सरकारले गर्न नसकेको सहयोग युवाले गरे कैलालीमा

कैलाली बौनियाँ/नेपाल प्रवास स्वतन्त्र युवा संगठन र के आई पी क्लब मलेसियाले कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ बुटकौवा खल्ला गाउँका सापकोटाको परिवारलाई र सोही गाउँ झाला टोलका दमाईको परिवारलाई नगद सहयोग गरिएको छ।

क्यान्सर पीडित विष्णु सापकोटा र घाइते राकेश दमाईको घट्नाको बारेमा के.के युवा क्लबका अध्यक्ष शिखर बि कको जानकारीमा अनमोल अनलाईन टेलिभिजनले रोगले भन्दा भोगले मर्दै कैलालीमा भने समाचार प्रसारण गरेका थियौं ।प्रसारण भएको केही समय पछि अनमोल अनलाईन टेलिभिजनको टीम संग कुरा गर्दै नेपाल प्रवास स्वतन्त्र युवा संगठनका अध्यक्ष कुशल ओलीले सहयोग गर्ने बताउनु भएको थियो। नेपाल प्रवास स्वतन्त्र युवा संगठनका युवाहरुले समाचार भिडियो हेरी सके पछि हामीले उनीहरुलाई आफ्नो खाजा खर्च बाट सानै भए पनि सहयोग गरौं भन्ने योजना बनाएका हौं यो तत्काल जुटाएको प्रारम्भिक राहत भएको नेपाल प्रवास स्वतन्त्र युवा संगठनका सल्लाहकार समितिका संयोजक (पूर्व शिक्षक) तेज राम्जाली मगरले भने । नेपालप्रवास स्वतन्त्र युवा संगठनले सापकोटाको परिवार र दमाईको परिवारलाई मलेसिया ,कुवेत र भारतमा रोजगारी गर्दै आएका नेपाली युवा द्वारा २६ हजार ६ सय साठी रुपैयाँ पठाइयको नेपाल प्रवास स्वतन्त्र युवा संगठनको कोषाअध्यक्ष रमेश बडुवाल जानकारी दिए ।

के आई पी कल्ब मलेसियाका अध्यक्ष राजन श्रेष्ठले सहयोग गर्न पाउँदा धेरै खुशी लागेको समेत बताए छन् उहाँले नेपालमा भइरहेका विकास निर्माण होस या गरीब जनता संकटमा परेका हुन् हामीहरूले उनीहरूलाई सहयोग गर्न पाउँदा मन खुशी लाग्ने समेत बताए छन् उहाँले एक प्रश्नमा बोल्दै भगवान् मन्दिरमा होइन मनमा हुने समेत बताए हुन्।दुई घरले नगद १३०००।- र १२०००।-हजार सहयोग पाएका छन् । नेपाली कांग्रेसका सभापति नन्दराम विष्टले रू ५००।- जगदम्बिके भगवती माध्यमिक विद्यालयका प्रचार्य नेत्र खड्काले रू ५०५।- सहयोग गर्नु भएको छ । चारैतिर नदीले घेरिएको उक्त गाउँ प्रतेक वर्ष वर्षात बगेर आउने भलले जमीन कटान गर्ने गरीको पाइन्छ दुवै घरको नदीको किनारा नजिक घर पर्छ उनीहरूको आफ्नै जमीन नभएको स्थानिय बासिन्दाहरूले बताए । अरु बेला गाउँ बाहिर ज्याला मजदुरी गर्न पाइन्थ्यो थोरै कमाइ हुन्थ्यो । चामल, नुन तेल किनेर गुजरा चलाउन सजिलो हुन्थ्यो भन्छन् पीडित राजेशका आमा बुबा । तर गत वर्षदेखि कोरोना भयो । अघिल्लो वर्ष पनि राम्रोसँग काम गर्न पाइएन । यो वर्ष पनि ज्यालामा काम गर्न पाइएको छैन । घरमा अन्न किन्न पैसा नहुने भएपछि गाह्रो हुन थालेको हो,राकेशका बुबाले भने । गाउँमा यति ठूलो संकट बढ्दै गए पनि सरकार बाट कुनै राहत पुगेको छैन । आफूले चुनावमा जिताएर पठाएका जनप्रतिनिधि सरकारले दुःख पर्दा पनि नहेर्दा आफूलाई सरकार नभएको जस्तो मनमा लागेको समेत बताए । सापकोटा र दमाईलको परिवारले भने हाम्रो दुःखलाई सहयोग गर्नु हुने सबै लाई भगवानले रक्षा गरुन भनी भगवानलाई पार्थना समेत गरेका थिए। 

महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रसिद्ध कविता यात्रीको झल्को यही देखियो ।

कुन मन्दिरमा जान्छौं यात्री, कुन मन्दिरमा जाने हो
कुन सामग्री पूजा गर्ने, साथ कसोरी लाने हो
हाडहरुको सुन्दर खम्बा, मांशपिण्डको दिवार
मष्तिस्कको सुनको छाना, इन्द्रीयहरुको द्वार
नसा नदीका तरल तरङ्ग, मन्दिर आफू अपार।।।

