प्रतिनिधिसभाको शून्य समय: समसामयिक विषयमा ध्यानाकर्षण

काठमाडौँ,  प्रतिनिधिसभाको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरूले निर्वाचन क्षेत्रसँग सम्बन्धित घटाक्रमसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।सांसद बुद्धिप्रसाद पन्तले पथलैया–वीरगन्ज करिडोरमा सञ्चालित उद्योगबाट निस्केका फोहरमैला सिर्सिया नदीमा सोझै मिलाउँदा नदी प्रदूषित भएकामा तीनवटै सरकार गम्भीर नभएको भनी दुःख व्यक्त गर्नुभयो ।उहाँले भन्नुभयो, “सिर्सिया नदी सरसफाइ र संरक्षणको विषयमा सङ्घ, प्रदेश र स्थानीय सरकारले घोषणापत्रमा चुनावी नारा समेट्नुबाहेक केही काम गरेनन् । सो नदीमा फोहर पानी मिसाउने काम रोकिनुपर्यो । धार्मिक महत्व बोकेको सिर्सिया नदीको संरक्षणमा सम्बद्ध सबैसँग अनुरोध छ ।”

 

 

सांसद बलावती शर्माले सुकुमवासी समस्या र गणेश नेपालीको आत्मदाहपछि मृत्यु भएको घटनालाई विषयान्तर नगरी गम्भीर रूपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।सांसद वासना थापाले रोजगारीका क्रममा विदेश गई सन् २०२५ देखि बेपत्ता भएका दैलेख जिल्लाका ढुङ्गेश्वरी गाउँपालिका–२ लाकुरीका स्थानीय युवा प्रकाश विष्टको खोजी गरी घटनाका बारेमा जानकारी गराउन माग गर्नुभयो ।

 

 

 

सांसद विदुषी राणाले ‘राइडिङ सेयरिङ’मा आबद्ध भई सेवाप्रवाह गर्दै आइरहेका युवालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन माग गर्नुभयो ।सांसद विश्वराज पोखरेलले वैदेशिक रोजगारीमा जाने नेपाली युवा ठगी, श्रम शोषणबाट पीडितलाई स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद बुद्धरत्न महर्जनले ललितपुर बडिखेलका जनताले खानेपानीको अभाव खेप्दै आइरहेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद भरतबहादुर खड्काले डोटी जिल्लाको सायल गाउँपालिका–१ मा अविरल वर्षाको कारण असुरक्षित अवस्थामा जीवन बिताइरहेका स्थानीय सर्वसाधारणको व्यवस्थापनमा ध्यान दिन अनुरोध गर्दै केही आम सञ्चारमाध्यमको भवन र कांग्रेस सभापतिको निवास अगडि गाडी रोकेको घटनाका विषयमा जानकारी गराउन माग गर्नुभयो ।

 

 

 

सांसद भूमिका लिम्बू सुब्बाले हरेक वर्ष वर्षायाम सुरु भएसँगै अत्यावश्यक वस्तुको अभाव हुने गरेको विषयमा सरकारको ध्यानाकर्षण गर्दै आपूर्ति व्यवस्थालाई सहज बनाउन अनुरोध गर्नुभयो ।सांसद रञ्जु न्यौपानेले काठमाडौँ क्षेत्र नं १ सहित जिल्लाभरि नै खानेपानीको चरम अभाव भएको बताउँदै त्यसतर्फ ध्यान दिन सम्बद्ध पक्षको ध्यानाकर्षण गराउनुभयो ।सांसद रमेश मल्लले सल्यानमा विद्युतीकरण र सेवा विस्तार नहुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको बताउनुभयो ।सांसद रमेशकुमार सापकोटाले कर्णाली प्रदेशका जनताको स्वास्थ्य अवस्था, एम्बुलेन्स सुविधा तथा सडक बाटोका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

 

 

सांसद रमेश प्रसाईँले काठमाडौँमा जथाभावी घरभाडा उठाउने गरेको बताउँदै बसभाडा तोकिएजस्तै वैज्ञानिक एवं वस्तुनिष्ट ढङ्गबाट घरभाडा तोकिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।सांसद राजीव खत्रीले नयाँ सवारीचालक अनुमतिपत्र लिन वा वर्ग थप गर्न स्वास्थ्य परीक्षण अनिवार्य भएको भन्ने नियमलाई टेकेर लुटको धन्दा सञ्चालन हुँदै आइरहेको भनी सरकारको ध्यानाकर्षण गराउनुभयो ।सासंद रत्नकुमारी थापाले अछामका सडक र त्यहाँ निर्माण हुने भनिएको बेतन कर्णालीलगायतका पूर्वाधार निर्माण नहुँदा सर्वसाधारण मुग्लान र खाडीतर्फ पलायन भएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।सांसद रचना खतिवडा खत्रीले ठूलो जनाधारसहित बनेको सरकार केही काम गर्न नसकी गतिहीन अवस्थामा पुगेको भएको भनी टिप्पणी गर्नुभयो ।

 

 

सांसद रजनी श्रेष्ठले अझै पनि इलामका माई नगरपालिका, माङसेवुङ गाउँपालिकाका जनता नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउन ११० किलोमिटरको यात्रा गरी सदरमुकाम पुग्नुपर्ने बाध्यतालाई बुझी नजिकै इलाका प्रशासन कार्यालय सञ्चालन गर्न माग गर्नुभयो ।सांसद राधिका रम्तेलले पानी परेको समयमा ‘राइडिङ सेयरिङ एप्स’मा मनपरी भाडा असुल्ने क्रम बढेकाले आवश्यक व्यवस्थासहित प्रभावकारी रूपमा अनुगमन गरी आम जनतालाई राहत दिन माग गर्नुभयो ।

 

 

सांसद राम लामाले सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने रणनीतिबमोजिम आवश्यक पहल गरी नेपाललाई लाभान्वित तुल्याउनुपर्नेमा जोड दिनुभयो ।सांसद रामाकान्त चौरसियाले प्रसौनी छोटी भन्सार सञ्चालनमा ल्याउनका लागि आवश्यक पहलकदमी होस् भन्नुभयो ।आजको बैठकमा सांसद मनिष खनाल, महेन्द्रबहादुर शाही, मोहमद फिदोस आलम, यज्ञबहादुर बोगटी, रीना उप्रेती, रीमा विश्वकर्मा, रेनुका काउँछा, उमेश रञ्जित, मदनकुष्ण श्रेष्ठ, मधुकुमार चौलागार्इँ, मनमाया विकलगायतले रासायनिक मल, बजार महँगी, रोजगारीलगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९