
रौतहट, १३ असार । रौतहटको गरुडा नगरपालिकामा तीन दिन देखीको धर्ना जारी छ । बहुमत जनप्रतिनिधिलाई पाखा लगाएर नगरसभा गरेको भन्दै उपप्रमुख पुनम चौधरी लगायतले कार्यालयमा ताला लगाएर तीन दिन देखी धर्नामा बसेका हुन ।नगरपालिकाको कार्यालय, गरुडाामा तालाबन्दी गर्दै उपप्रमुख चौधरीसहित छवटा वडाका अध्यक्ष तथा ३१ जना सदस्यले मुल ढोकामा ताला लगाएर धर्नामा बसेका हुन । उपप्रमुख चौधरी नै धर्नामा बसे पछि नगरपालिकवाट हुने काम कारबाही प्रभावित भएको छ ।
गत आइतबार नगरपालिकाको नवौं नगरसभाका लागि ५५ करोड १६ लाख ३० हजारको बजेट तयार पारिएको र यसरी तयार पारिएको बजेट बिभेदकारी र एकलौटी रुपमा ल्याएको भन्दै उपप्रमुख चौधरीलगायतका वडा अध्यक्षहरु मुख्य गेटमा धर्ना बसेका हुन । जसका कारण नगरपालिकाको बजेट बजेट प्रस्तुत हुन सकेको छैन । नगरप्रमुख कन्थमणि जैसवालले असन्तुष्ट जनप्रतिनिधिहरुसित सम्वाद गरिरहेको र चाँडै बिबाद समाधान हुने बताएका छन् ।