‘हेलो पूर्वाधार’मा ९० प्रतिशत भुक्तानीको माग गर्दै फोन आउँछः मन्त्री लम्साल

काठमाडौँ, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘हेलो सरकार’ र ‘हेलो पूर्वाधार’मा वडा कार्यालय, स्थानीय सरकार र प्रदेश सरकारबाट प्राप्त गर्नुपर्ने भुक्तानी नपाएको भन्दै ९० प्रतिशतभन्दा धेरै गुनासो आउने गरेको बताउनुभयो ।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका जिज्ञासाको उत्तर दिँदै मन्त्री लम्सालले ठेकेदार कम्पनीले पनि भेण्डर (आपूर्तिकर्ता) र कामदारलाई भुक्तानी नदिएको विषयमा पनि धेरै गुनासा आउने गरेको स्पष्ट पार्नुभयो ।

 

 

“कन्स्ट्रयाक्टरले पनि भेण्डर र श्रमिकहरूलाई भुक्तानी नदिएको विषयमा पनि पर्याप्त गुनासा आउने गरेका छन् । कन्ट्रयाक्टरले भुक्तानी नदिएको खण्डमा आत्मदाह गर्नेसम्मको धम्की हामीसमक्ष आउने गरेका छन्”, उहाँले भन्नुभयो । मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरेर निर्माण क्षेत्रमा देखिएका विकृति र विसङ्गतिको अन्त्य गर्न खोजेको स्पष्ट पार्नुभयो ।

 

 

 

“विगत आठ वर्षमा १९ हजारबाट ३२ हजार निर्माण व्यवसायी थपिएका छन् । निर्माण व्यवसायीमा ज्ञानको अभाव र निकै कम बोलकबोल गर्ने समस्या यथावत् नै छ”, उहाँले भन्नुभयो, “न्यून रकममा बोलकबोल गर्नाले अर्थतन्त्रमा ठूलो नोक्सानी देखिएको छ । जसको कारणले न्यून तलबभत्ता, मूल्यवृद्धिको अनुपातमा तलब पनि नबढेको देखिन्छ ।”

 

 

 

मन्त्री लम्सालले निर्माण व्यवसायीले पनि विभिन्न आपूर्तिकर्ताहरूलाई नियमित भुक्तानी गर्न नसक्दा डुब्ने अवस्थामा आइपुगेको बताउनुभयो । मन्त्री लम्सालले निर्माण व्यवसायी सप्लायर्स र परार्शदाता र सेवाग्राहीले पनि अतिरिक्त पैसा नदिनका लागि आह्वान गर्नुभएको छ । “त्यसले तपाईँहरूलाई नै डुबाउँछ, कसैले माग्यो भने वा दिनुभयो भने भ्रष्टाचार कहिल्यै पनि सकिँदैन”, उहाँले भन्नुभयो ।

 

 

आत्मदाहको घटनाले सरकारको ध्यानाकर्षण

मन्त्री लम्सालले फरक प्रसङ्गमा केही दिनअघिको आत्मदाहको घटनाले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । “यस्तो अवस्था कुनै ‘ट्रिगरिङ पोइन्ट’ले हुने गर्छ । तर, त्यसका पछाडि ठूलो र लामो कथा लुकेको हुन्छ”, उहाँले भन्नुभयो, “यो एउटा प्रतिनिधिमूलक घटना हो । यसका पछाडिका कारण धेरै हुनसक्छन् जस्तै आर्थिक अवस्था, न्याय नपाएको अवस्था, समाजिक विकृति आदिले गर्दा हुन्छ ।”

 

 

 

महानगर प्रहरीलाई सान्त्वना

मन्त्री लम्सालले काठमाडौँ महानगरको नगर प्रहरीहरू मनोबल नघटाउन आह्वान गर्नुभएको छ । “हजुरहरूको कारणले गर्दा कयौँ एम्बुलेन्स छिटो अस्पताल पुग्ने गरेका छन्, कयौँको ज्यान बचाउनुभएको छ”, उहाँले भन्नुभयो, “आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुहोला ।’’मन्त्री लम्सालले परिवर्तन हुन केही समय लाग्ने भएकाले पनि आशावादी रहनका लागि नगरप्रहरीलाई आग्रह गर्नुभयो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद

झापामा ३९ क्विन्टल खर्बुजाको बीउ बरामद...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा

कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको निधनपछि आज बर्दगोरियामा सार्वजनिक शोक बिदा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती

थप चार विषयमा स्नातकतहका कक्षा सञ्चालन गर्दै बागमती...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९