अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

कैलाली। अनलाइन टिभी पत्रकार सङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका महासचिव तथा वैज्ञानिक मिडियाका प्रबन्ध निर्देशक टिकाराम साउद सम्मानित भएका छन्।

 

कैलालीको बर्दगोरिया गाउँपालिकाको १८औँ गाउँसभाका अवसरमा स्थानीय तहको विकास, सुशासन, पारदर्शिता तथा समृद्धिको प्रवर्द्धनमा पत्रकारितामार्फत पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरूप गाउँपालिकाले साउदलाई सम्मान गरेको हो।

 

वि.सं. २०७० सालदेखि पत्रकारिता क्षेत्रमा सक्रिय साउदले रेडियो, पत्रपत्रिका, टेलिभिजन हुँदै पछिल्लो समय अनलाइन सञ्चार माध्यममार्फत निरन्तर पत्रकारिता गर्दै आएका छन्। सुदूरपश्चिम प्रदेशमा व्यावसायिक, उत्तरदायी र विश्वसनीय पत्रकारिताको प्रवर्द्धन, सञ्चार क्षेत्रको संस्थागत विकास तथा अनलाइन मिडियाको सुदृढीकरणमा उनले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। हाल उनी अनलाइन टिभी पत्रकार सङ्घ नेपाल सुदूरपश्चिम प्रदेशका महासचिवका रूपमा सक्रिय छन्।

 

सम्मान ग्रहणपछि प्रतिक्रिया दिँदै साउदले प्राप्त सम्मानले आफूलाई अझ जिम्मेवार, प्रतिबद्ध र प्रेरित बनाएको बताए।

 

उनले भने, “पत्रकारिता केवल समाचार सम्प्रेषण गर्ने माध्यम मात्र होइन, समाजलाई सही सूचना, सत्य तथ्य र जनचेतना प्रदान गर्ने महत्वपूर्ण दायित्व पनि हो। यो सम्मानले आगामी दिनमा अझ निष्पक्ष, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता गर्न थप ऊर्जा दिएको छ।”

 

उनले सञ्चार माध्यमले लोकतन्त्र, सुशासन, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै पत्रकारहरूले सत्य, निष्पक्षता र व्यावसायिक आचारसंहितालाई आत्मसात् गरी समाजप्रति उत्तरदायी बन्नुपर्ने धारणा व्यक्त गरे।

 

“सकारात्मक परिवर्तनका पक्षमा कलम चलाउनु, नागरिकका आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउनु र विकास निर्माणका गतिविधिलाई जनतासामु तथ्यका आधारमा प्रस्तुत गर्नु नै पत्रकारिताको मूल उद्देश्य हो,” उनले भने।

 

बर्दगोरिया गाउँपालिकाले स्थानीय सरकार र सञ्चार क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विकास, सुशासन र जनउत्तरदायित्व प्रवर्द्धनमा योगदान पुर्‍याउने पत्रकार तथा सञ्चारकर्मीहरूको सम्मानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

 

गाउँपालिकाले स्थानीय तहको विकास, सुशासन, सेवा प्रवाह तथा संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्‍याएको मूल्याङ्कन गर्दै पालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधि, शाखा प्रमुख, वडा सचिव तथा कर्मचारीहरूलाई कदरपत्रद्वारा सम्मान गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित

अनलाइन टिभी पत्रकार संघ, नेपाल सुदूरपश्चिमका महासचिव टिकाराम साउद सम्मानित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ को परीक्षाफलमा ६४ प्रतिशत ग्रेडेड

काठमाडौँ,  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेका छ । बोर्डका अनुसार नतिजामा ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी वर्गीकृत (ग्रेडेड) भएका छन् ।जसमध्ये नियमिततर्फ ६९ दशमलव ७५ र आंशिकतर्फ ४२ दशमलव ३८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । नियमिततर्फ यस वर्ष...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९