‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ), घोराही उपमहानगरपालिका-१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय नहुँदा सुक्खापन बढेको थियो । हिउँदमा जहिले पनि इनार, कुँवालगायत पानीका मुहान सुक्ने गर्दछन् । यस क्षेत्रमा सुक्खायाममा खानेपानीको समस्या हुने गरेको स्थानीय ७८ वर्षीय कालीचरण चौधरीले बताउनुभयो ।

 

उहाँका अनुसार गाउँ नजिकैको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार क्षेत्र संरक्षणका लागि प्रदेश र स्थानीय सरकारको रु एक करोडको लागत र स्थानीयको पहलमा विसं २०७७ मा जलाशय बनेको हो । दुई बिघामा क्षेत्रफलमा फैलिएको यो जलाशयको गहिराइ छ मिटर छ । यो जलाशयमार्फत सिँचाइ सुविधा पुग्न थालेपछि ‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’ ले गति लिएको स्थानीय बताउँछन् ।

 

 

यो जलाशय निर्माण भएपछि १०० बिघा जमिनमा सिँचाइ पुगेको चौधरीले जानकारी दिनुभयो । उहाँँले भन्नुभयो, “पहिले मानिस र गाईवस्तुलाई पेटभरि पानी खुवाउन नसक्ने गाउँले अहिले सहरका मानिसलाई पेटभरि तरकारी खुवाउन सक्ने भएका छौँ । १५० घरका सबैले खेती गरेका छौँ ।” आफ्नो जमिनले नपुगेकाले छेउछाउको जमिन भाडामा ल्याएर बाह्रै महिना तरकारीखेती गरेर आम्दानी गर्ने गरेको उहाँले बताउनुभयो ।

 

 

घोराही-१७ कर्जाहीका पूर्ण चौधरी ५२ वर्षको हुनुभयो । उहाँँले स्नातकसम्म अध्ययन गरे पनि अहिले व्यावसायिक कृषि पेसा गर्दै आउनुभएको हो । आफ्नो एक बिघा र भाडामा लिएको छ कठ्ठा जमिन व्यावसायिक रूपमा तरकारीखेती गर्दै आउनुभएको छ । चौधरीले व्यावसायिक तरकारीखेती गर्न थालेको पाँच वर्ष भएको जानकारी दिनुभयो ।

 

 

पछिल्लो समय एकयाममा तरकारी बिक्री गरेर रु ९० हजारदेखि रु एक लाखसम्म आम्दानी भइरहेको उहाँले बताउनुभयो । “पाँच वर्ष अघिसम्म गाउँमा व्यावसायिक खेती हुँदैनथ्यो । कर्जाहीको जलासय विस्तार भएपछि मात्रै पानीको पहँुच पुग्यो र खेती सुरु भयो”, उहाँले भन्नुभयो ।

 

 

सोही ठाउँकी ७२ वर्षीया सुशीला चौधरी धनिया उखेल्दै गरेको अवस्थामा भटिनुभयो । उहाँका खेतमा धनिया, लौका, करेला, काक्रा र भिन्डी फलेका छन् । बिहान र बेलुकाको समय उहाँ तरकारी बारीमा भेटिनुहुन्छ । करिब १८ कठ्ठा जमिनमा खेती गरेको तरकारीले वार्षिक रु दुई लाखभन्दा बढी आम्दानी हुने गरेको उहाँले जानकारी दिनुभयो ।

 

 

पानीको सुविधा भएपछि गाउँँका सबैले व्यावसायिक खेती गर्न थालेका बताउँदै सुशीलाले यसबाट स्वरोजगार बन्नुका साथै बाँझो जमिन हराभरा हुन थालेका उल्लेख गर्नुभयो । “तरकारीखेती गरेपछि घरमा खान भएको छ, बिक्री गरेर आम्दानी भएको छ । पानीले नयाँ जीवन दिए जस्तो भएको छ”, उहाँले भन्नुभयो ।

 

ताल संरक्षणसँगै अप्रत्यक्ष रूपमा वातावरण संरक्षण र प्रत्यक्ष रूपमा आम्दानीमार्फत जीविकोपार्जनलाई जोड्ने कामले खेतीपातीमा सहजता थपिएको सुशीलाले बताउनुभयो । स्थानीयलाई माछापालन, प्राकृतिक कृषिसम्बन्धी तालिम, ज्ञान, सीप दिने र बजारसम्म जोड्ने कामको अभियान घोराही उपमहानगरपालिकाले गरिरहेको छ । कर्जाही गाउँबाट दैनिक रु ५० हजार बराबरको तरकारी बिक्री हुने गरेको कर्जाही ड्याम लिफ्ट सिँचाइ आयोजनाका अध्यक्ष प्रशु चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँका २५० परिवारको १०० बिघा जमिनमा सिँचाइ पुगेको छ ।

 

अध्यक्ष चौधरीले भन्नुभयो, “अहिले गाउँका मानिस घरमा होइन सबै खेतबारीमा मात्रै भेटिन्छन् । तरकारीखेती गर्न, टिप्न र बजारमा बिक्री गर्न भ्याइनभ्याइ हुन्छ । पानीले सबैको जीवन परिवर्तन गरिदिएको छ ।” खेती नगर्ने कुनै घर छैन धेरै थोरै होला बाह्रै महिना किसान खेतवारीमा व्यस्त रहने गरेको उहाँको भनाइ छ । आम्दानी वृद्धिसँगै पोषणमा सुधार भएको  चौधरीले बताउनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९