किभ,२२ असार । युक्रेनले आफ्नो जापोरिज्ज्या आणविक प्लान्ट ध्वस्त पार्ने योजना रूसले बनाएको आरोप लगाएको छ । युक्रेनले रुसले आणविक प्लान्टको छतमा खानी र विस्फोटक पदार्थ राखेको बताएको छ यी आरोपहरू पछि संयुक्त राष्ट्रको आणविक ऊर्जा एजेन्सी अर्थात IAEA ले रुसले कब्जा गरेको युक्रेनको जापोरिझिया आणविक ऊर्जा प्लान्टको अनुसन्धान गर्ने बताएको छ। यसका लागि आईएईएले बुधबार रसियासँग आणविक संयन्त्रको जाँच गर्न थप पहुँचको माग गरेको छ ।युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बुधबार गुप्तचर निकायलाई उद्धृत गर्दै रुसले गत महिना काखोभका बाँध ध्वस्त गरेको बताएका थिए । उनका अनुसार अब रूस अहिले
आणविक संयन्त्रलाई ध्वस्त पार्ने तयारी गरिरहेको छ । युक्रेनले पनि आक्रमणको डरका बीच गत हप्ता प्लान्ट वरपरका क्षेत्रमा ड्रिल गरेको थियो।तर, रुसले जेलेन्स्कीका यी आरोपहरूलाई आधारहीन भनेको छ । रुसको आणविक कम्पनीका सल्लाहकार रेनाट कार्चाले प्लान्टमा विस्फोटक पदार्थ राख्नुपर्ने आवश्यकता नरहेको बताएका छन् । तनाव बढाउन युक्रेनले यस्ता आधारहीन आरोप लगाएको छ । उनले भनेका छन् कि युक्रेनको सेनाले जुलाई ५ को रातमा परमाणु संयंत्रमा आक्रमण गर्ने तयारी गरिरहेको थियो। उनले यसका लागि रुसलाई दोष दिन चाहन्थे।
आईएईएका अधिकारीले परमाणु संयन्त्रको इकाई ३ र ४ को विशेष अनुसन्धान गर्न चाहेको बताएका छन् । युक्रेनको जापोरिजियामा निर्माण गरिएको आणविक ऊर्जा प्लान्टलाई रुसले मार्च २०२२ मा युद्ध सुरु भएको एक महिनापछि कब्जा गरेको थियो। त्यसयता आइएईएले यसबारे चिन्ता व्यक्त गर्दै आएको छ ।जापोरिज्ज्यामा रहेकाे साे भण्डारण युरोपकाे सबै भन्दा ठूलो परमाणु ऊर्जा संयंत्र हो। अलजजीराको रिपोर्टका अनुसार युद्धको बीचमा
कुनै किसिमको आणविक प्रकोप भयो भने त्यस क्षेत्रका ३ लाख मानिस विकिरणको जोखिममा पर्नेछन् । जो आफ्नो घर छोड्न बाध्य छन्जापोरिज्ज्याको परमाणु ऊर्जा संयन्त्रमामा ह्वाइट हाउसको धारणाा आएको छ। अमेरिकाले स्थितिको निगरानी गरिरहेको बताएको छ । अमेरिकाका अनुसार अनुसन्धान अघि केही भन्न सकिने अवस्था छैन ।























































































































































