वन पैदावरको उपयोग: दुनाटपरीले आत्मनिर्भर

घोडाघोडी (कैलाली), लम्कीचुहा नगरपालिका–१ भुरुवाकी धना बोहराको जीवन केही वर्षअघिसम्म सामान्य ग्रामीण महिलाको जस्तै थियो । उहाँको अधिकांश समय घरधन्दा, बालबच्चाको हेरचाहमा बित्थ्यो । श्रीमान्को एकल आम्दानीमा आश्रित परिवार आर्थिक रूपमा सङ्घर्षरत थियो । दैनिक आवश्यकता पूरा गर्न कठिन थियो । सीमित आम्दानी, बढ्दो खर्च र भविष्यप्रतिको अनिश्चितताले परिवारलाई निरन्तर दबाब थियो ।

 

 

चार वर्षअघि एउटा सीपमूलक तालिमले बोहराको जीवनलाई अघि बढाउने मार्ग नै बदलिदियो । स्थानीय सरकारले सञ्चालन गरेको दुनाटपरी बनाउने तालिममा सहभागी भएपछि उहाँले आफ्नो क्षमता पहिचान गर्ने अवसर पाउनुभयो । तालिमपछि नगरपालिकाले पनि मेसिन उपलब्ध गरायो । उहाँले ‘सृजनशील दुनाटपरी उद्योग’स्थापना गर्नुभयो । सुरुमा सानो प्रयासका रूपमा सुरु भएको उद्योग आज स्थानीयस्तरमा सफल उद्यमको उदाहरण बनेको छ ।

 

 

बोहराको उद्योगमा अहिले आठ जना स्थानीय महिलाले नियमित रोजगारी पाइरहेका छन् । बिहान जङ्गलबाट सालको पात सङ्कलन गर्ने र दिउँसो उद्योगमा दुनाटपरी उत्पादन गर्ने उहाँको दैनिकी बनेको छ । उद्योगबाट दैनिक हजारभन्दा बढी दुनाटपरी उत्पादन हुने गरेको छ । दसैँ, तिहार, माघेसङ्क्रान्ति, श्राद्ध, पूजाआजा, मेला तथा थारू समुदायका विवाह समारोहमा यसको माग अत्यधिक हुने गरेको छ ।

 

 

कतिपय विवाहमा १० हजारभन्दा बढी दुनाटपरी आवश्यकपर्ने भएकाले मागअनुसार उत्पादन गर्न कठिन हुने अवस्था भएको बोहरा बताउनुहुन्छ ।

धनाको जीवनमा आएको परिवर्तन केबल व्यक्तिगत सफलता होइन । यो वन पैदवारको सदुपयोगले ग्रामीण समाजमा ल्याएको आर्थिक तथा सामाजिक रूपान्तरणको प्रतिनिधि उदाहरण हो । उहाँजस्ता सयौँ उद्यमीले वनमा आधारित व्यवसायमार्फत आफ्नो जीवनस्तर उकासिरहेका छन् । स्थानीय समुदायमा रोजगारी र आत्मनिर्भरताको आधार निर्माण गरिरहेका छन् ।

 

 

रोजगारी, आय र आत्मनिर्भरता

वन पैदावर उद्योगको सबैभन्दा सकारात्मक प्रभाव ग्रामीण महिलाको जीवनमा देखिएको छ । परम्परागत रूपमा घरधन्दामै सीमित रहने महिला अहिले उत्पादन, व्यवस्थापन र उद्यमशीलताका क्षेत्रमा सक्रिय बन्दै गएका छन् ।

 

विशेषगरी एकल महिला, विपन्न परिवार तथा सीमित अवसर भएका महिलाका लागि यस्ता उद्योग जीवन परिवर्तन गर्ने माध्यम बनेका छन् । बोहराको उद्योगमा रोजगारी प्राप्त गरिरहनुभएकी रङ्गा उपाध्याय एकल महिला हुनुहुन्छ । श्रीमान् नहुँदा सन्तानको जिम्मेवारी सम्हाल्न कठिन भइरहेका बेला आफ्नै कमाइले घर खर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

