खलङ्गा–खार सडकः ‘अधुरै सडक, जोखिमपूर्ण यात्रा’

दार्चुला,  सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा अघि बढाइएको खलङ्गा–खार सडकखण्ड अझै अधुरै छ । आर्थिक वर्ष २०७५/०७६ मै प्रदेश गौरवको सडक घोषणा गरिएको यो योजनामा हालसम्म सात किलोमिटर क्षेत्रमा समेत प्रभावकारी काम हुन सकेको छैन ।

 

 

 

खलङ्गा–खार हुँदै गोकुलेश्वर जोड्ने छोटो दूरीको यो सडक निर्माण अधुरै हुँदा सर्वसाधारणले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । सदरमुकाम खलङ्गादेखि दल्लेखसम्मको करिब १५ किलोमिटर सडकखण्डमध्ये बाढीले क्षति पुर्‍याएको सात किलोमिटर क्षेत्रमा अझै काम अघि बढ्न सकेको छैन ।

 

 

विसं २०७७ मै सडक कालोपत्रका लागि ठेक्का लागेको थियो । केही काम अघि बढेकै बेला २०७९ साल भदौ अन्तिम साता डुङुरी खोलामा आएको बाढीले सडक संरचना ध्वस्त बनायो । त्यसपछि क्षति भएका संरचनाको पुनर्निर्माणमा ढिलाइ हुँदा अहिले यातायात सञ्चालन जोखिमपूर्ण बनेको छ ।

 

 

महाकाली नगरपालिका–२ अन्तर्गत मुल्ला, मैखोली र सेला तथा वडा नम्बर ३ को काटैदेखि डुङुरी क्षेत्रसम्म सडक अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको स्थानीय बताउँछन् । नदी कटानका कारण सडकको तल्लो भाग भासिएको छ भने माथिबाट खसेको पहिरोसमेत हटाइएको छैन ।

 

 

जीप चालक विशनसिंह नगालका अनुसार डुङुरीसम्म केही सुधार भए पनि त्यसभन्दा माथिको सडकमा सवारी सञ्चालन गर्न निकै जोखिम मोल्नुपर्छ । “थोरै पानी पर्दा पनि सडक अवरुद्ध हुन्छ”, उहाँले भन्नुभयोे, “सडक निर्माणमा भइरहेको लापरवाहीका कारण स्थानीयले सास्ती भोग्नुपरेको छ ।”

 

 

सडक नियमित सञ्चालनमा नआउँदा महाकाली नगरपालिका–२ र नौगाड गाउँपालिकाका स्थानीय बर्खायाममा बढी प्रभावित हुने गरेका छन् । नौगाड गाउँपालिका–२ की सरस्वती डोबालका अनुसार सडक अवरुद्ध हुँदा स्थानीय उत्पादन बजारसम्म पुर्‍याउन समस्या भइरहेको छ ।

 

 

“हाम्रो क्षेत्रमा आलु, टमाटर, काक्रोलगायत तरकारी उत्पादन हुन्छ”, उहाँले भन्नुभयो, “तर सडक नियमित नहुँदा समयमै बजार पुर्‍याउन सकिँदैन । खलङ्गाबाट खाद्यान्न ढुवानीमा समेत समस्या छ ।” महाकाली लोकमार्गअन्तर्गतको ७२ किलोमिटर लामो खलङ्गा–गोकुलेश्वर पक्की सडक सञ्चालनमा रहे पनि छोटो दूरीको वैकल्पिक सडक लामो समयदेखि अधुरै रहँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।

 

 

 

आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत तीन वर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि अहिलेसम्म धेरै स्थानमा ट्रयाकसमेत सुधार हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय बैतडीका इन्जिनियर जीतेन्द्रसिंह धामीका अनुसार चालु आर्थिक वर्षमा डुङुरी, काटैलगायतका क्षेत्रमा ग्याबिन जाली हाल्ने, आरसीसी संरचना तथा कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । “केही ठाउँमा काम भइरहेको छ”, उहाँले भन्नुभयो, “तर अपेक्षित गतिमा अघि बढ्न सकेको छैन ।”

 

 

कार्यालयले निर्माण व्यवसायीको लापर्वाहीका कारण काममा ढिलाइ भएको जनाएको छ । पटक–पटक ताकेता गर्दा पनि निर्माण कार्यले गति लिन नसकेको कार्यालयको भनाइ छ । गत वर्ष नौगाड गाउँपालिकाले आफ्नै लगानीमा जेसीभी प्रयोग गरी सडक सुचारु गराएको गाउँपालिका अध्यक्ष दलजितसिंह धामीले बताउनुभयो । “हाम्रो क्षेत्रसम्म गाडी सञ्चालन गर्ने प्रयास गरेका हौँ”, उहाँले भन्नुभयो, “महाकाली नगरपालिकासँग समन्वय भए सडकलाई नियमित सञ्चालनमा ल्याउन सकिन्छ ।”

 

 

पूर्वाधार विकास कार्यालयले यसअघि दुई प्याकेजमा सडक कालोपत्र गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । तर बाढीपछि सडक निर्माण कार्य प्रभावकारी रूपमा अघि बढ्न नसक्दा अहिले पनि खलङ्गादेखि काटैसम्मका धेरै स्थानमा ट्रयाक बिग्रिएको अवस्थामा छ ।रोकिएको काम सुरु गराउन प्रशासनले पनि पहल गरिरहेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । “बर्खायाममा सडक अवरुद्ध नहुने गरी काम गर्न निर्देशन दिएका छौँ”, उहाँले भन्नुभयो ।नरेन्द्रसिह कार्की/रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९