काठमाडौँ, राष्ट्रियसभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।बैठकमा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयक प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधनसहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । सो विधेयक अब प्रतिनिधिसभामा फिर्ता जानेछ ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले समितिमा आएका संशोधन र मननीय सुझावप्रति धन्यवाद दिनुभयो ।विधेयकमाथि छलफलमा डा प्रेम दङ्गालले संशोधनकर्ता सदस्यका विषयलाई सरकारले स्वीकार गरेकामा धन्यवाद दिनुभयो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