पहिले धेरै महिला आर्थिक रूपमा परिवारमा पूर्ण रूपमा निर्भर थिए । अहिले उनीहरूले आफ्नै कमाई गर्न थालेपछि परिवारको आर्थिक अवस्था सुधारिएको छ । बालबालिकाको शिक्षा, स्वास्थ्य तथा दैनिक आवश्यकता पूरा गर्न सहज भएको छ । दुनाटपरी उद्योग मात्र होइन, बाँस र बेतमा आधारित उद्योगमा महिलाको सहभागिता छ । हस्तकला, सजावटी सामग्री तथा घरायसी प्रयोगका सामग्री उत्पादनमा महिलाले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।

 

कैलालीको टीकापुरस्थित तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगमा कार्यरत हिराकुमारी चौधरी बेतबाट विभिन्न सामग्री बनाउनुहुन्छ । उहाँका अनुसार यस कामबाट दैनिक रु ८०० देखि एकहजारसम्म आम्दानी हुने गरेको छ । पहिले घरखर्च व्यवस्थापन गर्न कठिन हुने गरे पनि अहिले आफ्नै कमाइले ऋणको ब्याज तिर्न, बालबालिकालाई विद्यालयका लागि खाजा खर्च दिन तथा अन्य खर्च जुटाउन सहज भएको उहाँ बताउनुहुन्छ ।

 

उद्योगमै कार्यरत मिना चौधरी मुडा, फूलदानी, ¥याकलगायत सामग्री निर्माण गर्नुहुन्छ । घरायसी जिम्मेवारीसँगै आम्दानीको अवसर पाउँदा परिवारको आर्थिक अवस्थामा सुधार आएको उहाँको अनुभव छ । घरसँगै उद्योगमा काम गर्न मिल्ने भएकाले घरखर्च चलाउन तथा परिवारको आवश्यकता पूरा गर्न सहज भएको उहाँ बताउनुहुन्छ । उद्योगमा ५० भन्दा धेरै कामदार छन्, जसमध्ये धेरैजसो महिला छन् ।

 

वनजन्य उद्योगमा महिलाको बढ्दो सहभागिताले उनीहरूलाई आर्थिक रूपमा मात्र होइन, सामाजिक रूपमा पनि सशक्त बनाएको छ । आफ्नै सीप र श्रमबाट आम्दानी गर्न थालेपछि महिलामा आत्मविश्वास बढेको छ । परिवार र समाजमा उहाँको भूमिका अझ प्रभावकारी बन्दै गएको छ । गाउँमै उपलब्ध स्रोत र सीपको उपयोग गरेर सञ्चालन भइरहेका यस्ता उद्योगले महिलाको आत्मनिर्भरता र ग्रामीण आर्थिक विकासलाई एकसाथ अगाडि बढाइरहेका छन् ।

 

सुदूरपश्चिम प्रदेशमा वनजन्य उद्योग पछिल्ला वर्षमा ग्रामीण अर्थतन्त्रका महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएका छन् । वनबाट प्राप्त हुने कच्चापदार्थको उपयोग गरेर सञ्चालन भइरहेका विभिन्न उद्योगले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्नुका साथै आम्दानीका नयाँ अवसर पनि प्रदान गरिरहेका छन् ।

 

परम्परागत सीपदेखि आधुनिक बजारसम्म बेत र निगालोमा आधारित उद्योगले परम्परागत सीपलाई आधुनिक बजारसँग जोडिरहेका छन् । पहिले घरायसी प्रयोगमा सीमित रहने बाँस र बेतका सामग्री अहिले सहरका होटल तथा रेस्टुरेन्टसम्म पुग्न थालेका छन् ।

 

डोको, नाङ्लो, टोकरीजस्ता परम्परागत सामग्रीसँगै कुर्सी, टेबल, सोफा, सजावटी सामग्री तथा विभिन्न हस्तकलाका वस्तु उत्पादन भइरहेका छन् । प्राकृतिक, वातावरणमैत्री र आकर्षक डिजाइनका कारण यस्ता सामग्रीको माग निरन्तर बढिरहेको तिलगङ्गा बेत–बाँस फर्निचर उद्योगका सञ्चालक भरतलाल विक बताउनुहुन्छ ।

 

बेतसँगै काठमा आधारित उद्योग पनि प्रदेशको अर्थतन्त्रका महत्वपूर्ण हिस्सा बनेका छन् । कैलाली र कञ्चनपुरमा सञ्चालन भइरहेका फर्निचर उद्योगले साल, सिसौ, असना र हल्दुजस्ता काठको उपयोग गरेर आधुनिक तथा परम्परागत डिजाइनका फर्निचर उत्पादन गरिरहेका छन् ।

