लोपोन्मुख मल्लागिरीको खेतीमार्फत संरक्षणको प्रयास

तुलसीपुर (दाङ),  लोपोन्मुख अवस्थामा रहेको सुगन्धकोकिला (मल्लागिरी) संरक्षणलाई आयआर्जनसँग जोड्दै दाङको तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटका बासिन्दाले घरघरमा यसको खेती विस्तार गरेका छन् । संरक्षणका लागि गरिएको पहल अहिले स्थानीयको आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेको छ ।स्थानीय प्रविर पुनका अनुसार छिल्लीकोटका प्रत्येक घरमा १०० भन्दा बढी मल्लागिरीका बिरुवा रोपिएका छन् । विश्वमै लोपोन्मुख मानिने यो प्रजातिको बिरुवाको माग बढ्दै गएपछि यहाँ उत्पादन गरिएका बिरुवा नेपालका २६ जिल्लासम्म पुगेका छन् ।

 

 

“विश्वमै लोपोन्मुख रहेको यो बिरुवा छिल्लीकोटमा पाइन्छ भन्ने थाहा पाएपछि धेरै जना यहाँ आएर बीउ लैजानुहुन्छ,” उहाँले भन्नुभयो, “अहिलेसम्म २६ जिल्लामा यसको बिरुवा पुगेको छ ।”स्थानीयका अनुसार यहाँ उत्पादन हुने सुगन्धकोकिला विदेशसमेत निर्यात हुने गरेको छ । स्थानीय जीवराज रेउलेले यहाँबाट कच्चापदार्थका रूपमा बिक्री हुने सुगन्धकोकिलाको बोक्रा उच्चस्तरीय सेन्ट र अगरबत्ती बनाउन प्रयोग हुने जानकारी आफूहरूले सुनेको बताउनुभयो । “हामीले कच्चापदार्थ बेच्ने हो, त्यसबाट अरू के–कस्ता वस्तु उत्पादन हुन्छन् भन्नेबारे भने धेरै जानकारी छैन”, उहाँले भन्नुभयो ।

 

 

स्थानीयका अनुसार एउटा रुखबाट २०० किलोग्रामसम्म सुगन्धकोकिला उत्पादन हुन्छ । पछिल्ला वर्षमा पुराना रुख सुक्दै जान थालेपछि संरक्षणमा सरकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ ।“हामीले संरक्षणका लागि नयाँ बिरुवा रोपिरहेका छौँ,” रेउलेले भन्नुभयो, “सरकारले पनि संरक्षण र प्रवद्र्धनमा सहयोग गरे स्थानीयको आम्दानी बढ्नुका साथै यो लोपोन्मुख प्रजाति जोगाउन सहज हुने थियो ।”स्थानीय पूर्ण पुनका अनुसार सुगन्धकोकिला धार्मिक कार्यमा प्रयोग गरिनुका साथै यसको पातबाट तेल निकाल्न सकिन्छ । उहाँले यसको संरक्षण पर्यावरणीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताउनुभयो ।

 

 

 

सुगन्धकोकिला समुद्री सतहदेखि ८०० देखि दुई हजार मिटर उचाइसम्म हिमाली हावा बहने जङ्गलमा राम्रोसँग हुर्कने गर्छ । बिरुवा रोपेको चार वर्षपछि नै उत्पादन दिन सुरु गर्ने भएकाले यसको व्यवस्थित खेती गर्न सके राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पुग्ने स्थानीयको विश्वास छ ।

 

 

 

 

हाल स्थानीयवासी जङ्गलमा रहेका नयाँ बिरुवा संरक्षणमा सक्रिय छन् । सुगन्धकोकिलाको बोक्रा सेन्ट र अगरबत्ती बनाउन तथा गेडाबाट तेल उत्पादन गर्न प्रयोग हुने गरेको छ । यद्यपि, कहिलेकाहीँ उत्पादित सुगन्धकोकिलाले बजार नपाउने समस्या रहेको भन्दै चिस्यान केन्द्र स्थापना गरिदिन स्थानीयले माग गरेका छन् । उनीहरूका अनुसार छिल्लीकोटमा हरेक वर्ष डेढ सय क्विन्टलभन्दा बढी सुगन्धकोकिला उत्पादन भएर बिक्री हुने गरेको छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन

राष्ट्र बैंकद्वारा निष्क्रिय खाता कार्ययोजना बनाई न्यूनीकरण गर्न निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९