विपद् प्रतिकार्यसम्बन्धी कार्ययोजना अनुमोदन

सुदूरपश्चिम,  सुदूरपश्चिम प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित तयार गरिएका दुई वटा कार्ययोजना अनुमोदन गरेको छ । मुख्यमन्त्री एवं परिषद्का अध्यक्ष कमलबहादुर शाहको अध्यक्षतामा आज धनगढीमा बसेको बैठकले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य प्रादेशिक कार्ययोजना-२०७७ (पाँचौँ संशोधन-२०८३)’ र ‘बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५-२०३०)’ लाई अनुमोदन गरेको ।

 

कार्ययोजना पारित भएसँगै प्रदेशमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यमा अन्तरनिकाय समन्वय, जिम्मेवारीअनुसार भूमिका निर्वाह, स्रोतसाधन व्यवस्थापन र बहुप्रकोप पूर्वसूचनाका क्षेत्रमा प्रभावकारी कार्यसम्पादनका लागि थप सहज हुने विश्वास गरिएको छ । यसका साथै बैठकले मनसुनजन्य प्रकोपका जोखिम न्यूनीकरण, प्रतिकार्यका लागि समन्वयात्मक रुपमा परिचालन र क्षेत्रगत जिम्मेवारी निर्वाह गर्ने समझदारीसमेत गरेको छ ।

 

परिषद्का अध्यक्ष शाहले सरकार र जिम्मेवार निकायमाथि कुनै प्रश्न नउठ्ने गरी विपद् प्रतिकार्यका लागि तयार रहन सम्बद्ध निकायलाई निर्देशन दिनुभयो । उहाँले तीन तहका सरकार र विपद्का क्षेत्रमा क्रियाशील विकास साझेदारसमेत मिलेर काम गर्नुपर्नेमा जोड दिँदै सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्ने गरी तयार रहन आग्रह गर्नुभयो ।

 

“सुरक्षा निकाय र हाम्रा अन्य संयन्त्रले पनि जोखिमयुक्त क्षेत्रको पहिचान गरेकै छौँ । त्यसमा पनि प्राथमिकता निर्धारण गरेर विपद् प्रतिकार्यका लागि तयार रहौँ”, मुख्यमन्त्री शाहले भन्नुभयो, “हाम्रो तयारी र क्षमताको प्रभाव विपद्का बेला देखिने हो । त्यसलै हाम्रो भूमिकामा कुनै प्रश्न नउठ्ने गरी मिलेर प्रभावकारी रूपमा काम गरौँ । प्रदेश सरकार र नेतृत्वका हिसाबले गर्नुपर्ने सबै सहजीकरणका लागि प्रदेश सरकार तयार छ । तपाईंहरू पनि सम्पूर्ण रूपमा तयार रहनुहोला ।”

 

 

बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्टले जलवायु परिवर्तनको प्रभावले विपद्को प्रवत्तिमा पनि फेरबदल भइरहेकाले सोहीअनुसार प्रतिकार्य योजना बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले नीतिगत, संरचनागत र प्रक्रियागत सहजताका साथै विपद्का बहुआयामकि स्वरुपसँग जुध्न सबै मिलेर काम गर्नुपर्ने बताउनुभयो । नेता भट्टले सुदूरपश्चिम प्रदेश आन्तरिक भूबनोट मात्र नभई अन्तरदेशीय अवस्थितिका कारणले पनि विपद्को जोखिममा रहेकाले त्यसलाई सम्बोधन गर्न तीनै तहका सरकारको प्रभावकारी भूमिका आवश्यक रहेको धारणा राख्नुभयो ।

 

 

बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पाल, आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्की, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री वीरबहादुर थापा, आर्थिक मामिलामन्त्री विक्रमसिंह धामी, सामाजिक विकासमन्त्री बेलबहादुर राना, प्रदेशका प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशीलगायतले विपद्, यसबाट बच्ने उपायलगायत विषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।

 

 