 

यस्ता उद्योगले स्थानीय कालीगढको सीपलाई व्यावसायिक अवसरमा रूपान्तरण गरेका छन् । काठ प्रशोधन, डिजाइन, निर्माण तथा बिक्रीवितरणका विभिन्न चरणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी सिर्जना भएको छ । मागका हिसाबले यस क्षेत्रमा अझै ठूलो सम्भावना रहेको आकाश फर्निचर उद्योगका सञ्चालक सनम दत्त राजवंशी बताउनुहुन्छ ।

 

उहाँ भन्नुहुन्छ, “कच्चापदार्थको सहज उपलब्धता र स्थिर बजार भए उद्योगलाई अझ विस्तार गर्न सकिन्छ ।” वनजन्य उद्योगको अर्को मत्वपूर्ण क्षेत्र कत्था उद्योग हो । खयरको काठबाट उत्पादन हुने कत्थाले राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याइरहेको छ । कत्था उद्योगले वनजन्य स्रोतको मूल्य अभिवृद्धि गरेर विदेशी मुद्रा आर्जनमा योगदान दिएको छ । खयर सङ्कलनदेखि प्रशोधन र निर्यातसम्मका गतिविधिमा धेरै स्थानीय नागरिकको जीविकोपार्जन जोडिएको कैलालीको गेटास्थित लक्ष्मी कत्था उद्योगका सञ्चालक रोशन कर्ण बताउनुहुन्छ ।

 

 

मध्यपहाडी क्षेत्रमा पाइने खोटेसल्लाबाट सङ्कलन गरिने खोटोले आर्थिक गतिविधिलाई चलायमान बनाएको छ ।

सुदूरपश्चिमका मध्यपहाडी जिल्लामा पाइने खोटेसल्लाबाट खोटो सङ्कलन गरी प्रशोधन र निर्यातसमेत भइरहेको छ । प्रदेशका डडेलधुरा, डोटी, कैलालीलगायत जिल्लाबाट वार्षिक एक हजार ५०० मेट्रिकटनभन्दा बढी खोटो सङ्कलन हुने गरेको कैलालीको अत्तरियास्थित दिव्या रोजिन एण्ड टर्पेन्टाइन कम्पनीका सञ्चालक खड्क बम बताउनुहुन्छ । उहाँका अनुसार खोटो सङ्कलन र प्रशोधनले ग्रामीण क्षेत्रमा थप रोजगारीसमेत सिर्जना गरेको छ ।

 

सम्भावना ठुलो, चुनौती अझै बाँकी

सुदूरपश्चिमका पहाडी जिल्ला जडीबुटीको दृष्टिले अत्यन्तै समृद्ध मानिन्छन् । दार्चुला, बैतडी, बझाङ, बाजुरालगायत जिल्लाका वन क्षेत्रमा पाइने यार्सागुम्बा, चिराइतो, सतुवा, वनलसुन, टिमुर, तेजपात, अमला तथा रिट्ठाजस्ता उत्पादनको राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा उच्च माग छ । हजारौँ परिवारको आम्दानीको स्रोत बनेका यी जडीबुटीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याइरहेका छन् । तर यति ठूलो सम्भावना हुँदाहुँदै पनि यस क्षेत्रले अपेक्षित उपलब्धि हासिल गर्न सकेको छैन ।

 

जडीबुटी मात्र होइन, बाँस–बेत, काठ, खोटो, कत्था तथा दुना–टपरीमा आधारित उद्योगहरूले पनि विभिन्न चुनौती सामना गरिरहेका छन् । कच्चापदार्थको दिगो व्यवस्थापन, आधुनिक प्रविधि तथा उपकरणको अभाव, प्रशोधन उद्योगको कमी, बजार विस्तार र उत्पादनको बजारीकरणजस्ता विषय अझै चुनौतीका रूपमा रहेका छन् ।

 

अधिकांश जडीबुटी तथा अन्य वनजन्य उत्पादन अझै पनि कच्चा रूपमै बिक्री हुने गरेका छन् । बझाङका जडीबुटी सङ्कलक राम्पस बोहरा भन्नुहुन्छ, “पहिलेजस्तो मूल्य नै पाइँदैन ।” उचित मूल्य नपाउँदा वनजन्य स्रोतमा निर्भर धेरै परिवारले अपेक्षित लाभ लिन सकेका छैनन् ।

