एफएनजे यूके वर्ष पत्रकारिता पुरस्कार खपाङ्गीमगरलाई

लण्डन, २४ असार । नेपाल पत्रकार महासंघ यूके शाखाले हरेक वर्ष प्रदान गर्ने नेपाल पत्रकार महासंघ (एफएनजे) यूके वर्ष पत्रकारिता पुरस्कार पत्रकार नरेश खपाङ्गीमगरलाई प्रदान गरिने भएको छ ।शाखाको शनिबार साँझ बसेको भर्चुअल बैठकले खपाङ्गीमगरलाई सन् २०२३ का लागि सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यसअघि  शाखाले  डा. बच्चुकैलाश कैनीको संयोजकत्वमा  शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल  र लक्ष्मी राई (लारा)  रहेको पुरस्कार सिफारिस समिति गठन गरेको थियो । शाखाले यसअघि १ जुन २०२२ देखि मे ३१ भित्र प्रकाशित प्रसारित समाचार सामग्रीसहित पुरस्कारका लागि आवेदन गर्न वा कसैलाई सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

 

सोअनुसार प्राप्त सामग्रीका आधारमा समितिले पुरस्कृत व्यक्तिको सिफारिस गरेको थियो । खपाङ्गीमगरलाई गोरखापत्र दैनिकमा अप्रिल ८, २०२३ प्रकाशित ‘बेलायतमा नेपाली’ शीर्षकको फिचरका लागि सो पुरस्कार प्रदान गरिएको हो । नेपाल पत्रकार  महासंघ यूकेका संस्थापक सदस्य तथा पूर्व अध्यक्ष खपाङ्गीमगर बेलायतबाट प्रकाशन हुँदै आएको वीनेपाली डटकमको सम्पादक हुन्  उनले त्रिभुवन विश्वविद्यालयबाट आमसञ्चार तथा पत्रकारितामा  र किंग्स कलेज लण्डनबाट ग्लोबल  अफेयर्समा  स्नातकोत्तर गरेका छन् ।

 

वि.सं. २०५९ देखि पत्रकारितामा प्रवेश गरेका खपाङ्गीमगर सन् २०१० देखि बेलायतमा बसोबास गर्दै आएका छन् । उनले दृष्टि साप्ताहिक, राष्ट्रियपथ साप्ताहिक, गोरखापत्र दैनिक, गोरखा सैनिक आवाज मासिक,  सगरमाथा टेलिभिजन,  युरोपको  नेपाली पत्र  साप्ताहिक, एभरेष्ट टाइम्स साप्ताहिक, नेपाली सन्देश साप्ताहिक लगायतका सञ्चारमाध्यममा काम गरिसकेका छन् । बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई विस्तृत र खोजमूलक पत्रकारितामा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले शाखाले सो पुरस्कारको स्थापना गरेको हो । हरेक वर्ष प्रदान गरिने सो पुरस्कारको राशी ५०२ पाउण्ड र प्रमाणपत्र रहेको छ । यसअघि सो पुरस्कार श्रीभक्त खनाल, नविन पोखरेल र खेमराज रानाभाटले पाइसकेका छन् । पुरस्कार शाखाको आइतबार अल्डरसटमा आयोजित १२ औँ वार्षिकोत्सव तथा च्यारिटी नाइटमा वितरण गरिनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ

पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा लेखक श्रेष्ठ...

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

आलेखः प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त

कक्षा १२ नतिजा विवाद : माइतीघरमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी, प्रशासनबाट अनुमति प्राप्त...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९