खगेन्द्र चौलागाई माके(क्रान्तिकारी)निकट अखिल(क्रान्तिकारी)को अध्यक्ष भए

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) निकटका विद्यार्थीहरुले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला नेपालगञ्जमा भव्य कार्यक्रमबिच सम्पन्न गरेका छन् । माओवादी केन्द्र (क्रान्तिकारी) निर्माण अभियान सञ्चालन भएसँगै त्यहाँरहेका विद्यार्थी अगुवाहरुले राष्ट्रिय भेलाको तयारी गरीरहेका थिए ।

 

 

लामो समयदेखिको तयारीपछि उक्त राष्ट्रिय भेला सम्पन्न भएको हो । भेलाबाट विद्यार्थी आन्दोलनमा लामो समयदेखि नेतृत्व गरिरहेका युवा, सामाजिक व्यवस्था रुपान्तरणको अभियन्ता खगेन्द्र चौलागाई सर्वसम्मत रुपमा केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन् । उनी माके (क्रान्तिकारी) का केन्द्रीय सदस्य समेत हुन् ।

 

त्यस्तै भेलाले चौलागाईको नेतृत्वमा ५५ सदस्यीय अखिल (क्रान्तिकारी) को केन्द्रीय समिति निर्वाचित गरेको छ । निर्वाचित केन्द्रीय सदस्यहरुमा जनक बिष्ट (कालिकोट), विवेक शाह ठकुरी (जाजरकोट), जगत बम (दैलेख), दिपेन्द्र बिष्ट (रुकुम), ठाकुर डाँगी (सलयान), जनक केसी (रुकुम), पूणृबहादुर शाह (अछाम), दिपक उपाध्याय (दैलेख), विराज शाही (रुकुम), खगेन्द्र खत्री (सुर्खेत) लगाएत रहेका छन् ।

 

त्यस्तै उक्त भेलाबाट अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा रोशन भट्टराई (पर्वत), गणेश केसी (सलयान), कुसुम पन्थी (अर्घाखाँची), रतन बुढा (हुम्ला), कमल थापा (बर्दिया), टिकाराम थापा (बर्दिया), गणेश ओली (बर्दिया), रुपा सुनार (रुकुम), दवेल (रुकुम), विमला बोहोरा (कैलाली), डबल बोहोरा (बझाङ्ग), विक्रम बोहोरा (बझाङग), भुपेन्द्र ओली (सुर्खेत), मंगल तामाङ्ग (हुम्ला), बिवस भट्टराई (सुर्खेत), रेशम बिसुन्के (दैलेख), रमेश शाही (कालिकोट), दिलिप कार्कि (रुकुम) अञ्जली कमारी थारु (बर्दिया), कमल शाही (कालिकोट) लगाएत रहेका छन् ।  

 

अखिल (क्रान्तिकारी) को भेला आयोजक समितिको जिम्मेवारी सम्हालेका विद्यार्थी नेता खगेन्द्र चौलागाईको अध्यक्षतामा सम्पन्न भएको उक्त विशेष राष्ट्रिय भेलामा नेकपा माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकरा जैसी (लोकेश) को प्रमुख आतिथ्यता रहेको थियो । भेलमा माओवादी केन्द्र (क्रान्तिकारी) का सल्लाहकार शोभा आचार्य, गंगाराम थारु र स्थायी समिति सदस्य, केन्द्रीय सदस्यहरु, पार्टी निकटका विभिन्न जनवर्गिय संगठनका नेताहरु समेत आतिथ्यता रहेको थियो ।

 

भेलामा विभिन्न क्षेत्रबाट आएका विद्यार्थी प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो । भेलामा करिब पाँच दर्जन जति विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको थियो । भौतिक दुरी र आकस्मिक रुपमा भेलाको मिति ठोस गरिएकाले सबै जिल्लाबाट विद्यार्थी नेता प्रतिनिधिहरुलाई सहभागि गराउँन नसकिएको भएपनि सम्पर्क, सल्लाह भैरहेको निर्वाचित अध्यक्ष चौलागाईले आफ्नो धन्यवाद मन्तव्यको क्रममा बताएका थिए ।

 

अखिल (क्रान्तिकारी) का अध्यक्ष चौलागाईले आफ्नो संगठन निसर्त रुपमा आम विद्यार्थीहरुको हक, हित र अधिकार प्राप्तिको आन्दोलनमा आफ्नो ठाउँबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न तयार रहेको भन्दै संगठनको नीति, निर्देशनमा रहेर अघि बढाईएका सबै योजनाहरुमा सक्रिय रुपमा भूमिका निर्वाह गर्नका लागि संगठनका नेता, कार्यकर्ताहरुमा निर्देशन समेत दिए ।

