लोकतान्त्रिक मान्यता, आदर्शको रक्षा र संगठन सुदृढ गर्न वडा सभापतिमा उम्मेदवारी : बिष्ट   

बौनियाँ-नेपाली काँग्रेसका नेता तथा वडासभापति नन्दाराम बिष्टले १४ औं महाधिवेशनमा पूर्ण:वडा सभापतिमा आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको छ ।

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ को वडास्तरीय भेलामा वडा सभापतिमा बिष्टले आफ्नो उम्मेदवारी रहेकोे घोषणा गर्नुभएको हो । पूर्वनिर्धारित कार्यतालिकाअनुसार कांग्रेसको १४ औं महाधिवेशन भदौ १८ देखि सुरु भएपनि कैलालीको क्रियाशील सदस्यता विवादले नामावली सार्वजनिक हुन सकेको छैन । केन्द्रीय निर्वाचन समितिले दोस्रोपटक निर्वाचन कार्यतालिका संशोधित गरेको छ । कार्यतालिकाअनुसार देशभर बाँकी रहेका २० जिल्लाको वडा अधिवेशन असोज ५ गते तोकिएको छ । 

 

महाधिवेशनको उत्साहसंगै तल्लो तहका नेताकार्यकर्ता अधिवेशनको आन्तरिक तयारीमा जुटिरहेका बेला बिष्टले नेतृत्वका लागि दाबी गर्नुभएको हो । कांग्रेसको संगठन निर्माणको बलियो आधारशिला मानिने वडा तहमा नेतृत्वका लागि उम्मेदवारी दिएसंगै बिष्टले घरदैलो तथा भेटघाटलाई तीव्रता दिएको बताउनुभयो । वि.सं. २०३६ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय बिष्टले कांग्रेसको आन्तरिक लोकतन्त्र मजबुत बनाउन र पार्टी संगठनलाई सुदृढ गर्न वडा सभापतिमा उम्मेदवारी दिएको बताउनुभयो ।

काँग्रेसमा देखिएको आन्तरिक द्वन्द र मनमुटावलाई व्यवस्थापन गर्दै काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजाने उद्देश्यले आफूले उम्मेदवारी दिएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘वडा तहदेखि नै कमजोर संगठन र क्षेत्रमा पछिल्लो समय काँग्रेसको आन्तरिक द्वन्द व्यवस्थापन गर्न नसक्दा पार्टीको बर्चस्व र साख घट्दै गएको छ, यसलाई वडा तहबाट नै मेलमिलाप र भावनात्मक एकताको विकास गर्न जरुरी छ ।’ 

 

‘कांग्रेसले बोकेको लोकतान्त्रिक मूल्य, मान्यता र आदर्शलाई स्थापित गर्दै पार्टी संगठनलाई बलियो, मजबुत बनाउन सक्षम, असल स्वभाव र निष्ठाको राजनीति गर्ने नेतृत्वको खाँचो छ । त्यसैले, १४ औं महाधिवेशनमा मैले वडा सभापतिमा उम्मेदवारी दिने निर्णय गरेको छु ।’

 

उहाँले आफूले जीवनको उर्जाशील समय राजनीतिमा नै खर्च गरेको हुनाले सबै क्रियाशील सदस्य र नेताकार्यकर्ताले आफ्नो कामलाई मूल्यांकन गरेर सहयोग, समर्थन गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘जीवनको महत्वपूर्ण समय मैले राजनीतिमा खर्च गरेको छु, वडामा पार्टी संगठनलाई गतिशील तुल्याउँदै बैठक, सभा, समारोह, कार्यक्रम, आन्दोलन, संघर्ष र निर्वाचनको समयमा सबैलाई सक्रिय बनाएको छु । राजनीतिक जीवनमा मैले सामाजिक क्षेत्रमासमेत रचनात्मक सहयोग गरेकाले केही नराम्रो काम गरेजस्तो लाग्दैन, त्यसैले मलाई वडा सभापतिका लागि साथीहरूको सहयोग र समर्थन रहेको छ । सकेसम्म म सबैको सर्वसहमतिमै वडा सभापति बन्छु ।

 

उहाँले विगतमा आफू पार्टी जिम्मेवारीमा रहँदा केही कार्यक्रम तथा योजना सम्पन्न गर्न अधुरो रहेकाले आगामी कार्यकाल उक्त योजना पूरा गर्ने सोचाइ रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘पद र प्रतिष्ठा भन्दा महत्त्वपूर्ण कुरा जिम्मेवारी, काम र कर्तव्य निर्वाह गर्नु हो ।’ राम्रो काम गर्नलाई पद नै चाहिन्छ भन्ने पनि होइन, त्यसैले, आफूले अहिलेसम्म गरेको काम, समय, अनुभव, क्षमता र योगदान अनुसार वडा तहमा नेतृत्वको जिम्मेवारी लिन खोजेको हो । मलाई पदको मात्रै महत्वाकांक्षा होइन ।’

 

वडा सभापति बिष्टले तत्कालिन समयमा वि.सं.२०४६ सालमा दैलेखमा रहँदा भैरेकालिकाथुम गाविस ७ बाट वडाअध्यक्ष निर्वाचित हुनुभएको थियो । कांग्रेसको सक्रिय राजनीतिमा लागेका बिष्टले वि.सं.२०६२/०६३ को जनआन्दोलनमा आफूलाई प्रहरीले हिरासतमा लिएर दु:ख र पीडा दिएको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९