जीर्ण अवस्थामा मोहन्याल गाउँपालिका वडा नं ३ बुडी आम  खोलामा झोलुङ्गे पुल ,मर्मत हुने छाँट काँटै छैन

कैलाली बौनियाँ/गाउँ घर,पुल पुलेसा तथा विभिन्न खोलानालामा रहेका पुराना संरचना तथा भौतिक पूर्वाधारहरु जीर्ण बन्दै छ यता तर्फ खासै सम्वन्धित पक्षको ध्यान पुगेको देखिदैन बरु दनादन डोजर लगाएर बाटो बनाउनु मात्र बिकास हो भन्ने बुझाई आज भोली बिद्यमान पाइन्छ जसको ज्वलन्त उदाहरण हो बुडी आम पानी झोलुङ्गे पुल ।टाढाको कुरा पनि होइन कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौना बुडी आम पानी खोलामा रहेको झोलुङ्गे पुल जीर्ण अवस्थामा छ यसको मर्मत सम्भार हुने छाँटकाँटै देखिदैन।आज भन्दा करिव १९ बर्ष पहिले बुडी आमका मान बहादुर कुँवर को सक्रियतामा निर्मित सो पुलको लम्बाई लगभग ७५ मीटर रहेको छ भने उचाइ ८० फिट अग्लो झोलुङ्गे पुल बर्खे वर्षाका कारणले पुलको जग भत्किन लागेको हो ८० फिट अग्लो झोलुङ्गे पुल भएर बुडी आम सिचाइ परियोजना बाट फलेविसौनाका ६ सय ८५ घर धुरीका लागि सिचाई पानी झोलुङ्गे पुलमा बाँधेर ल्याइएकोले झन् पुल जीर्ण बन्न पुगेको हो।हाल दैनिक रूपमा झोलुङ्गे पुल भएर २०/२५ जना विद्यार्थीहरु बुडी आम बाट श्री शान्ती उच्च मा वि बिद्यालय फलेविसौना अध्ययन गर्न आउने गर्दछन् तर पुल जीर्ण हुँदा बर्षाको समयमा बुडी आम पानी खोला ठुलो हुँदा बिद्यार्थीहरुले पुलको जोखिमपूर्ण यात्रा गर्नु परेको छ यस्तो अवस्थामा पनि पुलको मर्मत सम्भारमा सम्वन्धित पक्षको ध्यान पुगेको छैन ।पुलको बाटो भएर यात्रा गर्ने मात्र नभएर खोला पारीबाट खेती बाली गहुँ पराल बोक्न समेत बुडी आम पनि फलेबिसौना का बासिन्दाहरुले पुल जीर्ण हुँदा निकै सास्ती भोग्नु परेको स्थानीय पदम बहादुर कुँवरले दुःखेसो व्यक्त गरे ।

 

 