 

अध्यक्ष चौलागाईले आफ्नो संगठनले राष्ट्रियता, जनतन्त्र र आम जनजिविकाको समस्याहरुमा समेत आवाज उठाउँदै पार्टी र संगठनको नेतृत्वमा हुने सबै कार्यक्रममा सक्रिय र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत जनाएका थिए । उनले आफ्नो संगठन मिल्ने मुद्दाहरुमा अन्य संगठनहरु सँग समेत सहकार्य गर्दै अघि बढ्ने नीतिमा रहेको समेत जनाएका थिए ।

 

 

उक्त कार्यक्रमको प्रमुख आतिथिको आसनबाट बोल्दै माओवादी केन्द्र (क्रान्तिकारी) का महासचिव लोकराज जैसी (लोकेश) ले गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य, रोजगार लगाएतका मानवजिवनमा अत्यावश्यक कुराहरु पुरागर्ने राज्यको दायित्व भित्र पर्ने भन्दै अहिले मुलुकमा दलाल संसदीय व्यवस्था रहेकाले ति आधारभूत आवश्यकताहरु राज्यले पुरा नगरेको बताए ।

 

महासचिव लोकेशले दलाल राज्यव्यवस्थाका कारण राज्यको दायित्व भित्र रहेका शिक्षा, स्वासथ्य, कृषि, व्यापार र रोजगार सबैतिर राज्यसंयन्त्रकै मिलेमतोमा व्यापार भैरहेको बताए । उनले मुलुकमा शिक्षामा स्वास्थ्यमा सबैतिर दुईखालको सेवा सुविधा वितरण भएको भन्दै त्यसले राजयको संस्थागत दलालीकरणर प्रष्ट देखिएको तर्क गरेका थिए ।

 

उनले मुलुकका हरेक क्षेत्र, पक्षमा दलालीकरण, भ्रष्टिकरण बढेको भन्दै हुनेखाने वर्गको लागि र सामान्य नागरिकको लागि राजयले नै अलग अलग ढंगको सेवा सुविधा वितरण गर्ने नीति लागुगरेकाले वर्तमान राज्यवयवस्था आम युवा, विद्यार्थी, कृषक, सुकुम्बासी, आदीवासीजनताजी, उत्पीडित वर्ग जनसमूदाय कसैको पनि हितमा नरहेको स्पाष्ट पारेका थिए ।

 

उनले युवाहरु नै परिवर्तनका संवाहक भएको भन्दै त्यसमा पनि युवा विद्यार्थी अरुभन्दा बौद्धिक, सचेत र नेतृत्वकर्ताको भूमिकामा इतिहासमा रहदै आएकाले अखिल (क्रान्तिकारी) को विभिन्न जिम्मेवारीमा आएका नेता युवा विद्यार्थीहरुले वर्तमान समाजको अवस्थालार्य गहिरो अध्यन गरेर अन्याय, अत्याचारु, दलालीकरण, राष्ट्रघात, जनघात लगाएतका सबै मुद्दामा आवाज उठाउनुपर्ने बताए ।

 

उनले भेलाको तयारीमा जुटेका सबै अगुवा विद्यार्थी नेताहरुलाई पार्टी केन्द्रको तर्फबाट धन्यवाद सहित बधाई तथा शुभकामना व्यक्त गरेका थिए । उनले अखिल (क्रान्तिकारी) अरुभन्दा पहिले हरेक अन्याय, अतयाचार, कुसंस्कार, भ्रष्टाचार, देशभाथिको बेईमानीका बिरुद्ध बौद्धिक ज्वाला भएर संर्घषको कमाण्डार बन्नुपर्ने भन्दै निर्देशन समेत दिएका थिए ।

 

उक्त भेलामा माओवादी केन्द्र (क्रान्तिकारी) निकटको अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का अध्यक्ष दुर्गादेवि खत्री, प्रेस सेन्टर नेपालका अध्यक्ष मनराज कठायत, युवा संघ नेपाल (क्रान्तिकारी) का संयोजक सूर्यबहादुर खत्री (सुमन), मुश्लिम राष्ट्रिट मुक्ति मोर्चाका संयोजक स्माईल गुजर लगाएत विभिन्न संघ संगठनका नेताहरुले शुभकामना सहित सुझाव सल्लाहहरु दिएका थिए

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९