आज विश्व आत्महत्या रोकथाम दिवस आत्महत्या गर्ने सोच बनाएकाहरूसँग कुरा गर्ने तरिका

संसारमा कतै न कतै हरेक ४० सेकन्डमा कसैले आत्महत्या गर्ने गर्छन्। झण्डै आठ लाख मानिसले हरेक वर्ष आत्महत्या गर्ने गरेको विश्व स्वास्थ्य संगठन, डब्ल्यूएचओ, ले जनाएको छ। सडक दुर्घटनापछि सबैभन्दा धेरै १५ देखि २९ वर्षका मानिसहरूले ज्यान गुमाउने आत्महत्याका कारण नै देखिएको छ। यो विस्मयकारी तथ्याङ्क हो तर विश्व स्वास्थ्य संगठन भन्छ यो यस्तो विषय हो जसका विषयमा पर्याप्त छलफल हुनै सकेको छैन।

मानिसले गर्ने यस्तो चरम व्यवहार जति एक्लो देखिन्छ यसबाट ती मानिसको छोराछोरी, आमाबाबु, पत‌ि वा पत्नी, मित्रहरू वा सहकर्मीहरू समेत प्रभावित हुन्छन्।

गत वर्ष प्रकाशित अमेरिकामा गरिएको एक अध्ययनले त कहाँसम्म भनेको छ भने आत्महत्या गर्ने एकजना व्यक्तिको कदमबाट अन्य करिब १३५ जना मानिस प्रभावित हुन सक्छन्।

केन्टकी विश्वविद्यालयकी डा। जुली सेरेलले पत्ता लगाए अनुसार पारिवारिक सम्बन्ध भएपनि वा नभएपनि आत्महत्या गर्ने मानिससँग जसको सम्बन्ध जति निकट हुन्छ तिनमा पर्ने मानसिक आघात त्यति नै चर्को हुन्छ।

तर यस्तो अवस्था पनि आउन सक्छ जुनबेला आत्महत्या गर्ने सोच बनाइसकेका मानिसहरूसँग यस्तो निकै गाह्रो विषयमा कुराकानी गर्नु पर्ने हुनसक्छ। त्यस्तो अवस्थामा के गर्न सकिन्छ ।

कुराकानी सुरु गर्नुहोस्

रिथिंक युके नामको मनोपरामर्श संस्थाकी प्रवक्ता एमा क्यारिंगटनले बीबीसीसँग कुरा गर्दै भनिन् मनमा आत्महत्या गर्ने विचार आएका मानिसहरूसँग कुराकानी गर्ने सही वा गलत तरिका छैन। सबैभन्दा महत्त्वपूर्ण त यस्तो गाह्रो विषयमा कुराकानी गर्नु नै ठूलो हो।

सबभन्दा पहिले त यो निकै गाह्रो कुराकानी हो भन्ने स्वीकार्नु पर्छ। जुन दिनका दिन गरिने सामान्य कुराकानी जस्तो होइन। त्यसैले यस्तो कुराकानी गर्नुपर्दा मन विचलित हुनु स्वाभाविक नै हो।

अवस्था यो भन्दा खराब हुन सक्ला भनेर चिन्ता गर्नु पर्दैन किनकी यो पहिले नै निकै कमजोर अवस्था हो। सबैभन्दा महत्त्वपूर्ण कुरा त अर्को पक्षलाई विना कुनै पूर्वाग्रह उसको कुरा सुनिदिनु नै हो।

आत्महत्या गर्ने विचार मनमा आउनेहरूसँग कुराकानी गर्ने तरिकाबारे परोपकारी परामर्शदाताहरूले दिने सल्लाहस्।

ड्डअर्को व्यक्तिले सहज अनुभव गर्न सकिने कुनै शान्त ठाउँ रोज्नुहोस्।

ड्डदुवैजनासँग कुराकानीका लागि पर्याप्त समय होस् भन्ने व्यवस्था गर्नुहोस् ।

ड्डयदि तपाईँको मुखबाट गलत कुरा निस्कियो भने नआत्तिनुहोस्। आफूलाई दोषी मान्न जरुरी छैन।