यसैगरी नेपाल प्रहरीका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नं ७ वैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक दिगविजय सुवेदीलगायतले सुरक्षा तयारी र आवश्यक बन्दोबस्तीका बारेमा जानकारी गराउनुभयो ।

 

नेपाल रेडक्रस सोसाइटीका प्रदेश अध्यक्ष दीलबहादुर बुढा, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, फिल्ड कार्यालय सुदूरपश्चिमका प्रमुख बैजयन्ती सिंह गिरी, नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिम प्रदेश कार्यालयका कार्यकारी निर्देशक ज्योति भट्टलगायतले विपद् प्रतिकार्यका लागि पूर्वतयारीदेखि विपद्का समयमा उद्धार तथा राहत प्रदान गर्न आफूहरू सरकारसँगै रहेको बताउनुभयो ।

 

कार्ययोजना अनुमोदनले समेटेका विषय

अनुमोदित मनसुन पूर्वतयारी कार्ययोजनामा बाढी, पहिरो, डुबान, कटान, सडक अवरोधलगायत वर्षायाममा देखिने सम्भावित जोखिमहरूको पूर्वानुमान, जोखिम न्यूनीकरणका उपाय, तथा विपद्को अवस्थामा गरिने खोज तथा उद्धार, राहत वितरण र पुनःस्थापनासम्बन्धी स्पष्ट कार्यविभाजन समेटिएको छ । साथै आपत्कालीन अवस्थामा कुन निकाय कसरी परिचालित हुने भन्ने विषय पनि कार्ययोजनाले निर्दिष्ट गरेको छ ।

 

 

कार्ययोजना तयार गर्दा ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४’, ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन नियमावली, २०७६’, ‘राष्ट्रिय विपद् विपद् प्रतिकार्य कार्यढाँचा, २०७०’, ‘प्रादेशिक विपद् व्यवस्थापन योजना-२०७७’, ‘प्रदेश विपद् प्रतिकार्य कार्यडाँचा २०८०’, ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०७६’, तथा ‘प्रदेश विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७६’ ले निर्दिष्ट गरेको विषयहरूलाई आधार मानिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव पवित्राकुमारी पुरीले जानकारी दिनुभयो । उहाँले यससम्बन्धी प्रस्तुतीकरणसमेत गर्नुभएको थियो ।

 

 

त्यसैगरी, बहुप्रकोप पूर्वसूचना रणनीतिक कार्ययोजना (२०२५-२०३०) ले प्रदेशभर प्रभावकारी पूर्वसूचना प्रणाली विकास र विस्तारमा जोड दिएको छ । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमलाई मध्यनजर गर्दै मानव केन्द्रित पूर्वानुमान, सञ्चार संयन्त्र सुदृढीकरण तथा आधुनिक प्रविधिको प्रयोगमार्फत जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिइएको जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका प्रमुख इञ्जिनियर सञ्जयकुमार साहले बताउनुभयो ।उहाँले सुदूरपश्चिममा विपद्को अवस्थाबारे प्रस्तुतीकरण गर्दै उहाँले दुवै कार्ययोजना पारित भएसँगै प्रदेशमा विपद् प्रतिकार्यका क्षेत्रमा थप प्रभावकारी काम गर्न सहज हुने धारणा राख्नुभयो । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’

‘गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको छ’...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

शोकमा डुबेको परिवारलाई किसान बहुउद्देश्यीय सहकारीको ७ लाखभन्दा बढी आर्थिक सहायता

डडेल्धुरा। किसान बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नी एक दिवंगत सदस्यको परिवारलाई ‘सदस्य सुरक्षण कोष तथा कर्जा मिनाहा सुविधा’ अन्तर्गत ७ लाख १० हजार ३ सय ५६ रुपैयाँ बराबरको आर्थिक सहायता प्रदान गरेको छ। संस्थाको ऋणी सदस्य तथा डडेल्धुराको आलीताल गाउँपालिकामा व्यवसाय सञ्चालन गर्दै आउनुभएकी कलावती देवी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा

सूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणासूर्यविनायक पूर्ण खोप सुनिश्चितता नगर घोषणा...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९