मलेखु (धादिङ), यहाँस्थित त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरी फर्केका यात्रु सवार मारुती भ्यान टारिबेँसी नजिकै दुर्घटना भएको छ ।बागमती प्रदेश बिएएफ ०२२३ नम्बरको मारुती इको भ्यान नीलकण्ठ नगरपालिका–१० माथिल्लो टारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।प्रहरीका अनुसार, दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि सदरमुकाम धादिङबेँसी र सल्यानटातर्फ पठाइएको छ ।राष्ट्रिय समाचार समिति (रासस)























































































































































