कैलाली । पछिल्लो समय जन्मोत्सव, विवाह, वर्षगाँठ तथा अन्नप्राशनजस्ता विशेष अवसरहरूमा तडकभडकपूर्ण खर्च गर्ने प्रवृत्तिभन्दा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने संस्कार समाजमा विस्तारै बढ्दै गएको छ। यसले बचत गर्ने बानी, आर्थिक अनुशासन तथा सकारात्मक सोचको विकासमा महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरू बताउँछन्।
यसैक्रममा कैलाली जिल्लाको जोशीपुर गाउँपालिका–७, लवागढ निवासी किरणराज ढुङ्गाना (केशव) र मिना जैशीले आफ्नो वैवाहिक जीवनको शुभ अवसरलाई सम्झनायोग्य तथा भविष्य सुरक्षित बनाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अन्तर्गत १० लाख रुपैयाँ बराबरको “सन लाइफ सावधिक बीमा योजना” खरिद गरेका छन्। उनीहरूले कम्पनीको लम्की शाखा कार्यालयमा आबद्ध अभिकर्ता एजेन्सी डेभलपमेन्ट म्यानेजर चक्र बोहरा मार्फत बीमा गराएका हुन्।
कम्पनीको लम्की शाखा कार्यालयका शाखा मार्केटिङ प्रमुख डम्बर बहादुर बुढाले एक कार्यक्रमका बीच उक्त बीमा पोलिसी बीमित किरणराज ढुङ्गाना (केशव) लाई हस्तान्तरण गरेका थिए। पोलिसी हस्तान्तरण गर्दै बुढाले जीवनमा आइपर्न सक्ने विभिन्न जोखिम तथा आकस्मिक परिस्थितिबाट आर्थिक सुरक्षा प्रदान गर्न बीमा प्रभावकारी माध्यम भएको बताए।
उनले भने, “आजको समयमा केवल रमाइलो र देखावटी खर्चभन्दा भविष्यप्रतिको जिम्मेवार सोच आवश्यक छ। सही समयमा गरिएको बीमाले परिवारलाई आर्थिक सुरक्षा दिनुका साथै आत्मविश्वास समेत बढाउँछ।”
बीमा गरिसकेपछि बीमित किरणराज ढुङ्गाना (केशव) ले वैवाहिक जीवनको सुरुवातसँगै भविष्य सुरक्षित गर्ने अवसर पाएकोमा खुशी व्यक्त गरेका छन्। उनले अनावश्यक खर्चभन्दा दीर्घकालीन सोच राखेर बीमा गर्नु नै बुद्धिमानी निर्णय भएको बताए।
पछिल्लो समय युवापुस्तामाझ क्षणिक मनोरञ्जनभन्दा भविष्य सुरक्षित गर्ने सोच बढ्दै गएको देखिन्छ। मानिसको सफल जीवनमा सकारात्मक सोच, सही निर्णय क्षमता र दिमागको परिपक्व प्रयोगको विशेष महत्व रहने जानकारहरू बताउँछन्। जीवनमा आउने सम्भावित जोखिमलाई समयमै व्यवस्थापन गर्नु नै सचेत नागरिकको पहिचान भएको उनीहरूको भनाइ छ।
समाजमा यस्ता प्रेरणादायी कार्यले आर्थिक सचेतना फैलाउनुका साथै आगामी पुस्तालाई बचत, लगानी र जिम्मेवार जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।





















































































































































