तनहुँ, स्थानीय बन्दीपुर गाउँपालिका–४ गुम्बानजिक टिपर दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३६ वर्षीय चुनु श्रेष्ठ रहेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।उहाँका अनुसार ग१क ५४६६ नम्बरको तीव्र गतिमा रहेको टिपरका चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको थियो ।दुर्घटनामा गम्भीर घाइते चालक श्रेष्ठको सैनिक अस्पताल पोखरामा उपचारको क्रममा आज मृत्यु भएको हो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