झोलुङ्गे पुल कुन समय कुन दिन खस्ने हो हामी शिक्षा दिने शिक्षक रोकिनुपर्ने हो भने बिरामी र विद्यार्थीको पिर पर्छ भनु हुन्छ । श्री लालीगुराँस प्रा वि विद्यालय बुडी आमका प्र.अ पदम देबकोटाले भनुभयो बुडी आम बाट पढ्न आउने र जाने विद्यार्थी सधै झोलुङ्गे पुल भएर जाने गर्दछन् झोलुङ्गे पुल मर्मतमा कसैको ध्यान नगए पछि कति बेला खस्ने हो निश्चित नभएको र साना(साना नानि(बाबुहरु कतै शिक्षाबाट बञ्चित हुने त हैनन् भन्ने चिन्ता लाग्ने गरेको छ प्र.अ देबकोटा बताउनु हुन्छ।श्री लालीगुराँस प्रा वि विद्यालय आउने विद्यार्थी वडा नं ३ बुडी आम र फलेविसौंना बाट अध्ययन गर्न आउने जाने विद्यार्थी हरु लाई ठूलो समस्या हुने सक्ने देखिन्छ प्र.अ देवकोटाले भानुभयो विद्यालयमा तीनजना शिक्षक शिक्षिका बौनिया फलेविसौंना घर नै भएकोले बर्षातको समयमा अथवा हिउँदको समयमा त्यही झोलुङ्गे पुलमा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको बताए ।विद्यार्थीलाई शिक्षा दिने शिक्षक शिक्षिका नै त्यही नदीको झोलुङ्गे पुलमा हिँड्न पर्ने बाध्य भएको बताउनुहुन्छ ।कहिले सम्म हामी शिक्षक विद्यार्थी जनता वडा नम्बर ३ बासिन्दाहरू जोखिमपूर्ण यात्रा गर्नु पर्ने हो गाउँ गाउँमा सिंहदरबार आयो भन्छन नाममा मात्र सिमित रहेको समेत बताउनु हुन्छ ।कुनै महिला दिदीबहिनीहरु सुत्केरी,सिकिस्त बिरामी, गर्भवती महिलालाई झन ठूलो समस्या हुने भएको छ समयमै मर्मत सम्भार नभए ठूलो क्षति हुन सक्ने प्र.अ देवकोटाले अनमोल अनलाईन टेलिभिजन संग बताउनुभयो ।पुलको हिड्ने फलामको स्ल्याव तथा डोरी समेत चुँडिएका छन् भने बाहिरको लट्ठा पनि जीर्ण अवस्थामा रहेको छ। बुडी आम क्षेत्रमा लालीगुराँस प्रा.वि बिद्यालय बाट पाँच कक्षा हासिल भइसकेपछि बुडी आम बिद्यार्थीहरुलाई पढ्न जाने संख्या अत्यन्त बढ्न सक्ने तथा बिद्यार्थीहरुलाई पनि अन्यत्र टाढा जान भन्दा सजिलो हुने सम्भावना रहेको तर सम्वन्धित निकायको पुल मर्मत सम्भारमा ध्यान जान नसक्दा बिद्यार्थीहरु मात्र नभएर आम जनताले दुःख पाएको स्थानीय भवानी देवकोटाले बताए । देवकोटाका अनुसार त्यही झोलुंगे पुल भएर जोड्ने बाटो बुडी आम,काया,जुवा,मोहन्याल गाउँपालिका वडा नं ३ को कार्यालय सल्लेरी, गडगाउँ, कोइराली, ताम्चा,साझा, भतकुडी, अजिगरे, सुर्खेत, अछाम जिल्लाका जनतालाई हिडडुल गर्न सहज भएको उहाँको भनाई थियो तर अहिले झोलुङ्गे पूलको अबस्था नाजुक छ।यता मोहन्याल गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष नवीन गिरी ले बुडी आम खोलामा रहेको झुलुङ्गे पुलको समस्या र अवस्थाको बारेमा आफूले त्यो ठाउँमा गएर प्रत्यक्ष अवलोकन गरेको बताउनुभयो अहिले बजेटको नभएकाले नयाँ बजेट आउने भएकाले झोलुङ्गे पूल दशै तिहार सकिए लगत्तै मर्मत सम्भारमा लाग्ने बताउनुभएको छ पर्यटन दृष्टिकोणले रमणीय स्थल भएकाले एउटा मन्दिर निर्माण भइसकेको छ त्यस क्षेत्रमा घेरा पर्खाल कमी रहको छ भनुभयो त्यस क्षेत्रमा ताल तलैया झरना भएकाले यस क्षेत्रलाई पर्यटन क्षेत्र बनाउन को लागि आफू दिनरात नभनी जनताको सेवामा लागिरहेको समेत बताए यस क्षेत्रलाई लगानी र प्रचार प्रसार गर्न सके भने मोहन्याल गाउँपालिका लाई चिनाउने सक्ने आधार भएकाले सम्पूर्ण जनप्रतिनिधि जनताले साथ दिन वडा अध्यक्ष गिरी ले आग्रह गर्नुभयो ।उता मोहन्याल गाउँपालिकाका अध्यक्ष नवल सिंह रावलले झुलुङ्गे पुल यसबर्षको भारी वर्षाले भत्किन लागेको पुललाई हामी छिटो भन्दा छिटो मर्मतसम्भार गर्ने अनमोल अनलाईन टेलिभिजनसँग बताउनुभयो। अध्यक्ष रावलले भने त्यो बाटो भएर विद्यार्थी सर्वसाधारण जनता सुर्खेत अछामका जिल्ला सम्म जाने बाटो भएकाले जनताको लागि हामी जनप्रतिनिधिहरुको एक भएर लागिरहेका छौं जती चिन्ता तपाईहरुलाई छ त्योभन्दा बढी चिन्ता मलाई भएको अध्यक्ष रावलले भने पर्यटनको सम्भावना रहेको सो ठाउँमा सबै मिलेर बिकाश गरौ भने आम्दानीको स्रोत बन्न सक्ने र युवाहरुले रोजगारी पाउन सक्ने ठाउँ भएकाले सबैलाई हातेमालो गर्नुपर्ने रावलको भनाइ रहेको छ।