ड्डअर्को व्यक्तिमाथि ध्यान केन्द्रित गर्नुहोस्, आँखामा आँखा मिलाएर कुरा गर्नुहोस्। फोन अलग्ग राख्‍नुहोस्। आफ्नो सम्पूर्ण ध्यान त्यो व्यक्तिलाई दिनुहोस्।

ड्डशान्त रहनुहोस्। अर्को व्यक्तिले खुलेर मनको कुरा गर्नका लागि उसलाई केही समय लाग्न सक्छ।

ड्डहो र होइन भन्ने जवाफ ‌आउनेभन्दा भिन्न खाले खुला प्रश्नहरू सोध्नुहोस्। र उसले भनेको कुरा आफूले बुझे नबुझेको यकिन गर्नुहोस्।

ड्डबीचैमा कुरा नकाट्नुहोस् वा समाधानको उपाय नसुझाउनुहोस्। अर्को व्यक्तिले कस्तो अनुभव गरिरहेको होला भनेर आफ्नै सोचाइ प्रस्तुत नगर्नुहोस्।

ड्डती व्यक्तिलाई ‌यस्तो विषयमा विज्ञहरूको सहायता कसरी लिने भन्ने थाहा छ की छैन सोधेर हेर्नुहोस्।

जोखिममा को छन।
आत्महत्याको घटनाबाट सबै उमेरका मानिसहरू प्रभावित हुन्छन् तर विश्वव्यापी रूपमा हेर्दा पुरुषहरूमा यसको दर उच्च देखिएको छ।

सन् २०१६ मा प्रति एक लाख पुरुषमा आत्महत्या दर १३।५ रहेको थियो भने प्रति एक लाख महिलामा यो दर ७।७ रहेको थियो।

आत्महत्या दरको नक्शा
तर निश्चित देशहरूभित्र महिलारपुरुषको यस्तो दरमा ठूलो अन्तर र भिन्नता हुन सक्छ।

रुसमा संसारमा सबैभन्दा धेरै पुरुष आत्महत्या दर रहेको छ। सन् २०१६ मा प्रति एकलाखमा यो दर ४८ रहेको थियो जुन महिलाको दाँजोमा छ गुणाले बढी हो।

आत्महत्या र मानसिक स्वास्थ्यमा विचलनकाबीच विशेषगरी, डिप्रेसन र मदिराको अम्मल को सम्बन्ध सामान्यतया स्पष्ट नै रहेको छ।

तर धेरैजसो आत्महत्याको घटना संकटका बेला आवेशमा आएर हुने गर्छन्। त्यस्तो समयमा मानिसहरू जिन्दगीका तनावपूर्ण अवस्थाहरूमा( आर्थिक समस्या, निजी सम्बन्धहरूमा अवरोध अथवा दीर्घ पीडा वा रोगका बेला ( आफूलाई सम्हाल्न सक्दैनन्।

ग्रामीण क्षेत्रका बासिन्दाहरूमा आत्महत्या दर उच्च देखिएको छ र भेदभाव बेहोरेका जोखिमपूर्ण समूहहरू जस्तै शरणार्थीहरू र आप्रवासीहरू, आदीवासी, तेस्रो लिङ्गी, र कैदीबन्दीहरूमा पनि यो उच्च देखिएको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार द्वन्द्वको मारमा परेका, प्राकृतिक विपद, हिंसा, दुर्व्यवहारका पीडित, आफ्ना गुमाएका र आफुलाई एक्लो ठान्ने मानिसहरू पनि जोखिममा हुन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कोटा प्रणालीअनुसार किसानलाई मल बिक्री–वितरण

कञ्चनपुर,  धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री कम्पनी लिमिटेड महेन्द्रनगर शाखामा मौज्दात रहेको रासायनिक मल वितरणको प्रक्रिया अगाडि बढाइएको छ । शाखाले मौज्दात मलको पुनः कोटा निर्धारण गरी सहकारी संस्थामार्फत किसानलाई उपलब्ध गराउने तयारी गरेको छ ।     हाल शाखाको गोदाममा एक हजार मेट्रिक...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९