नगद पुरस्कार सहित पत्रकार विक सम्मानित

लम्की,कैलाली/कैलालीका लम्की क्षेत्रबाट विगत लामो समय देखि सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनराज विक अविरल नगद पुरस्कार सहित सम्मानित भएका छन् । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभामा शुक्रबार गोदावरीको ओलानीमा सम्मानित भएकाहुन् । कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री दिर्घ बहादुर सोडारीले फुलमाला दोसल्ला र सम्मानपत्रले सम्मान गरेका थिए । 

लम्कीबाट प्रकाशित हुने कैलाली पोष्ट राष्ट्रिय दैनिकका अतिथि सम्पादक, अनुमोदन राष्ट्रिय दैनिकका संवाददाता एवम् क्रियाशील दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश सचिब धनराज विक अविरलले सामाजिक विषयको उठान गरि परिवर्तनको पक्षमा निरन्तर कलम चलाउदै आएकोले सम्मान गरेको सहकारीका अध्यक्ष कृष्ण विकले बताए । 

खोज पत्रकार विकको समाचारले धेरैले नयाँ जीवन पाएकाछन् । सामाजिक सवालको उठान गर्दै पत्रकारिता मार्फत अधिकारको खोजी गर्न समाचारले उत्पे्ररणा दिएको छ । अवरिलको समाचार लेखनको प्रशंसा गर्दै अध्यक्ष विकले भने –“पत्रकार विकको समाचार लेखनले समाजमा न्याय गरेको छ । गरिबीका कारण औषधी उपचारको समस्यामा रहेकाहरुले समाचारकै प्रभावका कारण उपचार गर्न पाएकाछन् । मानवीय चेनताको सन्देश र सामाजिक रुपान्तरणमा पत्रकारिता र मानव अधिकारकर्मीको भूमिकाबाट उल्लेखनीय योगदान दिई सम्मान योग्य भएकाले नगद पुरस्कार सहित सम्मान गरिएको हो ।”
 
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एवम् कार्यक्रमका प्रमुख अतिथि दिर्घ बहादुर सोडारीले सम्मानित विकको समाचार लेखन र सामाजिक योगदानको बारेमा प्रशंसा गरेका थिए ।
सम्मानित भएका विक २०६१ सालदेखि पत्रकारिता गर्दै आएकाछन् । परिचर्चा दैनिक, टीकापुर दैनिकमा समेत काम गरेका विकले सामुदायिक रेडियो टीकापुरको एफएमको स्थापना कालदेखि नै काम गर्दै आएको बलप्रसाद न्यौपानेले बताए । उनले तत्कालीन समयमा  जातीय छुवाछुतका विरुद्ध संचालन गरेको रेडियो कार्यक्रम समानताका स्वरहरुको अहिलेसम्म पनि समाजमा प्रभाव रहेको न्यौपाने बताउछन् । लम्की खबरका अतिथि सम्पादक समेत रहेका विकले लम्कीचुहाको बलियामा रहेको जनता एफएम संचालनमा समेत सहयोग गरेकाछन् । 

एकीकृत समाजवादीका युवानेता कृष्ण पुनेबाटीले जनप्रिय पत्रकार, साहित्यकार तथा मानवअधिकारकर्मी विकले समाजमा सम्मानित हुनेगरि काम गर्दै आउनु भएको बताए । बहुप्रतिभा भएका विक जताततै सम्मानित भएको देखेपछि उहाँको बारेमा गहन अध्ययन भएको थियो । उत्पीडित समुदायको व्यक्तिले सबैको मनजित्ने गरि सामाजिक परिवर्तनको क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएकाले गर्व महसुस गरि सम्मान गरेको उनले बताए । विक समुदायको सम्पत्ती भएकोले यसको संरक्षण र प्रवद्धन गर्न आवश्यक रहेकोमा पुनेबाटीले जोड दिए ।  

कैलाली जिल्लामा मनोसामाजिक समस्यामा मनोपरामर्श सेवा प्रदान गरि चर्चित मनोसामाजिक परामर्शकर्ताको पहिचान बनाउन सफल भएको भन्दै सम्मान कार्यक्रममा विकको चर्चा गरिएको थियो । विकले विगत ८ बर्षदेखि कैलाली जिल्लामा मनोसामाजिक परामर्शकर्ताको भूमिकामा सक्रिय रहेर योगदान दिदै आएको शिक्षक गणेश विकले बताए ।
  
सामाजिक क्षेत्रमा निकै सक्रिय रहेका विकले समाजमा सम्मानित हुनेगरि नै राम्रो काम गर्दै आएको शिक्षक रोशन बोहरा बताउछन् । उहाँले समाचार लेखेका र परामर्श सेवा दिएका व्यक्तिहरू संग मेरो भेट भएको छ । उनीहरुले भनेकाछन् – “तँपाई सँग भेट नभएको भए म मरि सेकेको हुने थिए । यो मेरो उपहारको जीवन हो । मेरो जीवनमा भगवान बनेर मलाई बचाउनु भयो ।” यसरी मानिसको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने गरि गरिएकै कामको प्रतिफल स्वरुप विक सम्मानित हुँदै आएको उनी बताउछन् । 

सम्मानित भएका विकले समाजले सम्मान गरेर थप काँधमा जिम्मेवारी थपिएको बताए । समुदायले माया गरेर मलाई गरेको सम्मान जस्तोसुकै अवस्थामा पनि खेर जान दिनेछैन । सामाजिक काममा निरन्तर लागि पर्ने भन्दै सम्मान गर्ने सहकारीको विकासमा सधै सहयोग गर्ने उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

नागरिकका समस्यालाई सरकारले क्रमशः सम्बोधन गर्छः शिक्षामन्त्री पोखरेल

काठमाडौँ,  शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नागरिकका तमाम सरोकारका विषयलाई सरकारले क्रमशः सम्बोधन गर्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा आज आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले स्थानीय जनताले उठाएको सडक, ढल, बिजुली, खानेपानीलगायत समस्या समाधानका लागि आफूले अधिकतम...

ट्राफिक कारबाही : २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ,  ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ‘जाँच’का क्रममा एक हजार ८४१ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट रु चार लाख ७९ हजार ५०१ राजस्व सङ्कलन गरिएको छ ।     आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

बुवाको सम्झनामा धार्मिक तथा सामाजिक उदाहरण: रानीकुण्डाको क्रियापुल्ती धारामा वर–पिपल रोपेर विजय शाहद्वारा पुण्य कार्य

कैलाली। मानिसको जीवन समाप्त भए पनि उसको सत्कर्म र सम्झनाहरू समाजमा जीवित रहिरहन्छन् भन्ने सन्देशलाई आत्मसात् गर्दै कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–३ रानीकुण्डाका स्थानीय विजय शाहले आफ्ना स्वर्गीय बुवा डबले शाहको पवित्र सम्झनामा धार्मिक तथा सामाजिक महत्व बोकेको वर र पिपलको बिरुवा रोपेका छन्। पारिगडास्थित क्रियापुल्ती...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चिकित्सक सङ्घको सम्मेलन जेठ १६ र १७ मा

चितवन,  नेपाल चिकित्सक सङ्घले यही जेठ १६ र १७ गते चिकित्सक सम्मेलन आयोजना गर्ने भएको छ । ‘आधुनिक, सुलभ, किफायती र समान स्वास्थ्य सेवाका लागि नवप्रवर्तनमार्फत प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरण’ नाराका साथ सङ्घले आफ्नो ३०औँ सम्मेलन बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सभाहलमा गर्न लागेको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९