झोलुङ्गेपुल कै कारण लोभिएका थिए पर्यटक

          
विगतमा मोहन्याल गाउँपालिका फलेबिसौना र आसपासकै केही युवामात्रै झोलुङ्गे पुल र झरनामा पुगेर रमाउने गरेका भए पनि अहिले झरना हेर्नकै लागि आन्तरिक तथा बाह्य पर्यटक आउन थालेका स्थानीयहरु बताउनुभयो ।पहिला त गाउँका मान्छे मात्रै फुर्सद मिलाएर जान्थे स्थानीयहरुले भन्नुभयो,अहिले त विभिन्न ठाउँदेखि पनि झोलुङ्गे पुल र झरना हेर्नकै लागि भनेर आउँछन् ।एक स्थानीय का अनुसार मौसम सफा भएको समयमा दैनिक ४०/५० जना पर्यटन सम्मले झरनाको अवलोकन गर्ने गरेका छन् ।महोत्सवसहितका कार्यक्रम गरेर झरनाको प्रचार प्रसार भएको भए यहाँ पुग्ने पर्यटकको सङ्ख्या पनि ह्वात्तै बढने सक्ने थियो तर झोलुङ्गे पुल नाजुक भएकाले पुलमाथि धेरैलाई नजान सल्लाह दिन्छौं उहाँले भन्नुभयो।यस क्षेत्रमा शैक्षिक अध्यन, अवलोकन भम्रण गर्न शुक्रबार, शनिबार र बिदाका दिन कर्मचारी, विद्यार्थी तथा अन्य पर्यटक, युवायुवती रमाउन र मनोरञ्जनका लागि आउने गरेको स्थानीयवासीहरुले बताउनुभयो ।जुनसुकै पर्यटकीय स्थल होस्, त्यहाँ पुगिसकेपछि मानिसहरु आफ्ना सारा दुख बिर्सन्छन्। प्राकृतिक सौन्दर्यले जो कोहीको मन लोभ्याउँछ। यस्तै रमणीय पर्यटकीय स्थलको रुपमा परिचित छ मोहन्याल गाउँपालिका वडा नं ३ फलेबिसौना बुडी आम पानी झोलुङ्गे पुल।आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि यो आम पानी झुलीङगे पुल पिकनिक गन्तव्य पनि हो। आम पानी तालमा घुम्न, पिकनिक खानमात्र नभएर म्युजिक भिडियो छायाँकनका लागिसमेत पुग्नेहरुको संख्या बढ्दो छ। झोलुङ्गे पुल, झरना र वरिपरिको हरियाली वन त्यहाँका मुख्य आकर्षणहरु हुन्।

