आगामी आर्थिक वर्षको बजेटमाथि सामान्य छलफल

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल भएको छ । आज बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा नियमावली, २०८० को नियम १३६ को उपनियम (३) बमोजिम सङ्क्षिप्त वक्तव्य पेस गरेपछि सामान्य छलफल भएको हो ।

 

छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले बजेट नीति तथा कार्यक्रम, सिद्धान्त र प्राथमिकताअनुसार नभएको टिप्पणी गर्नुभयो । उहाँले बजेटमा कतिपय योजना दोहोरिएका, योजना छनोट तथा बजेट विनियोजनमा लापरबाही गरिएको भन्दै विरोध जनाउनुभयो ।

 

 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता चक्रबहादुर मल्लले सत्ता साझेदार भए पनि बजेट निर्माण प्रक्रिया, योजना छनोट र आर्थिक अनुशासन कायम गर्ने सन्दर्भमा आफ्नो पार्टीको असहमति रहेको बताउनुभयो । उहाँले छलफलमार्फत बजेटमा भएका त्रुटि सच्च्याउनुपर्ने र राम्रा योजनाको कार्यान्वयनलाई थप प्रभावकारी बनाएर समस्या समाधान गरिनुपर्ने धारणा राख्नुभयो ।

 

 

नेपाली कांग्रेसका नेता प्रकाशबहादुर बमले बजेट निर्माणको सम्मुखमा रहेकाबेला मन्त्री फेरबदल हुँदा त्यसको असर बजेटमा देखिएको बताउनुभयो । उहाँले दलहरुबीच भएको सैद्धान्तिक सहमतिअनुसार रु २५ लाखमुनिका योजना नराख्ने भनिए पनि त्यसको उल्लङ्घन भएको, योजना छनोट मापदण्डको पालना नगरिएकोलगायत विषयमा त्रुटि भए पनि सामग्रमा धेरै सांसदहरुले अगाडि सारेका योजना परेकामा प्रशंसा गर्नुभयो ।

 

 

सामान्य छलफलका क्रममा उठान भएका प्रश्नको जवाफ दिँदै आर्थिक मामिलामन्त्री धामीले सरकार र आफूले गलत नियत राखेर बजेट निर्माण नगरेको स्पष्ट पार्नुभयो । मन्त्री हेरफेर भएपछि समयको दबाबले कतिपय योजना दोहोरिएको स्वीकार्दै त्यसबाहेक प्रदेश र अधिकांश सांसदको चाहनाअनुसारका योजनामा बजेट विनियोजन गरिएको बताउनुभयो ।

 

 

“अर्थ मन्त्रालले क्याल्कुलेटरको काम मात्रै गर्ने हो । हरेक मन्त्रालयबाट आएका योजनालाई समावेश गर्ने क्रममा केही योजना दोहोरिएका छन्, यो हामीले स्वीकारेका छौँ । त्यसमा छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ । त्यसबाहेक राम्रा योजना पनि समावेश गरेका छौँ । धार्मिक पर्यटन, कृषिको उत्थान, शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायत क्षेत्रमा राम्रा योजना अगाडि सारेका छौँ । त्यसबारे पनि कुरा गरौँ, विरोध मात्रै गरेर हुँदैन”, उहाँले भन्नुभयो ।

 

 

यसअघि बैठकको शुभारम्भमा सभामुखसँग समय लिएर बोल्नुभएका प्रदेशसभा सदस्य नरेश शाहीले सङ्घीय सरकारको निर्देशनअनुसार प्रदेश सरकारले गरेको निर्णयले गत चैत १५ गतेपछि प्रदेशसभा सदस्यका स्वकीय सचिवको सुविधा भुक्तानीमा समस्या भएको भन्दै ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य ललिता सुनारले पनि उक्त निर्णयबाट स्वकीय सचिवले भोग्नुपरेको समस्या समाधानका लागि आग्रह गर्नुभयो । प्रदेशसभाको आजको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ ।  राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९