आचार्यको तरबुजाखेती अरुका लागि प्रेरणा

गण्डकी,  बर्सेनि उब्जाउयोग्य जमिन बाझिँदै गरेका अवस्थामा कास्कीको पोखरा महानगरपालिका–३३ का युवा रमेश आचार्यले यहाँको सुरौदी खोलाको तिखेढुङ्गामा गर्नुुभएको तरबुजा खेती अरुका लागि प्रेरणाको स्रोत बनेको छ । करिब चालिस रोपनी क्षेत्रफलमा फलिरहेका तरबुजा बजारमा लैजाने तयारी भइरहँदा यतिखेर आचार्य आफैँमा हर्षित हुनुहुन्छ ।

 

 

उहाँको कृषिकर्म र यसप्रतिको लगाव यस क्षेत्रका स्थानीयका लागि प्ररणाको स्रोत बनेको हो । स्नातकसम्मको अध्ययनसँगै १० वर्षको शिक्षण पेसा, तीन वर्षको वैदेशिक रोजगारीसँगै विद्युत् प्राविधिकसमेतका अनुभव सँगालेका आचार्य विगत लामो समयदेखि कृषिका क्षेत्रमा सक्रिय बन्दै नयाँनयाँ प्रयोग गर्दै आउनुुभएकामा २०७८ सालदेखि ‘तिखेढुङ्गा बागमारा पशुपालन तथा कृषि फार्म’ मार्फत आफ्नो कृषिकर्मलाई थप व्यावसायिक बनाउनुुभएको छ ।
आचार्यले गरिरहनुुभएको तरबुजाखेतीसहितको पशुपालन, तरकारी, फलफूल तथा विभिन्न कृषिजन्य उत्पादन अरुका लागि पनि दरिलो पाठशाला बनेको छ ।

 

 

 

अघिल्लो वर्ष ज्ञानबहादुर कार्कीसँगको सहकार्यमा संयुक्त रुपमा तरबुजाखेती गर्नुुभएका उहाँले यस वर्ष भने एकल रुपमा नै ४० रोपनी क्षेत्रफलमा यो खेती गर्नुुभएको हो । हरेक तरबुजाको बिरुवामा सुरौदी खोलाको पानीलाई मोटरमार्फत तानेर थोपा सिँचाइ प्रणालीलाई उहाँले उपयोग गर्नुुभएको छ ।

 

 

 

यस वर्ष तरबुजा खेती लगाएपछि दुई पटकसम्म असिनाले क्षति पु¥याए पनि लगभग ३० हजार किलो बजारमा बिक्री गर्न सकिने आचार्य बताउनुहुन्छ । “असिनाका चोटसँगै केही दिनयता लगातार आएको पानीका कारण केही तरबुजा कुहिने डर छ”, उहाँले भन्नुुभयो, “अघिल्लो वर्ष यस क्षेत्रकै बागमारा, खुदी, गगनगौँडा, खल्याण, दुलेगौडा हुँदै पोखरासम्म बिक्री भएका कारण यस वर्ष पनि बिक्री सहजै हुने विश्वास लिएको छु ।”

 

 

आचार्यले फर्ममा थप १० रोपनी क्षेत्रफलमा घिरौँला, काँक्रा, लौका, फर्सी, करेला आदिको खेती गरिहनुुभएको छ भने भैँसीपालन पनि सँगसँगै गरिहनुुभएको छ । उहाँको फर्ममा हाल ३० वटा भँैसी छन् । पछिल्ला वर्षमा आचार्य जस्तै पोखराका विभिन्न स्थानमा कृषकले तरबुजाखेती गरिहेका छन् ।

 

 

 

यस वर्ष पोखराका विभिन्न स्थानमा ५०० रोपनी क्षेत्रफल जमिनमा तरबजुजाखेती भइरहेको पोखरा महानगरपालिका कृषि विकास शाखाका प्रमुख मनहर कडरियाले जानकारी दिनुुभयो । पछिल्ला वर्षमा महानगरपालिकाले तरबुजा खेतीका लागि अनुदानलगायत कार्यक्रम बढाइरहेको छ ।

 

 

 

महानगरपालिकाका १३, १४, १६, २१, २२, २३, २६, ३०, ३२ र ३३ नं वडामा तरबुजाखेती भइरहेको जानकारी दिँदै प्रमुख कडरियाले यस वर्ष तरबुजाखेती गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा बीउका साथै मल्चिङ प्लाष्टिक वितरण गरिएको बताउनुुभयो ।

 

 

 

“पोखरा महानगरपालिकामा यस वर्ष तरबुजाखेतीको कारोबार रु पाँच करोड बराबरको हुने अनुमान गरिएको छ”, उहाँले भन्नुुभयो । प्रमुख कडरियाका अनुुसार महानगरपालिकाले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि तरबुजाको न्यूनतम समर्थन मूल्य निर्धारण गरिनुुका साथै ब्राण्डिङका लागि स्टिकर उपलब्ध गराउन लागेको छ । तरबुजाखेतीप्रतिको आकर्षण बढाउनकै लागि पोखरा महानगरपालिका वडा नं १३ मा पोखरा तरबुजा मेला–२०८३ गर्न लागिएको छ ।

 

 

 

 

पोखरामा भइरहको तरबुजाखेतीको प्रवद्र्धनसँगै कृषकलाई यसतर्फको आकर्षण बढाउनले लक्ष्यका साथ महानगरपालिकाको कृषि विकास शाखा र वडा नं १३ कार्यालयको आयोजना एवं वडास्तरीय कृषि सञ्जाल पोखरा–१३ को व्यवस्थापनमा तरबुजा मेला गर्न लागिएको हो । मेलाका अवसरमा सबैभन्दा ठूलो तरबुजा फलाउने, धेरै क्षेत्रफलमा फलाउने, सबैभन्दा गुलियो फलाउने कृषकलाई सम्मान गर्ने कार्यक्रमसँगै तरबुजा सम्बन्धी बहस, सफलता कथा आदिबारे चर्चा परिचर्चा गरिनने महानगरपालिकाले जनाएको छ । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९