हरियाली जंगलको बीचमा रहेको यो ताल झरना चाडपर्व वा बिदाको दिन मानिसहरुको घुइँचो लाग्छ।कैलालीका विभिन्न पर्यटक दैनिकजसो सयौँ युवायुवतीहरु पिकनिकका लागि आउने गर्छन् । हिजोआज यहाँ पिकनिक आउनेको घुइचो लाग्ने गर्छ । अधिकांश पर्यटकीय क्षेत्रहरु बुडी आम पानी झुलीङगे पुलसँग जोडिएका छन् बताउनुहुन्छबर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीका युवा प्रकाश जोशीले बताउनुभयो ।हामी रमाइलो मात्रै गर्दैनौँ, साथीभाइसँग एकै ठाउँमा भेला हुने,भविष्यका योजनाहरु बुन्ने, नयाँ र पुराना पुस्ताबीच घुलमिल हुन्छौं।त्यसो त पिकनिकलाई साथीको विदाई, विभिन्न संघ संस्थाका साधारण सभा,पारिवारिक भेटघाट जस्ता अवसरका रुपमा पनि लिइन्छ। जंगलमा चराचुरुङगी तथा वातावरणीय मनमोहक दृष्य हेर्न पाइने भएकाले पर्यटकको लागि महत्वपूर्ण स्थलको रुपमा परिचित हुँदै आएका छन् । हरेक समुहले आआफ्नै तरिकाले बाजागाजा तथा भेषभुषामा सजिएर पिकनिक मनाइरहेका देखिन्छन् । पिकनिकमा आएकाहरुको रौनक हुने गरेको बर्दगोरिया गाउँपालिका वडा नं १ का स्थानीय युवा नरेंद्र जोशीले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

दण्डपाणि–नन्दकुमारी अर्ज्याल पुरस्कार डा आचार्यलाई

काठमाडौँ,  यस वर्षको दण्डपाणि–नन्दकुमारी अर्ज्याल स्मृति राष्ट्रिय पुरस्कार डा जयराज आचार्यलाई प्रदान गरिने भएको छ ।दण्डपाणि अर्ज्याल स्मृति केन्द्रको हालैको बैठकले उक्त निर्णय गरेको महासचिव कपिलचन्द्र खनालले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।     पुरातत्वविज्ञ प्रकाश दर्नालको संयोजकत्वमा लेखक सुकदेव उपाध्याप र कोष संस्थापक राजेन्द्रप्रसाद...

सुनचाँदीकोे मूल्य घट्यो

काठमाडौँ,  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु दुई हजार २००   र चाँदी रु १८५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

लागुऔषधसहित सात जना पक्राउ

भद्रपुर (झापा),  लागुऔषध खैरो हिरोइनसहित सात जना पक्राउ परेका छन् । भद्रपुर नगरपालिकाका दुई स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो ।जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुर–६ स्थित श्रवण यादवको घरमा गए राति खानतलासी गर्दा खैरो हिरोइन बरामद भएको थियो । लागुऔषध...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

लुम्बिनी प्राविधिक विश्वविद्यालयले पायो स्थायी संरचना

राँझा (बाँके),  नेपालगञ्जबाट सञ्चालन हुँदै आएको लुम्बिनी प्राविधिक विश्वविद्यालयको केन्द्रीय कार्यालय अब बाँकेको खजुराबाटै सञ्चालन हुने भएको छ ।स्थापना भएको झण्डै पाँच वर्षपछि खजुरा गाउँपालिकाले आफ्नो स्वामित्वमा रहेको १० कट्ठा जग्गासहितको भवन विश्वविद्यालयलाई हस्तान्तरण गरेपछि अब विश्वविद्यालयको प्रशासनिक कामकाज खजुराबाट सञ्चालन हुने भएको हो...

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी,  जिल्लाको मङ्गला गाउँपालिका–२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भएको छ । एकाइको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले मङ्गलबार उद्घाटन गर्नुभयो ।त्यस अवसरमा उहाँले आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन पालिका प्रतिबद्ध रहेको बताउँदै गाउँको विकासलाई आफूले प्राथमिकता राखेको उल्लेख गर्नुभयो ।     मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर...

सुजनलाई दोहोरो स्वर्ण

काठमाडौँ,  नेपाली उमा कुङफु खेलाडी सुजन कक्षपतिले अन्तरराष्ट्रिय प्रतियोगितामा दोहोरो स्वर्ण जितेका छन् । उनले पहिलो पटक सो प्रतियोगितामा भाग लिएका हुन् ।  जर्मनीमा भएको ब्याटल अफ बभेरियामा सुजनले दुई फरक विधामा स्वर्ण पदक जितेको नेपाल उमा कुङफु सङ्घका अध्यक्ष एवं डब्लुएमएसी नेपाल च्याप्टरका महासचिव सञ्जीतकुमार...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९