स्थानीय व्यवसायीका अनुसार सडक पहुँच विस्तार, सामाजिक सञ्जालमार्फत प्रचारप्रसार तथा आन्तरिक पर्यटनको वृद्धिले ढोरपाटनमा पर्यटक आगमन बढाएको हो । विशेषगरी नयाँ वर्ष, दसैँ–तिहार, बर्खापछि तथा हिउँदको समयमा यहाँ पर्यटकको चहलपहल बढी हुने गरेको छ । हिमपात, प्राकृतिक दृश्यावलोकन, वन्यजन्तु तथा स्थानीय संस्कृति अवलोकन गर्न आउने पर्यटकका कारण होटल व्यवसाय फस्टाउँदै गएको हो ।

 

स्थानीय होटल व्यवसायी रामबहादुर घर्तीले पूर्वाधार विकास, सडक स्तरोन्नति, खानेपानी, विद्युत् तथा सञ्चार सेवामा सुधार गर्नसके ढोरपाटन पर्यटन क्षेत्र अझै विस्तार हुने बताउनुभयो । “पर्यटनको ठूलो सम्भावना भए पनि अझै धेरै पूर्वाधार आवश्यक छन्”, उहाँले भन्नुभयो, “स्थानीय तथा प्रदेश सरकारले पर्यटन प्रवद्र्धन र होटल व्यवसायलाई सहजीकरण गर्ने नीति ल्याउन जरुरी छ ।”

 

प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमशृङ्खलाको दृश्यावलोकन, शिकार आरक्ष तथा धार्मिक–सांस्कृतिक सम्पदाका कारण ढोरपाटन गण्डकी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा परिचित छ । पछिल्ला वर्षमा होटल तथा होमस्टे व्यवसाय विस्तार भएसँगै स्थानीयवासीको आयआर्जनमा टेवा पुगेको छ भने आलु, स्याउलगायत स्थानीय उत्पादनले बजार पाउन थालेका छन् ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जनशक्ति अभावमा लहान प्रादेशिक अस्पतालमा ‘सिटी स्क्यान’ सेवा सञ्चालन भएन

सिरहा,  सिरहाको लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा उद्घाटन गरिएको ‘सिटी स्क्यान’ सेवा जनशक्ति अभावका कारण सञ्चालन हुन सकेको छैन । यही वैशाख २१ गते उद्घाटन गरिए पनि दक्ष प्राविधिक नहुँदा सेवा सञ्चालन हुन नसकेको हो । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष...

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

काठमाडौँ, सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत मायदा तोरुले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा उहाँहरूबीच भएको भेटमा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको थियो ।       भेटमा सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, गोलभेँडा...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

लागूऔषधसहित चौध जना पक्राउ

काठमाडौँ, नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधिसहित १४ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन÷तीन, मोरङ र चितवनबाट दुई÷दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक÷एक जना पक्राउ परेका हुन् ।लागूऔषध ब्यूरोबाट परिचालित टोलीले उनीहरुका साथबाट...

सुदूरपश्चिममा आज बिसु पर्व मनाइँदैः टाढिएका सम्बन्ध जोड्ने

कञ्चनपुर,  ‘वर्ष दिनकी एकै बिसुः बिसुकी घरै नाई’ भन्ने सुदूरपश्चिममा प्रचलित लोककथनले बिसु पर्वको सामाजिक, सांस्कृतिक र भावनात्मक महत्वलाई स्पष्ट रूपमा झल्काउँछ । वर्षभरि देशविदेशमा रहेका आफन्त एकदिन भए पनि घर फर्कनैपर्ने मान्यताका कारण यतिबेला सुदूरपश्चिमका गाउँबस्तीमा चहलपहल र उत्साह बढेको छ । सुदूरपश्चिमका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुलको एसईई नतिजा उत्कृष्ट, ३ जनाले ल्याए ए प्लस

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१ बौनियामा रहेको द सनराइज माध्यमिक इंग्लिश बोर्डिङ स्कुल ले एसईई २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेको छ। विद्यालयबाट सहभागी विद्यार्थीमध्ये ३ जना विद्यार्थीले ए प्लस (A+) ग्रेड प्राप्त गरेका छन् भने अन्य विद्यार्थीहरूले पनि उत्कृष्ट GPA ल्याएका छन्।   विद्यालयका अनुसार...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन

ताप्लेजुङ,  यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।मैवाखोला गाउँपालिकाका इन्जिनियर उमेश भट्टराईका अनुसार गाउँपालिकाको रु एक करोड ८४ लाख २९ हजार ९६८ को लागतमा भवन निर्माण भएको हो ।       नवनिर्मित भवनको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेम र...

चितवनमा सञ्चालित एम्बुलेन्समा अनिवार्य जिपिएस जडान गर्नुपर्ने

नारायणगढ (चितवन),  जिल्लामा एम्बुलेन्स सेवालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन एम्बुलेन्समा जिपिएस जडान अनिवार्य गरिएको छ । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको आज बसेको बैठकले एम्बुलेन्स सेवाको व्यवस्थापन, पारदर्शिता र प्रभावकारिता सुधार गर्न तथा सेवा सञ्चालनमा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जिपिएस जडान गर्नुपर्ने...

‘रन च्यालेन्ज’ शनिबार

काठमाडौँ,  एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा पहिलो चरणको ‘नेपाल—५ के रन च्यालेन्ज’ हुने हुने भएको छ । शनिबार हुने दौडमा विभिन्न छ विधामा प्रतिस्पर्धा हुने एथलेटिक्स परिवार, नेपालका अध्यक्ष राजन खत्रीले जानकारी दिनुभयो ।   खुला महिला/पुरुष र ४५ वर्षमाथि पुरुष भेट्रानतर्फ पाँच...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९