 

जडीबुटी व्यवसायी राजेन्द्र धामीका अनुसार यस क्षेत्रमा ठुलो सम्भावना भए पनि पर्याप्त प्रशोधन उद्योग, भण्डारण सुविधा र बजार सूचनाको अभावले सङ्कलक तथा व्यवसायीले उचित लाभ लिन सकेका छैनन् । उहाँ भन्नुहुन्छ, “अधिकांश कच्चा जडीबुटी भारत र चीनमा सस्तो मूल्यमा निर्यात गर्नुपर्ने बाध्यता अझै कायम छ ।”
सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाका अनुसार स्थानीय स्रोत र सीपको उपयोग गर्दै सञ्चालन भइरहेका यस्ता उद्योगले ग्रामीण अर्थतन्त्रलाई सुदृढ तुल्याइरहेको छ । वन पैदावरमा आधारित उद्योगको दिगो विकासका लागि नीतिगत सुधार, पूर्वाधार निर्माण, सीप विकास तथा बजार विस्तारमा सरकारले काम गरिरहेको छ ।इन्द्राकुमारी केसी/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता

राँझा (बाँके), जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक...

बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष

काठमाडौँ,  नेपाल घरेलु तथा साना उद्योग महासङ्घले सरकारले हालै प्रस्तुत गरेको बजेटले निजी क्षेत्रको आत्मविश्वास अभिवृद्धि गरेको महासङ्घको निष्कर्ष निकालेको छ ।महासङ्घको २६ औँ महाधिवेशन तथा २३ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले...

बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

काठमाडौँ,  आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सूचना प्रविधि क्षेत्रलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा स्थापित गर्ने दिशामा सरकारले लिएका सकारात्मक नीतिगत कदमहरूको नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेस कम्पनीले स्वागत गरेको छ । नेपालको आइटी निर्यात वृद्धि, विदेशी मुद्रा आर्जन, उच्च गुणस्तरीय...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

कोशीमा बालविवाहका ३८ सूचना दर्ता, मोरङमा सबैभन्दा बढी

झापा, कोशी प्रदेशमा चालु आर्थिक वर्षको १० महिनामा बालहेल्पलाइन सेवामा ३८, बालविवाहसम्बन्धी सूचना दर्ता भएका छन् ।हराएका बालबालिका खोजतलास समन्वय केन्द्रको कोशी टोल फ्री हेल्पलाइन १०९८ मा आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख मसान्तसम्म सो सङ्ख्यामा सूचना दर्ता भएका हुन् ।     बालअधिकार तथा संरक्षणकर्मी सुमन...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

सुर्तीजन्य पदार्थ बिक्री नियन्त्रणका लागि तेह्रथुममा बजार अनुगमन

तेह्रथुम,  विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरमा जिल्ला प्रशासन कार्यालयले तेह्रथुम बजारमा अनुगमन गरेको छ ।प्रमुख जिल्ला अधिकारी वन्दना राई नेतृत्वको अनुगमन टोलीले व्यवसायीहरूसँग अन्तक्रिया गरी सुर्तीजन्य पदार्थको बिक्रीवितरणसम्बन्धी मापदण्ड तथा त्यसले स्वास्थ्यमा पार्ने असरबारे जानकारी गराएको छ ।     म्याङलुङ नगरपालिकाका स्वास्थ्य सहायक इन्द्रप्रसाद पोखरेलले सुर्तीजन्य...

व्याडमिन्टन प्रशिक्षक ‘बिक्की’: स्वदेशमा अवसर पाएनन, भारतमा मासिक डेढ लाख कमाइ

महेन्द्रनगर,  कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहलमा व्याडमिन्टन खेलको स्वयंसेवक प्रशिक्षकका रुपमा सात वर्ष काम गरेका विवेक थापा (बिक्की) यतिबेला भारतको कर्नाटक राज्यको बैङ्ग्लोरमा प्रशिक्षणमा जमेका छन् । राष्ट्रिय खेलकुद परिषद्बाट एनआइएस तालिम गरेर प्रशिक्षकको योग्यता हासिल गरेका थापा विगत दश वर्षदेखि बैङ्ग्लोरमा व्याडमिन्टन प्रशिक्षण गराइरहेका छन् ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९