‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली

मध्यविन्दु (नवलपरासी),  नवलपरासी (बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–१७ पिप्रहरमा सञ्चालित सामुदायिक होमस्टे (घरबास) अहिले केवल पर्यटक बस्ने ठाउँ मात्र बनेको छैन, यसले स्थानीय थारू महिलाको जीवनशैली, आत्मविश्वास र आर्थिक अवस्था नै परिवर्तन गर्न थालेको छ ।केही वर्षअघिसम्म घरधन्दा, बालबालिका हेरचाह र खेतीपातीमै सीमित रहने यहाँका महिला अहिले पाहुनाको स्वागतदेखि व्यवस्थापन र सांस्कृतिक कार्यक्रम सञ्चालन सम्ममा अग्रसर देखिन्छन् । नयाँ मानिससँग बोल्न हिच्किचाउने महिला अहिले निर्धक्कसँग आफ्नो गाउँ, संस्कृति र जीवनशैलीबारे जानकारी गराउन सक्ने भएका छन् ।

 

 

 

पिप्रहर सामुदायिक होमस्टेमा पछिल्ला वर्षमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको छ । स्थानीय थारू संस्कृति, परम्परागत खानपान, प्राकृतिक वातावरण र ग्रामीण जीवन नजिकबाट अनुभव गर्न चाहने पर्यटक यहाँ पुग्ने गरेका छन् ।होमस्टे सञ्चालनको अधिकांश जिम्मेवारी महिलाकै काँधमा छ । पाहुनालाई स्वागत गर्ने, परिकार तयार गर्ने, सांस्कृतिक नृत्य प्रस्तुत गर्ने र सरसफाइ व्यवस्थापनजस्ता काम महिलाले नै सम्हालिरहेका छन् । त्यस्ता कार्यमा पुरुषले सहयोग भए पनि नेतृत्व तहमा भने महिलाकै सक्रियता पाइन्छ ।स्थानीय चन्द्रामाया महतो होमस्टे सुरु भएपछि आफ्नो जीवनमा ठूलो परिवर्तन आएको बताउनुहुन्छ । “पहिले खेतीपातीको आम्दानीमै भर पर्नुपथ्र्यो । खर्च धान्न गाह्रो हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले होमस्टेमा पाहुना आउँछन्, सेवा गरेबापत आम्दानी हुन्छ । घरखर्च चलाउन सहज भएको छ ।”

 

 

 

होमस्टेले महिलालाई आर्थिक रूपमा मात्र होइन सामाजिक रूपमा पनि सशक्त बनाएको स्थानीयको भनाइ छ । परिवार र समाजबाट प्रोत्साहन पाएपछि महिला नेतृत्व तहमा पुग्न सक्षम भएको अनुभव उनीहरूले सुनाउँछन् ।पिप्रहरमा आउने पर्यटकका लागि स्थानीय संस्कृति र प्राकृतिक सौन्दर्य मुख्य आकर्षण बनेको पिप्रहर सामुदायिक होस्टेका अध्यक्ष सोमनाथ महतोले बताउनुभयो । “यहाँ आउने पाहुनाले गाउँको मौलिक संस्कृति र घरमै बसेजस्तो अनुभव पाउँछन्”, उहाँले भन्नुभयो, “नारायणी नदी आसपासको मध्यवर्ती क्षेत्रमा जिप सफारीमार्फत गैँडा, हरिण, मृग, बँदेल, गोही र विभिन्न चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ ।”

 

 

 

 

उहाँका अनुसार जङ्गली जनावरका कारण स्थानीयले भोग्ने समस्या पनि अहिले पर्यटकीय आकर्षणमा बदलिन थालेको छ । गाउँबस्ती नजिक आउने वन्यजन्तु अवलोकन गर्न पर्यटक उत्साहित हुने गरेका छन् । होमस्टेले महिलाको आत्मनिर्भरता र क्षमता विकासमा महत्वपूर्ण योगदान पु¥याएको देवचुली नगरपालिका प्रमुख हरिप्रसाद न्यौपानेले बताउनुभयो ।“पहिले महिला बाहिर बोल्नै डराउनुहुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले पाहुनासँग खुलेर संवाद गर्नुहुन्छ, कार्यक्रम सञ्चालन गर्नुहुन्छ । गाउँकै विकासमा महिलाको भूमिका बढेको छ ।”

 

 

विसं २०७२ मा पाँच घरबाट सुरु गरिएको पिप्रहर सामुदायिक होमस्टे अहिले विस्तार भएर २२ घरमा पुगेको छ । होमस्टेसँगै स्थानीय उत्पादन, थारू परिकार र सांस्कृतिक कार्यक्रमले बजार पाउन थालेको छ ।ग्रामीण पर्यटनसँगै महिलाको नेतृत्व र आर्थिक सशक्तीकरणको उदाहरण बनेको पिप्रहर सामुदायिक होमस्टे अहिले नवलपरासी (बर्दघाट सुस्तापूर्व)को पहिचान बन्दै गएको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९