सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षमा आयोजना छनोट तथा प्रथमिकीकरण प्रक्रियालाई परिणामुखी बनाउन छनोटसम्बन्धी मापदण्ड र आयोजना बैंकलाई आधार लिई कार्यक्रम कार्यान्वयन गर्ने नीति लिएको छ ।प्रदेशसभाको सोमबारको बैठकमा प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८३ /०८४ को नीति तथा कार्यक्रममा सङ्घ र प्रदेशको चालु आवधिक योजना, आगामी दोस्रो पञ्चवर्षीय आयोजनाले निर्दिष्ट गरेका लक्ष्य र प्राथमिकता, पहिलो पञ्चवर्षीय योजना कार्यावन्वयनबाट प्राप्त उपलब्धिको आधारमा क्षेत्रगत आयोजनामा विनियोजन सन्तुलन गर्ने गरी आगामी आवको बजेट तथा कार्यक्रम तर्जुमा गर्ने विषयलाई प्राथमिकता दिइएको उल्लेख छ ।

 

 

 

यस्तै, प्रदेश गौरवका आयोजनाहरू आगामी आवभित्र सम्पन्न गर्नेगरी बजेट विनियोजन, सहजीकरण, समन्वय र नियमन गर्ने प्रबन्ध मिलाइने नीति कार्यक्रममा छ । खानेपानीबाहेकका योजनामा प्रदेश सरकारबाट रु २५ लाखभन्दा कम लागतका विकास आयोजनामा बजेट विनियोजन नगर्ने र रु २५ लाखभन्दा कम लागतका आयोजना कार्यान्वयन गर्नुपर्ने अवस्था भएमा वित्तीय हस्तान्तरणमार्फत स्थानीय तहबाट कार्यान्वयन गरिने नीति लिइएको छ ।

 

 

सार्वजनिक खर्चलाई मितव्ययी, पारदर्शी र प्रभावकारी बनाउँदै अनुत्पादक खर्चमा कटौती, वित्तीय अनुशासन कायम गर्ने, बेरुजु फछ्र्योट तथा सम्परीक्षण कार्यलाई उच्च प्राथमिकता दिइने नीति कार्यक्रममा उल्लेख छ ।
‘प्रदेश प्रमुख स्टार्टअप कार्यक्रम’मार्फत सीप विकास कार्यक्रम सञ्चालन, प्रादेशिक अर्थतन्त्रको सबलीकरणका लागि लगानीमैत्री वातावरण सिर्जना गरी सार्वजनिक निजी साझेदारी प्रवर्द्धन, प्रादेशिक सडक यातायात गुरुयोजनाको प्राथमिकताका आधारमा प्रदेश लोकमार्ग, प्रदेश सहायक मार्गलगायत सडकको स्तरोन्नति र कृषि आर्थिक पहुँच मार्ग निर्माणको विषय नीति कार्यक्रममा समेटिएको छ ।

 

 

 

खानेपानी सेवा पु¥याउन ‘एक घर, एक धारा’ कार्यक्रम, सिँचाईको व्यवस्थापनका लागि एकीकृत कृषि सिँचाई आयोजनाको कार्यान्वयन, जनता आवास कार्यक्रमको निरन्तरता, रोजगारी एवं स्वरोजगारी सिर्जना गर्न मुख्यमन्त्री लघुउद्यम कार्यक्रम, दशरथचन्द सीपमूलक एवं क्षमता अभिवृद्धि कार्यक्रम, द्वारिकादेवी ठकुरानी महिला उद्यमशीलता कार्यक्रमलाई नीति कार्यक्रममा समेटिएको छ ।

 

यस्तै, ‘पर्यटन पूर्वाधारः समृद्ध प्रदेशको आधार’ भन्ने नाराका साथ पर्यटकीय क्षेत्रको संरक्षण विकास एवं प्रवर्द्धन गरिने उल्लेख छ । अपि–सुर्मा–सैपाल–खप्तड–रानीसैन– बडिमालिका–रामारोशन क्षेत्र पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण गरी प्रदेशलाई आकर्षक तथा सुरक्षित पर्यटन गन्तव्यको रूपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

 

 

नीति कार्यक्रममा ‘सामुदायिक वन, प्रदेशको धन’ भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गरिने, स्वास्थ्यतर्फ ‘मुख्यमन्त्री स्वास्थ्य क्षेत्र सुधार कार्यक्रम’ सञ्चालन, सिकलसेल एनिमिया रोकथामका लागि घोराघोरी स्वास्थ्य उपचार कार्यक्रमजस्ता विषय पनि समेटिएका छन् ।

 

 

खेलकुदको विकासतर्फ धनगढीको फाप्ला क्रिकेट मैदानको स्तरोन्नतिका लागि सङ्घ सरकारसँग साझेदारी गर्न आवश्यक समन्वय र सहकार्य गरिने, धनगढी रङ्गशालाको स्तरोन्नति, अन्तरराष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट पदक विजेता प्रदेशका खेलाडीलाई विशेष सम्मान गरिनेजस्ता विषय पनि कार्यक्रममा समेटिएका छन् ।

 

 

कृषि क्षेत्रको विकासतर्फ कृषिको आधुनिकीकरण, व्यावसायीकरण र बजारीकरणको प्रवर्द्धन गरी कृषि उत्पादनमा आत्मनिर्भर बनाइने, ‘एक पालिका दुई उत्पादन कार्यक्रम’ सञ्चालन, कृषक पहिचान कार्यक्रमलाई प्राथमिकता दिई कृषि ऋणमा ब्याज अनुदान, प्रतिफलमा आधारित अनुदानलगायत कार्यक्रम पनि सञ्चालन गरिने कार्यक्रममा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

पूर्वी पृतनामा ‘पृतनापति ट्रफी २०८३ सुरु

धरान (सुनसरी),  नेपाली सेनाद्वारा वार्षिक रुपमा सञ्चालन हुँदैआएको यस वर्षको पृतनापति ट्रफी प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।पूर्वी पृतना मुख्यालय इटहरीमा सुरु भएको प्रतियोगिता फुटबल, भलिबल, बास्केटबल, पौडी, बक्सिङ, जुडो, तेक्वान्दो र एथलेटिक्स गरी आठ खेल विधा समावेश गरिएका छन् ।यही जेठ ३१ गते...

प्रहरी कारबाहीबाट राजस्व सङ्कलन

काठमाडौँ, पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ ।ट्राफिक उल्लङ्घनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लङ्घन गरेकाहरुबाट  कारबाहीस्वरुप  राजस्व दाखिला भएको हो ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

प्रादेशिक अस्पतालको स्तरोन्नति योजना

कञ्चनपुर,  सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रको पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र प्रविधिमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै प्रदेश तथा जिल्ला अस्पतालको स्तरोन्नति गर्ने योजना अघि सारेको छ ।सोमबार प्रदेश प्रमुख नजिर मियाँले प्रस्तुत गरेको नीति तथा...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९