दण्डनीय कानुनले रोक्न नसकेको बालविवाह र छाउपडी प्रथा 

बौनिया,कैलाली । जिल्लामा बालविवाहविरुद्ध अभिभावक उत्रन थालेका छन् । जिल्लामा वर्षेनी बालविवाह बढेको भन्दै अन्त्यका लागि यहाँका अभिभावक अभियानमा उत्रिएका हुन् । पछिल्लो समय यहाँका अभिभावक विभिन्न सङ्घसंस्थाको सहयोगमा बालविवाहको अन्त्यका लागि जिल्लामा लागि परेका छन् । छाउपडी प्रथा तथा बालविवाह अन्त्यका लागि अभिभावक सक्रिए हुन थालेका छन् । कैलालीको बर्दगोरिय गाउपलिका वडा नं ४ का स्थानीय अभिभावक बालविवाहका कारण छोरीहरु आधारभूत बालअधिकारको अवसरबाट समेत बञ्चित हुने अवस्था उत्पन्न भएपछि बालविवाहविरुद्धको अभियानमा सक्रिय हुन थालेका छन् । बालबिवाह र छाउपडी प्रथाले निम्त्याउदै आएको समस्या र यसको दिगो समाधानका लागि बर्दगोरियामा किशोरी समुहका सदस्य र अभिभावक बीच छलफल गरिएको छ । दलित महिला अधिकार मंच कैलालीद्वारा संचालित किशोरी सशक्तीकरण कार्यक्रम अन्तर्गत बर्दगोरिया ४ मा रहेको एकीकृत किशोरी समुहको आयोजनामा कार्यक्रम गरिएको हो ।

वडालाई बालविवाहमुक्त वडा घोषणा गर्ने तयारीमा जुटेपछि बालविवाहविरुद्धको अभियानमा साथ दिने प्रतिबद्धता जनाउँदै अभिभावक पनि सक्रिय भएका हुन् । विगतदेखि कैलाली लगायत यहाँका अन्य जिल्लामा बालविवाह तथा छाउपडीप्रथा कायमै रहेका कारण कयौँको ज्यान गएकाले आफूहरु उक्त अभियानको अन्त्यका लागि सक्रिय भएको अभियानमा दलित महिला संघ कैलाली जिल्ला सदस्य सुशील सुनारले बताइन । उनले भनिन, “जिल्लामा बालविवाह गर्ने क्रम बढेकाले हामीले त्यसको अन्त्यका लागि अभियान चलाएका छौँ, बालविवाह अन्त्य गरेरै छाड्छौँ ।” छोराछारीको २० वर्ष नपुगी विवाह गर्नेलाई कानूनी दायरामा ल्याउन सघाउने उनले  जानकारी दीइन ।

कार्यक्रममा सहभागी किशोरी समुहका सदस्यहरुले सरकारले कानुनी रूपमा प्रतिबन्ध लगाएको बाल बिबाह र छाउपडी प्रथा अझैपनि समाजमा व्याप्त रहेको भन्दै आफ्ना छोरी बुहारीको स्वास्थ्य सुरक्षाका लागि सम्वेदनशील बन्न आग्रह गरे । उनीहरूले समाजमा जरा गाडेर बसेको बालविवाह, छाउपडी प्रथा, जातिय विभेद तथा लैङ्गीक हिंसा जस्तो कुरिती अन्त्य गर्न आफुहरुले थालेको अभियानमा साथदिन अभिभावकलाई आग्रह गरे । उनीहरूले अहिले पनि सामाजिक ,सास्कृतिक तथा धार्मिक कारण देखाउदै अभिभावककै डर धम्कीले बाध्यताबस छोरी बुहारी छाउगोठमा बस्न बाध्य भएको पाइएको गुनासो गरे ।

 

कार्यक्रममा परिवर्तनशील किशोरी समुह बर्दगोरिया ३ कि संयोजक हेमु हमालले बालविवाहलाई कानुनले निषेध गरेपनि अशिक्षा, अज्ञानता, गरीबी लगायतका कारणले समाजमा अझै बालविवाहले जरा गाडेर बसेको बताइन् । उनी भन्छिन ‘शिक्षाको पहुँच बढाउन जरुरी छ, यसका लागि सबैले हातेमालो गर्नपर्छ। उनका अनुसार समाज परिवर्तनका लागि आफुहरुले यी अभियान थाल्दा निकै डर धम्की र त्रास समेत खेप्नु परेको छ । हामी किशोरीहरु संगठित भयर यसको न्यूनीकरणको अभियानमा जुटेका छौ, हाम्रो समाजमा अहिले पनि जनचेतनाको अभाव देखिन्छ ,यसैको उपज सामाजिक विकृति कायमै छ्न । यसको रोकथाम र नियन्त्रणका लागि हामीले अभियान थाल्दा थुप्रै समस्या र चुनौती खेप्नु परेको छ ।

कार्यक्रममा समाजमा बाल बिबाह र छाउपडी प्रथा अन्त्यको अभियानमा सक्रिय बिपना बम भन्छिन – बालविवाह रोकथाम अभियान प्रभावकारी बनाउन किशोरी वृत र अभिभावक तथा सरोकारवाला निकाय जागरुक हुन जरुरी छ। उनले परम्परागत सोच, धामीझाँक्री र देवता रिसाउने भन्ने मान्यताकै कारण छाउप्रथाले समाजमा विकराल रुप लिएको बताईन ।