इश्वरको धर्म र सेवा गर्न मन्दिर जानु पर्दैन । मानिस आफैँ मन्दिर र इश्वरको स्वरुप हो । दिनदुःखीका सेवा गरे कुनै धर्म र पूजा गरिरहनु पर्दैन भन्ने सन्देश बोकेको यो कविताको जस्तै मर्म ति दुखी पीडित परिवारमा देखाइ दियो ।“दिनदुःखीलाई सहयोग गर्न धनाढ्य नै हुनुपदर्छ भन्ने छैन्, मन भए जसरी पनि सहयोग गर्न सकिन्छ, यो त्यसैको एउटा उदाहरण हो”, सबै गाउँ ठाउँको गतिविधि विदेशको मलेसिया बाट औंलाई रहेका नेपाल प्रवास स्वतन्त्र युवा संगठनका उपाध्यक्ष अर्जुन रसाईलीले भने ।गरीब जनता संकटमा पर्दा स्थानिय सरकारले राहत दिन नसक्नु दुस्खद भएको बताए । यता नेपाल प्रवास स्वतन्त्र युवा संगठन नेपालका अध्यक्ष गणेश वि.कको अध्यक्षतामा सो रकम पीडितलाई हस्तान्तरण गरिएको छ। राहात वितरण कार्यक्रमका प्रमुख अथिति जगदम्बिके भगवतीका प्रचार्य नेत्र खड्काले प्रवासमा रहेर नेपालमा भइरहेका विकासका गतिविधिहरु हुन् या दुखी गरिबहरु हुन् उहाँ हरुलाई  सहयोग गर्नु भएकोमा धन्यबाद समेत दिनुभएको छ। राहत वितरण कार्यक्रममा नेपाली कांग्रेसका बर्दगोरिया गाउँपालिका वडा नं ३ का वडा सभापति नन्दराम विष्टले बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ का युवाहरु एकजुट भएको देख्दा आफूलाई खुसी लागेको बताउनुभएको छ । अब देश गाउँ ठाउँ बनाउने सिक्ने सिकाउने जिम्मा युवाको हातमा हातमा रहेको समेत बताए ।

त्यही आफ्ना कथा र वेथा पत्रकारसँग पोख्दै पनि थिइन । समाचार हेरेर सहयोगी हात फैलिन्छन् भन्ने झिनो आशा उनमा थियो ।

बिपना सापकोटाको पनि कसैले सहयोग नगरे  घरमा चुलो बल्दैन । एउटा भनाइ छ, ‘हुने खानेले हुँदा खानेलाई सहयोग गर्नुपर्छ’ । 

उनकोको आफ्नै व्यथा छ । दुखजिलो गरेर कमाएको पैसाले श्रीमान विष्णु सापकोटालाई बचाउने ठुलो कोसिस खेर गयो । क्यान्सरपीडितको बिरामी श्रीमानलाई  लामो समय बचाउने प्रयास गरिन् । विसं २०७६ देखिको प्रयास २०७८ मा असफल बन्यो । उनी भन्छिन्, “श्रीमान् गइगए, अब मेरो कोही सहारा छैन ।

 

उनको भित्रि कथा झन पीडादायी छ । लाउँलाउँ र खाउँखाउँको उमेरमा श्रीमाननले छाडेर गए । बच्चा पाल्ने अभिभारा उहाँको काँधमा आयो । उनका दुई नाबालक छोरा छन ।

नेपाल प्रवास स्वतन्त्र युवा संगठनले गरीब दुःखीलाई सहयोग गर्दै आई रहेको छ भष्टचार विसङ्गति विरुद्ध आवाज उठाउँदै आएको छ । 

नेपाल प्रवास स्वतन्त्र युवा संगठनले केही बर्ष देखि गरिब  दुखी  पीडित जनातालाई निरन्तर आफू एक छाक भोकै बसेर भएपनी  नास्ता खाजा खाने पैसा काटेर राहत बितरण सहयोग गरिरहनु भएको छ ।आफ्नो देश गाउँ ठाउँ र जनता प्रती चिन्तित दया चासो नेपाल प्रवास स्वतन्त्र युवा संगठनले देखाई रहेको छ। बर्दगोरिया गाउँपालिका वडा नं ३का जनताहरुले पनि आशिर्वाद माया साथ समर्थन दिदै अझै यस्तै  समाजसेवीकार्यमा पछि नहट्न अनुरोध गर्नु भएको छ। आर्थिक नैतिक भौतिक रुपले यो सङ्गठन  सक्रिय अघि भएको यहाका जनता बुद्धिजिबि, राजनितीक दल, शिक्षक, पत्रकार सम्पुर्णले बताउदै आएका छन् । निष्पक्ष निस्वार्थ मन देखि  स्वतन्त्र भैइ यो संगठन अझै अघि बढ्ने आशा अपेक्षा स्थानिय जनताहरूको छ । यसै गरि आज पनि क्यान्सर पिडित भैई मृत्यु  हुनु भएका बुट्कुवा खल्ला बासिन्दा विष्णु सापकोटालाई र झालाका राकेश दमाईलाई सहयोग गर्नु भएको हो। कार्यक्रमको सञ्चालन सचिव पुष्प गौतमले गर्नुभएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९