डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन

काठमाडौँ,  हाडजोर्नी विशेषज्ञ डा प्रमोद लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भएको छ । ‘अर्थोपेडिक’ उपचार, ‘ट्रमा’ व्यवस्थापक र हाडजोर्नीसम्बन्धी उपचारमा संलग्न चिकित्सकहरूको उपस्थितिमा बिहीबार गठन भएको ट्रमा सोसाइटीको संरक्षकमा वरिष्ठ चिकित्सक प्रा डा रमेशप्रसाद सिंह हुनुहुन्छ ।

 

 

 

नवगठित सो सोसाइटीको वरिष्ठ उपाध्यक्ष डा शैलेन्द्रकुमार दुवाल श्रेष्ठ, उपाध्यक्ष डा हेमन्तकुमार गुप्ता, महासचिव डा विजयन्द्र अधिकारी, कोषाध्यक्ष डा आलोक पाण्डे, सहसचिव डा पविन थापा र सहकोषाध्यक्षमा डा सन्जित झा चयन हुनुभएको छ ।

 

 

त्यसैगरी, डा सरोज सिं, डा ओमप्रकाश चौधरी, डा राजीव झा, डा तोयाराज भट्ट, डा ललित चौधरी, डा सुदीप खनाल र डा सार्थक नेपाललाई सदस्यमा मनोनयन गरिएको छ ।प्रदेशस्तरीय सदस्य पदमा कोशीबाट डा रुपेशजङ्ग वेलबासे, मधेसबाट डा चन्द्रभुषन यादव, बागमतीबाट डा मनोज कँडेल, गण्डकीबाट डा झपेन्द्र पोखरेल, लुम्बिनीबाट डा प्रकृृतिराज कँडेल, कर्णालीबाट डा पुजनकुमार रोकाया र सुदूरपश्चिम प्रदेशबाट डा मन्दीप पाठकलाई तोकिएको छ ।

 

 

 

नवनियुक्त पदाधिकारी तथा सदस्यहरूको नामावली सार्वजनिक गर्ने उद्देश्यले यहाँ आयोजित कार्यक्रममा वरिष्ठ हाडजोर्नी विशेषज्ञ एवं ट्रमा सोसाइटीका नवनियुक्त अध्यक्ष डा लामिछानेले ‘साइन्टिफिक’ कमिटीको अध्यक्षमा डा रोहित श्रेष्ठ र सदस्यहरूमा डा भाष्करराज कार्की, डा मनिष श्रेष्ठ र डा विश्ववन्धु निरौला चयन हुनुभएको बताउनुभयो ।

 

 

 

सो अवसरमा अध्यक्ष डा लामिछानेले नेपालको विद्यमान हाडजोर्नीसम्बन्धी सेवालाई अझ सुलभ, गुणस्तरीय र सर्वसाधारण जनताको पहुँचमा पुर्याउने उद्देश्यले ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन गरिएको स्पष्ट गर्नुभयो ।

 

 

नवगठित सो समितिमा काठमाडौंँ उपत्यकाको अतिक्ति बाहिर जिल्लाका हाडजोर्नी विधाका सक्रिय चिकित्सकहरूलाई यथाशक्य समेट्न प्रयास गरिएको बताउँदै अध्यक्ष डा लामिछानेले भन्नुभयो, “ट्रमा सेन्टरको विकास एवं विस्तार गर्ने, यससम्बन्धी जनचेतना जगाउने तथा अनुसन्धानमूलक क्रियाकलापमा जोड दिने, ट्रमा सर्जरीको गुणस्तर वृद्धि गर्ने, दुर्गम क्षेत्रमा विशेषज्ञ सेवा पुर्याउने तथा नीति निर्माण तहमा समेत सहयोग गर्नेलगायतका रचनात्मक कामलाई सोसाइटीले प्राथमिकता दिनेछ ।”

 

 

सोसाइटीले सडक दुर्घटना, कार्यस्थलका चोटपटक र अन्य विपद्का कारण नेपालमा ट्रमा (गम्भीर चोट)को समस्या विकराल बन्दै गइरहेको अवस्थालाई दृष्टिगत गरी सम्बद्ध क्षेत्रका विशेषज्ञहरूबीच ज्ञान र अनुभवसहित नवीनतम् प्रविधिको आदानप्रदान गरी सेवालाई अझ प्रभावकारी र सर्वसुुलभ बनाउन अधिकतम् प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

 

 

त्यसैगरी, राष्ट्रिय तथा अन्तरराष्ट्रिय विषय विज्ञहरूको सहभागितामा कार्यशाला गोष्ठी, नयाँ सर्जनका लागि ‘फेलोसिप’ कार्यक्रम, उत्कृष्ट सर्जनका लागि पुरस्कार, निःशुल्क स्वास्थ्य शिविर सञ्चालन र अन्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय ज्ञानवर्दक कार्यक्रम गर्ने योजना बनाएको नवगठित सोसाइटीका अध्यक्ष डा लामिछानेले जानकारी दिनुभयो ।

 

 

ट्रमा सोसाइटीका अनुसार हाल नेपालमा हाडजोर्नीसम्बद्ध विशेषज्ञ चिकित्सकको सङ्ख्या करिब ९०० रहेको र दुघर्टना तथा विपद्का कारण गम्भीर चोटपटकबाट पीडित बिरामीको उपचारमा उनीहरूकै संलग्नता हुने गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९