उनी भन्छिन- हामीहरु किशोरी वृतका सदस्य समुहमा मात्र होइन गाउँमा समेत बालविवाह रोकथामका लागि चेतना जगाउदै आएका छौ । यसमा सबैको सहयोग आवश्यक छ, अझभन्नू पर्दा अभिभावकले आफ्ना छोराछोरी र बुहारीको भविस्य प्रति चनाखो हुनुपर्ने देखिन्छ ।

कार्यक्रममा एकीकृत किशोरी समुहकी संयोजक कन्चन सुनारले महीनावारी (छाउ) हुनु प्रकृतिको नियम भएकाले परम्परागत रुपमा समाजमा छाउपढी प्रथा मान्ने वृद्धवृद्धा तथा धामीझाँक्रीले पनि नमूना व्यक्तिको पहिचान दिन सक्नुपर्ने र सामाजिक कलङ्कको रुपमा रहेको छाउप्रथालाई अन्त्य गर्नुपर्ने बताईन । उनले भनिन् – छाउपडी (महिनावारी ) हुदा छोरी बुहारीलाई घरदेखि टाढा अलग्गै बसोवास गराइन्छ । प्रायः छाउगोठ वा छाउखुल्लो गोठभन्दा पनि जीर्ण, साँघुरो, अध्यारो, ओसिलो र असुरक्षित हुन्छ किनकि यो अस्थायी प्रकृतिको र घरबाट टाढा हुन्छ । जङ्गली तथा पाल्तु जनावर, सर्प, किरा सहजै भित्र छिर्न सक्ने हुन्छन् । त्यसैले छाउपडी महिलाहरु सर्पदंशबाट अकालमा ज्यान गुमाइरहेका छन्, दीर्घ रोगी बनिरहेका छन् । कोही बलात्कृत भइरहेका छन् ।

कार्यक्रममा आमा समुहको तर्फबाट सावित्री सापकोटाले सानैमा विहे गरे शैक्षिक क्रियाकलापमा समेत सहभागी हुन पाउँदैनन्, बालविवाहले समाज र परिवारमा अनेक किसिमका हिंसा निम्त्याउने हुँदा यसलाई नियन्त्रण गर्न आवश्यक रहेको बताईन ।

कार्यक्रममा बर्दगोरिया ४ का वडा अध्यक्ष पुरन सिंह बीसीले छाउपडी प्रथा गरिबी, विभेद, विकटता लगायत कैयौँ समाजिक परिवेशसँग जोडिएको भन्दै यसलाई नियन्त्रणका लागि विभिन्न कोणबाट कदम चाल्नुपर्ने बताए । उनले सरकारले पनि कानुनी प्रतिबन्धले मात्रै बाल बिबाह र छाउपडी प्रथा नियन्त्रण गर्न नसक्ने भन्दै समुदायलाई साथ लिने हिसाबमा नयाँ कार्यक्रम ल्याउन आवश्यक रहेको बताए । 

कार्यक्रममा दलित महिला अधिकार मंच कैलालीकी सदस्य सुशीला सुनारले बालविवाह,छाउपडी प्रथाजस्ता सामाजिक विकृति र कुरितीविरुद्ध किशोरी नै सङ्गठित हुन थालेपछि निकै प्रभावकारी बन्दै गएको बताईन ।
। उनले बर्दगोरियामा किशोरी समूह गठन गरि उनीहरूको व्यक्तित्व विकास र सामाजिक अपराध जस्ता क्रियाकलाप न्यूनीकरणमा आफुहरुले उत्प्रेरित गर्दै आएको जानकारी दिईन ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७४ ले विवाह गर्नका लागि केटाकेटीको उमेर कम्तीमा पनि २० वर्ष हुनुपर्ने व्यवस्था गरेको भए पनि जिल्लामा त्यसको खासै कार्यान्वयन नभएका कारण यहाँ बालविवाह घट्नुको साटो बढ्दै गएको कानून विदहरु बताउँछन् ।२० वर्ष नपुगी विवाह गरेको पाइएमा वा मुद्दा दर्ता भएको खण्डमा उक्त विवाह स्वतः बदर हुने र विवाह गर्ने/गराउनेलाई तीन वर्षसम्म कैद तथा रु ३० हजारसम्म जरिवाना हुने कानूनी व्यवस्था रहेको भए पनि मुद्दा दर्ता नहुँदा बालविवाहले प्रश्रय पाएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

धनगढी–दीपायल द्रुतमार्गः दुई पक्की पुल निर्माण

गोदावरी (कैलाली), धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउलेखण्डमा दुई वटा पक्की पुल निर्माण भएका छन् ।सडक योजना कार्यालयका इन्जिनियर दीपक देवकोटाका अनुसार उक्त सडकखण्डअन्तर्गत जोनापुर रसुकुटी खोलामा पक्की पुल निर्माण भएका हुन् । दुवै पुल रु तीन करोड १५ लाखको लागतमा बनेका हुन् ।   पुल निर्माणभएसँगै त्यहाँ कालोपत्र...

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

राँझा (बाँके),  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा १९ हजार क्विन्टल चामल थन्किएको छ ।हाल जिरा मसिनो, अरुवा मसिनो र अरुवा मोटो गरेर १९ हजार क्विन्टल चामल गोदाममा थन्किएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले जानकारी दिनुभयो ।   उहाँका...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन,  गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरुमा घुम्न आउने पर्यटकको सङ्ख्या १२ हजार ४१२ ले बढेको हो ।गत आर्थिक वर्षको सोही अवधिमा एक लाख ५६ हजार २८३...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९